
सप्तरी, २ पुस,, सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका सुरक्षा गार्ड (पाले) २७ वर्षीय रिकेश भनिने पर्शुराम मिश्रलाई युवाको एक समूहले कुटपिट गर्दा आइतबार राति मृत्यु भएको छ । गाउँपालिका कार्यालयको चौरमा लागुऔषध सेवन गरिरहेका युवाको समूहलाई गाँजा खान रोक लगाएको रिसमा युवाले कुटपिट गर्दा मिश्र शनिबार राति घाइते भएका थिए ।...बाँकी अंश →

बेझाड, पाल्पा, २ पुस,, पाल्पा जिल्लामै ठूलो सरकारी अस्पतालका रुपमा स्तरोन्नति हुँदै गरेको रामपुर अस्पतालमा दरबन्दी भएर पनि डाक्टर नहुँदा बिरामीले सास्ती खेप्नु परेको छ । पचास शय्याको अस्पतालको रुपमा विकसित हुँदै गरेको यस अस्पतालमा दरबन्दीअनुसार डाक्टर त छैनन् नै, भौगोलिक विकटतासँगै पर्याप्त सुविधा नहँुदा विशेषज्ञ डाक्टर यहाँ बसेर जनतालाई...बाँकी अंश →

काठमाडौँ, २ पुस,, नेपालमा सुरक्षित गर्भपतनका लागि गर्भवती महिलाहरू आकर्षित हुन थालेका छन् । नेपाल सरकारले ग्रामीण भेगसम्म सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क सुरक्षित गर्भपतनको सेवा प्रदान गर्न थालेपछि महिलामा यस्तो आकर्षण बढेको हो । स्वास्थ्य संस्थाहरूबाट हालसम्म १० लाखभन्दा बढी महिलाले सुरक्षित गर्भपतनको सेवा लिइसकेको ग्रामीण महिला सन्जाल नेपालले आज...बाँकी अंश →

मैमाना, अफगानिस्तान, २ पुस,, अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा भएको एक सुरक्षा कारबाहीमा कम्तीमा आठ तालिबान लडाकू मारिएका छन् । यस कारबाहीको क्रममा दुई स्थानीय कमाण्डरसहित आठ जना मारिनुको साथै अन्य १० जना घाइते भएका सैनिक अधिकारीले बिहीबार जानकारी दिएका छन् । फर्याब प्रान्तको ख्वाजामा आतङ्ककारीविरुद्ध अफगान सुरक्षा बलले भिषण सैन्य...बाँकी अंश →

टोकियो, २ पुस,, जापानको हिताचीले स्वीस–स्वेडिस इन्जिनियरिङ कम्पनी एबीबीको विद्युत प्रसारण व्यवसायको सबैभन्दा ठूलो हिस्सा खरिद गर्ने सोमबार घोषणा गरेको छ । हिताचीले एबीबीमा ६ अर्ब ४० करोड डलर लगानी गर्नेछ, र हिताचीको यो आजसम्मकै सबैभन्दा ठूलो खरिद हो । स्थानीय सञ्चार माध्यमले एबीबीमा लगानी गरेसँगै हिताची विश्वमै सबैभन्दा ठूलो...बाँकी अंश →

बनेपा, २ पुस,, काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–२ ढुङ्खर्कका कृष्णप्रसाद तिमल्सिनाले खुवा व्यवसाय सञ्चालन गरेर बजारमा घर किन्नेदेखि काठमाडौँमा डेरी उद्योग सञ्चालन गर्न सफल हुनुभएको छ । विसं २०३६ देखि गाउँमा नै किसानले उत्पादन गरेका दूध सङ्कलन गरी खुवा घोट्न शुरु गर्नुभएका उहाँले अहिले तल बजारमा घर किनेर त्यही लालीगुराँस खुवा उद्योग...बाँकी अंश →

काठमाडौँ, २ पुस,, नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पाँच महिनामा ५२ जलविद्युत् आयोजनाका प्रवद्र्धकसँग विद्युत् खरीद सम्झौता गरेको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार विद्युत् खरीद सम्झौता भएका ती आयोजनाको क्षमता एक हजार ५१ मेगावाट रहेका छन् । प्राधिकरणले सम्झौता गरेको ती आयोजना निजी क्षेत्रले लगानी गर्न लागेका...बाँकी अंश →

बर्दिवास, २ पुस,, महोत्तरीको बर्दिवास–३ गौरीडाँडामा आज प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । बिपी राजमार्गमा चल्ने सवारीसाधन जाँचका क्रममा दुई सवारीसाधनबाट १४७ बोतल डायलक्स र ६०० चक्की नाइट्रोभेट बरामद गरिएको हो । कटारीबाट काठमाडौँ जाँदै गरेको बा३ख ७४६८ नं को मिनीबसबाट ४७ बोतल डायलक्स र कटारीबाट काठमाडौँ जाँदै...बाँकी अंश →

डोटी, २ पुस,, केआइसिंह गाउँपालिकाले रु ४१ लाखमा जेसिवी कम्पनीको नयाँ व्याकहोल लोडर(चक्कावाला डोजर) खरीद ग¥यो । गाउँगाउँ र बस्तीबस्तीमा सडक पु¥याउने भन्दै गाउँपालिकाले डोजर खरीद गरेको हो । यस्तै सायल गाउँपालिकाले रु एक करोड २९ लाखमा लुसान कम्पनीको डोजर खरीद ग¥यो । सो गाउँपालिकाले सडक बनाउन डोजर प्रयोग गरी...बाँकी अंश →

वालिङ, २ पुस,, लोपोन्मुख अवस्थामा रहेको गुरुङ (तमु) भाषाको संरक्षणका लागि स्याङ्जाको वालिङमा गुरुङ भाषाको प्रशिक्षण प्रदान गरिएको छ । तमु ह्युल छोजधीँ गुरुङ राष्ट्रिय परिषद् स्याङ्जाले जिल्लाका ६२ जनालाई प्रशिक्षण प्रदान गरिएको परिषद्का स्याङ्जा महासचिव टीकराज गुरुङले बताउनुभयो । “प्यो म्हस्याँ, छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ...बाँकी अंश →

बर्दिवास, २ पुस,, महोत्तरी जिल्लाको धार्मिक एवं पुरातात्विक महत्वको मटिहानी नगरपालिकामा घण्टाघर निर्माण थालिएको छ । मटिहानी–८ मा पर्ने मुख्यचोकमै नगरपालिकाले ३० लाखको लागतमा घण्टाघर बनाउन थालेको हो । अहिले मटिहानीको घण्टाघर निर्माणमा दैनिक ५० भन्दा बढी ज्यामी जुटेका छन् । आउने वर्षको दशैँअगावै ५० फिट अग्लो घण्टाघर निर्माण सम्पन्न...बाँकी अंश →

हुम्ला, २ पुस,, जिल्ला अस्पताल हुम्लामा उपचार गर्न आउने बिरामीले खुल्ला चउरमा उपचार गर्दै आएका छन् । गाउँघरमा रहेका स्वास्थ्य चौकीमा उपचार हुन नसेकपछि जिल्ला अस्पताल आउने बिरामीले दुई दिनदेखि जिल्ला अस्पतालको खुल्ला चउरमा उपचार गर्दै आएका छन् जिल्ला अस्पतालले बिरामीलाई चाँज गर्दै आएको एक कोठामा रङ्ग लगाउने कार्य भइरहेकाले...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: