२० चैत २०८२

समाचार

करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु

भीमदत्तनगर, १ पुस,, कञ्चनपुरको वेदकोट नगरपालिकास्थित नेपाल विद्युत् प्राधिकरणको सव–स्टेशनमा करेन्ट लागेर आज बिहान एक कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार करेन्ट लागेर भीमदत्तनगरपालिका–१९ बागफाँटा घर भई हाल विद्युत् सव–स्टेशनमा कार्यरत चन्द्रदेव भट्टको मृत्यु भएको छ । घटनालाई प्रहरीले आशङ्का व्यक्त गर्दै प्रारम्भिक अनुसन्धानका लागि तीन...बाँकी अंश →


कृषि तालीम कार्यक्रम कार्यान्वयन निर्देशिका स्वीकृत

काठमाडौँ, १ पुस,,  सीप नभएका, तर काम गर्ने इच्छा शक्ति भएका बेरोजगार युवालाई आर्कषित गर्ने उद्देश्यले कृषि तालीम कार्यक्रम कार्यान्वयन निर्देशिका २०७५ हालै स्वीकृत गरिएको छ । जाँगरिला र इच्छुक बेरोजगार युवालाई कृषिमा गोलबद्ध हुन आग्रह गर्दै कृषि सहकारी तथा पशुपक्षी विकास मन्त्रालयले २३ प्रकारका आवासीय तालीम सञ्चालन गर्न सो...बाँकी अंश →


निःशुल्क खाजाले बढायो विद्यार्थी

गलकोट, १ पुस,, बागलुङ जिल्लाको सदरमुकाममा रहेको विद्यामन्दिर बालविकास केन्द्रका विद्यार्थीलाई निःशुल्क खाजा खुवाउने अभियान शुरु गरेपछि केन्द्रमा अध्ययन गर्न आउने विपन्न परिवारका विद्यार्थीको सङ्ख्यामा वृद्धि हुन थालेको छ । बाह्रजना विद्यार्थी रहेको बालविकास केन्द्रमा पूर्व विद्यार्थीको पहलमा निःशुल्क खाजा खुवाउने अभियान शुरु भएपछि विद्यार्थीको सङ्ख्यामा वृद्धि भएर ३० पगेको...बाँकी अंश →


खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना

डडेल्धुरा, १ पुस,, सङ्घीय सरकारअन्तर्गत रहने गरी डडेल्धुरामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय स्थापना गरिएको छ ।प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले उक्त कार्यालय उदघाटन गर्दै डडेल्धुरा र बझाङ जिल्लालाई हेर्ने गरी उक्त कार्यालय स्थपाना गरिएको जानकारी दिनुभयो । कार्यालयका प्रमुख खाद्य अनुसन्धान अधिकृत गणेशदत्त जोशीले डडेल्धुरामै डिभिजन कार्यालय स्थापना...बाँकी अंश →


सञ्चारकर्मी राराहाङको शब्दसङ्ग्रह सार्वजनिक

इलाम, १ पुस,,  सञ्चारकर्मी रीता राराहाङ राईले एक दशक लगाएर तयार पार्नुभएको ‘बान्तवा राई शब्दसङ्ग्रह’ यहाँ सार्वजनिक गरिएको छ । बोलीचालीका क्रममा प्रयोग हुने शब्दलाई सङ्ग्रह गरेर लेखिएको १११ पृष्ठको उक्त पुस्तकमा ३०० शब्द छन् । विगत १५ वर्षदेखि सञ्चार क्षेत्रमा कार्यरत इलामको माइमझुवाकी स्थायी बासिन्दा उहाँ हाल कान्तिपुर रेडियोमा...बाँकी अंश →


खेल क्षेत्रको विकास नभएसम्म समृद्ध नेपाल बन्न सक्दैन : मन्त्री विश्वर्कमा

साँखु, काठमाडौँ, १ पुस,,  नेपाल सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रको विकास नभएसम्म समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताउनुभएको छ । शनिबार शङ्खरापुर नगरपालिका खेलकूद विकास समितिद्वारा साँखुमा आयोजित प्रथम नगरस्तरीय फुटबल प्रतियोगिताको समापन कार्यक्रममा पुग्नुभएका मन्त्री विश्वर्कमाले समृद्ध नेपाल बनाउन खेलकूद अपरिहार्य रहेको बताउनुभएको हो । फुटबल...बाँकी अंश →


विश्व शारीरिक सुगठनमा महर्जनलाई स्वर्ण

काठमाडौँ, १ पुस,,  विश्व शारीरिक सुगठनमा नेपालका महेश्वर महर्जनले स्वर्ण पदक जित्न सफल भएका छन् । थाइल्याण्डको चाङमईमा भइरहेको १० औँ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा महेश्वरले शनिबार साँझ पुरुष ७५ केजी स्वर्ण जितेका हुन् । १२ खेलाडी सहभागी उक्त स्पर्धामा भारतीय खेलाडी दोस्रो र सिङ्गापुरका खेलाडी तेस्रो...बाँकी अंश →


जेसम साहित्य यात्रा भक्तपुरमा

भक्तपुर, १ पुस,, सूर्यविनायक नगरपालिकाको गाम्चा एवं अनन्तलिङ्गेश्वरको डाँडामा साहित्यकार र कालाकारले आ–आफ्नो सिर्जना प्रस्तुत गरेका छन् । जेसम साहित्य यात्राको तेस्रो शृङ्खलाअन्तर्गत भक्तपुरको गाम्चामा शनिबार कविले कविता र कलाकारले चित्रहरूका माध्यमबाट आफ्नो कला सिर्जनाका प्रस्तुत गरेका हुन् । कार्यक्रममा पूर्वउद्योगमन्त्री तथा भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य महेश...बाँकी अंश →


बेइजिङमा गोदाम खोल्न विलम्ब गर्दै ‘क्यानाडा गुस’

बेइजिङ, २९ मङ्सिर,, क्यानाडाको सुप्रसिद्ध कपडा ब्राण्ड, ‘क्यानाडा गुस’ ले बेइजिङमा बिस्तार गर्ने तयारीमा रहेको भनिएको आफ्नो भण्डारलाई क्यानाडा र चीनबीच देखिएको कूटनीतिक विवादले विलम्ब गराउने जनाएको छ । लामो प्रकारको क्यानाडेली ज्याकेटका लागि प्रसिद्ध ‘क्यानाडा गुस’ ले भनेको छ, “बजारलाई विस्तार गर्न बेइजिङमा खोलिने भण्डारगृह स्थापनाका लागि कामहरू भइरहेकाले...बाँकी अंश →


जर्मनको डेउत्से बाहन रेलसेवाद्वारा कर्मचारी यूनियनसँग सम्झौता

बर्लिन, जर्मनी, २९ मङ्सिर,,  जर्मनीको रेलसेवा सञ्चालक डेउत्से बाहन र उक्त कम्पनीका मुख्य कर्मचारी यूनियनबीच तलबमानमा पुनरावलोकन गर्नेबारे शनिबार एक सम्झौता भएको उक्त कम्पनीले जनाएको छ । गत हप्ता कर्मचारी तथा श्रमिकको ज्याला कम भएको भनी गत हप्ता उक्त रेलसेवाका कर्मचारीले सेवा नै ठप्प पारी आन्दोलनमा उत्रिएपछि रेल सञ्चालक कम्पनीले...बाँकी अंश →


अफगानिस्तानको शान्तिका नयाँ कदम आवश्यक .. चीन

काबुल, अफगानिस्तान, २९ मङ्सिर,, अफगानिस्तानको शान्ति प्रक्रियाका लागि नयाँ कदम एवम् फरक मार्गको खोजी गर्नुपर्ने शनिबार चीनले जनाएको छ । चीन–अफगानिस्तान–पाकिस्तान विदेशमन्त्रीहरूबीच भएको वार्तापछि सञ्चारकर्मीसँग बोल्नुहुँदै चिनियाँ राज्य परिषद् सल्लाहाकार तथा विदेशमन्त्री वाङ यीले भन्नुभयो, “शान्ति अफगानी जनताको चाहाना रहेको छ । उनीहरूका अफगानिस्तानको पुनः निर्माण तथा विकास महत्वपूर्ण पूर्व...बाँकी अंश →


राजापाक्षेद्धारा राजिनामा

कोलम्बो, २९ मङ्सिर,,  श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाद्वारा प्रधानमन्त्रीमा नियुक्त महेन्दा राजापाक्षेले शनिबार राजीनामा दिनुभएको छ । राजापाक्षेले आफ्नै निवासमा राजीनामा पत्रमा हस्ताक्षर गर्नुभएको भिडियोहरू सार्वजनिक भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले सामाचार प्रकाशन गरेका छन् । राजापाक्षेको पार्टीका एक जना सांसद शेहान सेमासिङ्घेले वक्तव्य दिएर उहाँले राजीनामा दिनुभएको बताउनुभयो । वक्तव्यमा उहाँले...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter