
भैंसे गौंडा (स्याङजा), १ पुस,, जनशक्तिका अभावमा सञ्चालित घरबास (होमस्टे) कार्यक्रम प्रभावकारी बन्न नसकेको अवस्थामा मिलेनियम (सहस्राब्दी पदमार्ग) ट्रेकअन्तर्गतका विभिन्न स्थानमा सामुदायिक घरबासको अवधारणा अघि बढाइएको छ । मिलेनियम ट्रेक व्यवस्थापन समितिले तनहँुको दुलेगौंडादेखि स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको पदयात्रा मार्गका विभिन्न गाउँमा सामुदायिक घरबास कार्यक्रम सञ्चालनलाई जोड दिँदै...बाँकी अंश →

काठमाडौँ, १ पुस,, काठमाडौँ महानगरपालिकाले आजदेखि टुँडिखेल आसपास क्षेत्रमा सार्वजनिक सवारी साधन रोकेर राख्न नपाउने व्यवस्था गरेको छ । सार्वजनिक सवारी साधन एकै स्थानमा लामो समय रोकेर राख्दा जामको समस्या बढ्नाका साथै वातावरण प्रदूषण हुने भएकाले कामपाले यस किमिसको व्यवस्था शुरु गरेको जनाएको छ । कामपाको मुख्य स्थान मानिने र...बाँकी अंश →

बैतडी, १ पुस,, बैतडीको दशरथचन्द नगरपालिकाले नगरक्षेत्रमा पाँच दर्जनभन्दा बढी सडक सौर्यबत्ती जडान गरेको छ । रातिको समयमा सडकमा अँध्यारो नहोस् र आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग पुगोस् भन्ने उद्देश्यले नगरपालिकाले सौर्यबत्ती जडान गरेको हो । आर्थिक वर्ष २०७२÷७३ देखि हालसम्म ६७ वटा सडक सौर्यबत्ती जडान गरिएका नगरपालिकाका इञ्जिनीयर जय सिंह...बाँकी अंश →

इटहरी, १ पुस ,, इटहरी उपमहानगरपालिकाको पूर्वी सिमानामा रहेको बूढीगङ्गा नदीको कटान नियन्त्रणका लागि जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयसँगको सहयोगमा नदी नियन्त्रण कार्यक्रम सम्पन्न गरिएको छ । उक्त डिभिजन कार्यालयको रु तीन करोडको लागतमा बूढीगङ्गा नदी नियन्त्रणको कार्य पूरा गरिएको वडाध्यक्ष बालकृष्ण विष्टले जानकारी दिनुभयो । प्रत्येक वर्ष इटहरी...बाँकी अंश →

मङ्गलवारे, १ पुस ,, इलाम सदरमुकाममा यही पुस २० गते लगानी सम्मेलन हुने भएको छ । कात्तिक २० गते गर्ने भनिएको तर अन्तिम समयमा स्थगन भएको लगानी सम्मेलन पुस २० गते हुने भएको हो । लगानी सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने इलाम नगरपालिकाले जनाएको छ । प्रधानमन्त्री केपी...बाँकी अंश →

कञ्चनपुर, १ पुस,, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा शनिबार आयोजित आँखा शिविरबाट ७८१ जनाले सेवा लिएका छन् । धनगढी नेपाल आँखा अस्पतालको प्राविधिक तथा नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित आँखा शिविरमा ३२६ पुरुष र ४५५ महिलाले सेवा लिएका छन् । उपचारका लागि पुगेकामध्ये ९३ जनामा मोतिया बिन्दु भएको पाइएको नेत्रालयका प्रबन्धक गजेन्द्र...बाँकी अंश →

भद्रपुर, १ पुस ,, भद्रपुर जेसिजले रु २२ लाखमा निर्माण गरेको स्व विनेश स्मृति जेसिज भवनको शनिबार उद्घाटन भएको छ । भद्रपुर–८ मा रहेको सो भवन निर्माणका लागि निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको रु १० लाख, भद्रपुर नगरपालिका र पूर्व्जेसिज अध्यक्षहरुसहितका दाताबाट प्राप्त रु २२ लाख १३ हजार ६४८ कोे...बाँकी अंश →

नेपाल कम्युनिस्ट पार्टीको प्रदेश नम्बर पाँचको भेलाले स्थानीय पालिकाहरूको जिम्मेवारीमा पार्टीको नेतृत्व चयन गरेको छ। मङसिर २९गते प्रदेश पाँचको राजधानी बुटवलमा बसेको नेपाल कम्युनिस्ट पार्टीको प्रदेशिक सदस्यहरूको भेलाले पार्टीको गतिविधि , बिकास विस्तार तथा जनता बीच चुस्तरूपले पार्टीको प्रतिनिधित्व गर्न स्थानिय स्तरमा प्रतिनिधि तोकेको छ । कपिलवस्तु जिल्लामा गाऊँपालिका...बाँकी अंश →

काठमाडौँ, २९ मङ्सिर ,, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सङ्घीय संरचनाअनुरुप मुलुकको प्रशासनिक तथा वित्तीय व्यवस्थालाई प्रभावकारी रुपमा अघि बढाइने बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाको २४औँ वार्षिकोत्सव तथा महानगर महोत्सवको आज वसन्तपुरमा उद्घाटन गर्दै उहाँले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि तीनै तहको सरकारबीच समन्वयका साथ अघि बढ्ने उल्लेख गर्नुभयो । उपप्रधानमन्त्री...बाँकी अंश →

धनगढी,२९ मङ्सिर,, नवजीवन सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षको कारोवारबाट भएको मुनाफाबाट शेयर सदस्यलाई प्रति शेयर १८ प्रतिशतका दरले लाभांश वितरण गर्न लागेको छ । देशकै अग्रणी र ठूलो सहकारी संस्थाको रुपमा रहेको नवजीवन सहकारी संस्थाको कैलाली, कञ्चनपुर र बर्दिया जिल्लालाई कार्य क्षेत्र बनाएको छ । संस्थाका शेयर सदस्य १७...बाँकी अंश →

पशुपतिनगर, २९ मङ्सिर ,, झापाबाट इलाम सदरमुकाम जोड्ने छोटो बाटो ‘फाष्टट्र्याक’ राजदुवाली बूढीसुखानी शनिश्चिरे सडक कालोपत्रे हुने भएको छ । मेचीराजमार्गमा सवारीसाधनको चाप बढ्दा साँघुरो भई दुर्घटना बढेपछि प्रदेश नं १ को सरकारले इलामको राजदुवालीदेखि झापाको शनिश्चिरे जोड्ने सडक कालोपत्रे गर्ने भएको हो । झापाको चारआलीदेखि इलाम सदरमुकामसम्म यात्रा ७८...बाँकी अंश →

दमौली, २९ मङ्सिर ,, लमजुङको मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । विसं २०७२ को भूकम्पले क्षति पुगेको मन्दिरको पुरातत्व विभागको आर्थिक सहयोगमा पुनःनिर्माण भइरहेको छ । इशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष रामचन्द्र घिमिरेले पुस मसान्तसम्म मन्दिरको पुनःनिर्माण सकिने जानकारी दिनुभयो । उहाँका...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: