२० चैत २०८२

समाचार

संसदीय दलको नेतामा मुख्यमन्त्री शाही

सुर्खेत, ३ पुस,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको नेतामा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही चयन हुनुभएको छ । सोमबार प्रदेश राजधानी सुर्खेतमा बसेको नेकपा संसदीय दलको बैठकबाट मुख्यमन्त्री शाही संसदीय दलको नेतामा सर्वसम्मत चयन हुनुभएको हो । नेकपा कर्णाली प्रदेश सह इञ्चार्ज तथा प्रदेशसभा सदस्य यामलाल...बाँकी अंश →


किसान राहत रकम पाउनबाट वञ्चित

नवलपरासी, ३ पुस,,  पश्चिम नवलपरासीका उखु किसानले सरकारले उपलब्ध गराएको गत वर्षको राहत अनुदान रकम हालसम्म पाएका छैनन् । कोष तथा लेखा नियन्त्रण कार्यालयलाई प्राप्त रु सात करोड ४९ लाख चार हजार राहत अनुदान हालसम्म किसानलाई वितरण गरिएको छैन । सरकारले प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसाका दरले किसानलाई राहत अनुदान...बाँकी अंश →


रु तीस लाखको जग्गादान

गाईघाट, उदयपुर, ३ पुस,,  बेलका नगरपालिका–४ का ६६ वर्षीय डम्बरबहादुर तामाङले बेलका नगरपालिका–४ को वडा कार्यालयको नयाँ भवन निर्माणका लागि रु ३० लाख मूल्य बराबरको डेढ कट्ठा जग्गादान गर्नुभएको छ । सुनसरी–चतरा–गाईघाट–कटारी, सिन्धुली–हेटाँैडा हुँदै काठमाडौँ जोड्ने वैकल्पिक राजमार्गको मुखैमा रहेको जग्गा तामाङले वडा कार्यालयलाई दान गर्नुभएको हो । सो जग्गा...बाँकी अंश →


अध्यादेशप्रति निजामती कर्मचारीको असहमति

रुपन्देही, ३ पुस,,  सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेशप्रति नेपाल निजामती कर्मचारी युनियन सङ्घ प्रदेश नं ५ समितिले असहमति जनाएको छ । कर्मचारीको साझा अवधारणा विपरीत कर्मचारी समायोजन अध्यादेश जारी गरेको भन्दै समितिले प्रदेश नं ५ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सोमबार सङ्घीय सरकारलाई १२ बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो । निजामती...बाँकी अंश →


नेशनल माइक्रोफाइनान्सको नाफा रु १३ करोड

धादिङबँेसी, ३ पुस,, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले रु १३ करोड ४६ लाख नाफा गरेको छ । सो संस्थालाई गत वर्षको तुलनामा १५ प्रतिशत बढी नाफा भएको छ । नीलकण्ठ नगरपालिकामा केन्द्रीय कार्यालय रहेको वित्तीय संस्थाले हाल रु दुई अर्ब ६३ करोड लगानीमा रहेको कर्जामा नाफा गर्न सफल भएको अध्यक्ष केशवप्रसाद...बाँकी अंश →


समावेशी विकासले आर्थिक तथा सामाजिक समृद्धि हासिल गर्न सकिन्छः उपराष्ट्रपति

काठमाडौँ, २ पुस,,  संविधानप्रदत्त महिला अधिकारलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ । राजनीतिक नेतृत्वमा महिला सहभागिता वृद्धि भए पनि नीतिनिर्माण तहमा अझै महिला सहभागिता कम भएको गुनासो गर्दै आर्थिक समृद्धि हासिल गर्न समावेशी विकासलाई अगाडि बढाउनुपर्ने सुझाव पनि दिइएको छ । नेपाल मुस्लिम महिलाकल्याण...बाँकी अंश →


शेयर बजार.. दोहोरो अङ्कले वृद्धि

काठमाडौँ, २ पुस,,  धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । शेयर लगानीकर्ता दबाब समूहले कारोवारमा रोक लगाउने दाबी गरेको दिन बजार बढेर नयाँ उचाइमा पुगेको हो । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १५ दशमलव १७ बिन्दुले बढेर एक हजार १८२ दशमलव ७८ बिन्दुमा पुगेको...बाँकी अंश →


बौद्धिक अपाङ्गता भएका बालबालिकाको जीवनमा सुधार

गोदावरी, २ पुस,, दोलखा घर भएकी सुनिता विककी १० वर्षीया छोरी सन्दीका न बोल्न सक्छिन् । न त हिँड्न नै । छोरीको त्यस्तो अवस्था देख्दा आमा सुनिता विगतमा निकै चिन्तित हुनुहुन्थ्यो । समाजमा अरुका बालबालिका हिँड्दा र बोल्दा आमा सुनितालाई आफ्नी छोरीको हालत देखेर दिक्क लाग्थ्यो तर अपाङ्गता भएका व्यक्तिको...बाँकी अंश →


मेची पर्यटन महोत्सव हुने

इलाम, २ पुस,, जिल्लामा ‘मेची पर्यटन महोत्सव’ यही पुस ५ देखि १६ गतेसम्म हने भएको छ । विभिन्न जातजातिको लोप हुन लागेको संस्कृतिको जगेर्ना, दुर्लभ जीवजन्तुको र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नका लागि उक्त महोत्सव आयोजना गर्न लागिएको हो । पर्यटन प्रवद्र्धन सरोकार समितिको आयोजनामा हुन लागेको सो महोत्सवमा ताप्लेजुङको शेर्पा...बाँकी अंश →


बसको ठक्करबाट दुई जनाको मृत्यु

राँझा, २ पुस,, बाँकेको बैजनाथ गाउँपालिका–५ जिउगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा विद्यालयको बस र मोटरसाइकल ठोक्किँदा आज दुई जनाको मुत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतको लेकबेंसी नगरपालिका–१ का विक्रम गहतराज र सुर्खेतकै गुर्भाकोट नगरपालिका– १२ का मदन सुनार रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रवक्ता प्रहरी निरीक्षक मानबहादुर विसीले जानकारी दिनुभयो ।...बाँकी अंश →


नक्कली नागरिकता प्रकरण.. थप तीन जना पक्राउ

धनुषा, २ पुस,,  नक्कली नागरिकता बनाउने गिरोहका थप तीन जनालाई पक्राउ गरिएको छ । यसअघि उक्त घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालयका नासु भोला मण्डल तथा कार्यालय सहयोगीद्वय अरुणकुमार यादव र वीरेन्द्र चौधरी रहेको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिनुभयो...बाँकी अंश →


गंकी–धुस्वां पुरस्कार मल्ल र रामेशलाई

काठमाडौँ, २ पुुस,, यस वर्षको गंकी–धुस्वां बसुन्धरा पुरस्कारबाट नेपालभाषाका उपन्यासकार मल्ल के सुन्दर र धुस्वां साय्मि सिर्जना पुरस्कारबाट जनगायक रामेशलाई सम्मान गरिने भएको छ । गंकी–धुस्वां बसुन्धरा प्रतिष्ठानले प्रत्येक दुइ वर्षमा नेपालका विभिन्न भाषाका उपन्यासकारलाई गंकी–धुस्वां बसुन्धरा पुरस्कारबाट तथा नेपाली कला एवं सङ्गीत क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुभएका व्यक्तित्वलाई धुस्वां साय्मि...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter