
ललितपुर, २६ मङ्सिर,, जिल्लामा भूकम्पपीडितको निजी आवास निर्माणका लागि पहिलो किस्ता लिने लाभग्राहीको सङ्ख्या २४ हजार ४११ पुगेको छ । जिल्लाभरमा जम्मा २८ हजार ३८२ लाभग्राही रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय योजना कार्यान्वयन एकाइअन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ । अहिलेसम्म सूचीकृत लाभग्राहीमध्ये चार हजार लाभग्राहीले पहिलो किस्ता लिन...बाँकी अंश →

काठमाडौँ, २६ मङ्सिर,, सिटिजन्स बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई पाँच दशमलव २६ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य नाफाबाट गत असार मसान्तसम्मको चुक्ता पूँजी रु आठ अर्ब तीन करोड ३२ लाख ३६ हजार ४०० को तीन दशमलव ६२ ले हुने रु २९ करोड १४ लाख ४५...बाँकी अंश →

भक्तपुर, २६ मङ्सिर,, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले देशमा एक वर्षभित्र सरकार परिवर्तन भइरहने परम्पराको अन्त्य भएको बताउनुभएको छ । भक्तपुर र काठमाडौँको सिमानास्थल मनोहरा पुलबाट गत ६ गतेदेखि शुरु भएको अरनिको राजमार्ग खण्डको सरसफाइ अभियानको २१ औँ दिनको समापन कार्यक्रममा बोल्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । जनताले...बाँकी अंश →

अछाम, २६ मङ्सिर,, महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै अवस्थामा अछाममा एक किशोरीमाथि जबर्जस्ती करणी भएको छ । १७ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा अछाम प्रहरीले ३३ वर्षीय युवकलाई पक्राउ गरेको हो । जबरजस्ती करणीको आरोपमा जिल्लाको साँफेबगर नगरपालिका–४ भण्डारीगाउँ निवासी ३३ वर्षीय मिलन भुललाई प्रहरीले पक्राउ गरी...बाँकी अंश →

ललितपुर, २६ मङ्सिर,, सहकालका देवता रातो मच्छिन्द्रनाथलाई आज पाटन ल्याइने भएको छ । केही दिन पहिले मच्छिन्द्रनाथका ज्योतिष खलक जोशीले हेरेको साइतअनुसार आज बुङ्गमतीमा रहेका देवता पाटन ल्याउन लागिएको हो । बिहान पूजाआजा सकेर अपराह्न खटमा राखेर देवता ल्याएर मच्छिन्द्रवहालमा राखिने ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताउनुभयो । मच्छिन्द्रवहालको पश्चिम ढोकाबाट...बाँकी अंश →

मङ्गलबारे, २६ मङ्सिर,, इलामको रोङ गाउँपालिका–६ सलकपुरका ५४ वर्षीय प्रेम योञ्जनको मङ्गलबार भीरबाट लडेर मृत्यु भएको छ । सलकपुर खानेपानी तथा सरसफाइ योजनामा कार्यरत योञ्जनको कामबाट फर्कने क्रममा तारे भीरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । –––बाँकी अंश →

काठमाडौँ, २६ मङ्सिर,, राष्ट्रिपति विद्यादेवी भण्डारीले मर्यादा पुरुषोत्तम भगवान् श्रीराम र माता जानकीको विवाह सम्पन्न भई विवाह पञ्चमीले ख्याती प्राप्त भएको मार्ग शुक्ल पञ्चमी तिथिको पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्नुहुँदै राष्ट्रपति भण्डारीले धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो...बाँकी अंश →

कपिलबस्तु २६ मङ्सिर,, तराई मधेश समेत का जनता लाई शोषण,उत्पीडन,विभेद र असमान्ता बाट मुक्त गरेर न्याय समान्ता र समृद्धि सुनिश्चित गर्ने उद्देश्य राखेर स्वतन्त्र राजनितिक समूहको उदय भएको र जसको संयोजकत्व मा.हृदेश त्रिपाठी ले गरि २०७५मंसिर२८गते को बैठक काठमान्डौ को इन्द्रेणी पार्टी पैलेस बनेश्वर मा हुने कुरा सबै सहभागीहरु लाई...बाँकी अंश →

काठमाडौँ, २६ मङ्सिर,, महानगरीय प्रहरी प्रभाग गोँगबुले बाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ । अवैध रूपमा वन्यजन्तुको आखेटोपहार खरीद बिक्री ओसारपसार हुँदै गरेको सूचनाको आधारमा प्रभागको टोलीले दोलखा गौरीशङ्कर गाउँपालिका–४ का ३४ वर्षीय बिक्रम तामाङ र सिन्धुली दुधौली नगरपालिका–५ का २२ वर्षीय तेज अधिकारीलाई मङ्गलबार पक्राउ गरेको हो ।...बाँकी अंश →

गौशाला, २६ मङ्सिर,, महोत्तरीको औरही नगरपालिका–२ फुलबरियाका बेचु चौधरीको गएराति हत्या भएको छ । चौधरीको शव घर नजिकैको उखुबारीमा फेला परेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो । घाँटीमा निलडाम र शरीरको अन्य भागमा चोटपटक लागेको अवस्थामा चौधरीको शव फेला परेकाले उनको हत्या गरिएको हुनसक्ने कार्कीले बताउनुभयो । घटनाबारे अनुसन्धान...बाँकी अंश →

भद्रपुर, २६ मङ्सिर,, सात वर्षीय बालकलाई अपहरण गरी रकम मागेको आरोपमा झापाको गौरीगञ्जबाट मङ्गलबार प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगञ्ज–६ का बद्री यादव, गौरीगञ्ज–४ का श्रीप्रसाद मल्हा र उनकी श्रीमती अञ्जु मुखिया रहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले बताउनुभयो । भारत बिहारको सुपौल...बाँकी अंश →

बेनी, २५ मङ्सिर,, म्याग्दी र मुस्ताङमा जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न निर्माण शुरु गरिएको कालीगण्डकी कोरिडोर प्रसारण लाइनको निर्माण कामले गति लिएको छ । कोरिडोरअन्र्तगत म्याग्दीको दानादेखि पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको ३९ किलोमिटर लामो प्रसारण लाइन र सब–स्टेशन निर्माण कार्यले गति लिएको हो ।...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: