
नेपालगञ्ज, २ पुस,, बाँकेमा हुलाकी राजमार्गअन्तर्गतको सडक कालोपत्र गर्ने काम शुरु गरिएको छ । आज पहिलो दिन पुरैनादेखि साढे एक किलोमिटर बाटोमा कालोपत्रेका लागि गर्नुपर्ने पहिलो चरणको काम सकिएको इञ्जिनीयर तुलसीराम भण्डारीले जानकारी दिनुभयो । नेपालगञ्जको पुरैनादेखि सुइया बघौडासम्मको ४४ दशमलव ६ किलोमिटरको हुलाकी राजमार्गअन्तर्गतको सडक कालोपत्रे हुने बताइएको छ...बाँकी अंश →

काठमाडौँ, २ पुस,, बङ्गालको खाडीको दक्षिण–पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘फेथाइ’ को प्रभावले नेपालमा मौसम बदली हुनुका साथै केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज एक विज्ञप्ति जारी गर्दै चक्रवात उत्तर–उत्तरपश्चिम दिशातर्फ सरिरहेको र यसको आंशिक प्रभावका कारण नेपालमा आज र भोलि देशको...बाँकी अंश →

गोरखा, २ पुस,, गोरखाको बारपाक सुलीकोट गाउँपालिका–४ मा एक करोड ७९ लाख २१ हजार सहयोगमा विद्यालय भवन बन्ने भएको छ । गोरखा वेलफेयरको आर्थिक सहयोगमा सौरपानीमा रहेको हिमालय माध्यामिक विद्यालयको भवन निर्माण हुनलागेको हो । भूकम्पले पूर्णरूपमा क्षति पु¥याएको उक्त विद्यालयमा सुविधासम्पन्न आठकोठे भवन निर्माणका लागि गोरखा वेलफेयर र विद्यालय...बाँकी अंश →

वीरगञ्ज, २ पुस,, देशमा सङ्घीयता लागू भएपछि स्थानीय सरकारले गाउँमै जनतालाई सिंहदरबारको अनुभूति दिन विकास निर्माणको कामलाई तीव्रता दिन थालेको छ । सधैँभरि अँध्यारोमा बस्न तथा हिँडडुल गर्न बाध्य पश्चिमी पर्साको अति दुर्गम गाउँमा बत्ती बल्न थालेपछि त्यहाँका जनताले गाउँमै सिंहदबार आएको अनुभूति गर्न थालेका छन् । यसै क्रममा पश्चिमी...बाँकी अंश →

गलकोट, २ पुस ९,, बागलुङ जिल्लाको तिमानखोला गाउँपालिका–१ बोङ्गादोभानमा स्वास्थ्चौकीको नयाँ भवन निर्माण गरिएको छ । विकटका जनतालाई सर्वसुलभ तरिकाले स्वस्थ्यसेवा पु¥याउनका लागि सुविधासम्पन्न भवन निर्माण गरिएको शहरी विकास तथा भवन कार्यालयले जनाएको छ । शहरी विकास तथा भवन कार्यालय बागलुङको रु दुई करोड १३ लाख २६ हजारकोे लागतमा सो...बाँकी अंश →

काठमाडौँ, २ पुस,, महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सार्वजनिक यातायातमा यात्रुहरुको पाकेटमारी गरेर नगद तथा गरगहना लुट्ने सात जनालाई पक्राउ गरेको छ । वृत्तबाट सादा पोशाकमा खटिएको टोलीले चक्रपथस्थित बसुन्धरा खण्डमा विगत पाँच महीनादेखि पाकेटमार तथा लुटपाट गर्ने काभ्रेका विकास श्रेष्ठ, साइला तामाङ, विवेक तामाङ, धादिङका कुमार मिजार, मकवानपुरका अञ्जन पाख्रिन,...बाँकी अंश →

दमौली, २ पुस,, तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभाका सांसद कृष्णकुमार श्रेष्ठले तनहुँको एक सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । उहाँले भानु नगरपालिका–५ मैवलस्थित सरस्वती सदन माध्यमिक विद्यालयमा रु ५० हजार राशिको अक्षयकोष स्थापना गर्नुभएको हो । विद्यालयको ४७औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा सांसद श्रेष्ठले आफ्ना...बाँकी अंश →

काभ्रेपलाञ्चोक, २ पुस,, आठ स्थानीय तहका प्रमुखले आफ्नो क्षेत्र खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् । पनौती नगरपालिका, नमोबुद्ध नपा, बनेपा नपा, धुलिखेल नपा, पाँचखाल नपा तथा बेथानचोक, खानीखोला र महाभारत गाउँपालिकाका प्रमुखले आफ्नो क्षेत्र खुला दिशामुक्त घोषणा गर्ने प्रतिबद्धता जनाएका हुन् । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये पाँचले...बाँकी अंश →

पर्वत, २ पुस,, पर्यटन प्रवद्र्धन र नगरक्षेत्रको पहिचान झल्काउनका लागि पर्वतको फलेबास नगरपालिकाले प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल डहरेदेउराली क्षेत्रमा खुला चिडियाखाना बनाउने भएको छ । घना जङ्गल डहरे लेकमा खुलारूपमा जङ्गली जनावरको अवलोकनका लागि चिडियाखाना बनाउने तयारी भएको हो । नगरपालिकाले नगर विकासको दीर्घकालीन योजना बनाएर डहरे क्षेत्रमा खुला चिडियाखाना...बाँकी अंश →

चितवन, २ पुस ,, विश्वकै दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा नारायणीमा डुङ्गा शयर गरेर आफ्नो घर भित्रिएको छ । गत वर्ष राप्ती नदीमा आएको बाढीले बगाएर भारत पु¥याएको करीब १५÷२० वर्षको पोथी गैँडालाई गए राति चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको हो । यसअघि बाढीले बगाएका १० गैँडालाई राष्ट्रिय प्रकृति संरक्षण कोष र...बाँकी अंश →

म्याग्दी, २ पुस,, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा पर्ने खोप्रालेक पर्यटकीय गन्तव्यको रुपमा विकास भएको छ । समुदायले पूर्वाधार निर्माण र प्रचारप्रसार गरेर खर्कलाई पर्यटकीय गन्तव्यस्थलमा रुपान्तरण गरेका हुन् । समुन्द्री सतहदेखि तीन हजार ६६० मिटरको उचाइमा अवस्थित खोप्रामा स्वदेशी र विदेशी पर्यटकको चाप बढेको त्यहाँ रहेको सामुदायिक लजका प्रबन्धक नवीन...बाँकी अंश →

बैतडी, २ पुस,, १८ दिनदेखि बेपत्ता बैतडीको दशरथचन्द नगरपालिका–३ हल्लेकका ४५ वर्षीय लक्षिराम लावड आइतबार मृत फेला परेका छन् । गत मङ्सिर १२ गते घरबाटै बेपत्ता भएका लावड घर नजिकैको इरानखोला भन्ने ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो । लावडको शवलाई...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: