२० चैत २०८२

समाचार

विपन्न परिवारलाई सिरक वितरण

भीमदत्तनगर, ३ पुस,,  कञ्चनपुरको भीमदत्त नगरपालिका–२ मा विपन्न परिवारलाई न्यानो (सिरक) कपडा वितरण गरिएको छ । सोमबार भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले यहाँका २६ आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई सिरक वितरण गर्नुभएको हो । वडा कार्यालयले विपन्न, दलित, आदिवासी जनजाति, पछाडि पारिएका समुदायको आर्थिक अवस्था सुधारका लागि कार्यक्रम गर्ने नगरप्रमुख...बाँकी अंश →


उखु क्रसिङको ढिलाइले खेत बाँझै

बर्दिवास, ३ पुस,,  उखु क्रसिङमा ढिलाइ हुँदै जाँदा महोत्तरीका किसान अघिल्लो बाली लगाउन नपाइने चिन्ताले पिरोलिएका छन् । जिल्लाको गौशाला नगरपालिकाको रामनगरस्थित एभरेष्ट चिनी उद्योगले पुस लागे पनि उखु क्रसिङ नगर्दा उखु कटान गर्न ढिलाइ भएको छ । नयाँबाली लगाउने समय वित्न लागेपछि किसानलाई जग्गा बाँझो रहने चिन्ताले पिरोलेको छ...बाँकी अंश →


मदरसा का विद्यार्थी लाई शैक्षिक सामाग्री वितरण

कपिलवस्तुको मस्लिम आगुवाहरुले मदरसा शिक्षालाई मुल प्रवह शिक्षा प्रणालीमा ल्याउनका लागि माग गरेका छन । मुस्लिम अगुवाहरुले नेपालको लगता अल्पसंख्यकको रुपमा रहेको मुस्लिम सामुदायको शिक्षालाई सरकारले हेर्ने नाजारिया फारक रहेको बताएका छन । कपिलवस्तुको कृष्णनगर नगरपालिका भिल्मी गाँउमा आयोजित मदरसाका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण कार्यक्रममा उनीहरुले मदरसा शिक्षाको कागजात नेपालमा...बाँकी अंश →


आगलागीबाट रु १२ लाखको क्षति

तुलसीपुर, ३ पुस,, घोराही उपमहानगरपालिका–१५ स्थित आरके इलेक्ट्रोनिक्स सर्भिसमा बिजुलीको तार सर्ट भई आगलागी हँुदा रु १२ लाखभन्दा बढीको क्षति भएको छ । आज बिहान उक्त इलेक्ट्रोनिक्स सर्भिसमा आगलागी हँुदा विभिन्न इलेक्ट्रोनिक्स सामान, सवारी साधन बनाउन प्रयोग गरिने विभिन्न सामान र ना२अ १९३६ नंको अटोरिक्सा र नगद जलेर नष्ट भएको...बाँकी अंश →


उमेर नपुगी विवाह गर्ने विद्यालय छाड्न बाध्य

काठमाडौँ, ३ पुस,, उमेर नपुगी विवाह गर्ने छात्राले विद्यालय छाड्न बाध्य हुने गरेको पाइएको छ । अनौपचारिक क्षेत्रमा बृहत् यौनिकता शिक्षाको महत्वसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तन नेपाल (लुम)नामक गैरसरकारी संस्थाले अझै पनि विद्यालय नजाने तथा अनौपचारिक क्षेत्रमा काम गर्ने बालबालिकाको सङ्ख्या अत्यधिक रहेकाले पाठ्यक्रममा मात्र समावेश गरेर होइन, घर परिवारबाटै...बाँकी अंश →


मृतक पत्रकारको परिवारलाई क्षतिपूर्ति

काभ्रेपलाञ्चोक, ३ पुस,, मण्डन देउपुर नगरपालिका–६ भांगेटारमा कात्तिक १० गतेको दुर्घटनामा परी निधन भएका पत्रकार जीवन पराजुलीको परिवारलाई किरियाखर्च र क्षतिपूर्तिबापतको रु पाँच लाख उपलब्ध गराइएको छ । मृतकका बाबु श्रीप्रसाद पराजुलीले जिल्ला प्रशासन कार्यालयमार्फत उक्त रकम लिनुभएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।...बाँकी अंश →


पूर्वप्रम गिरीको निधनप्रति प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि

काठमाडौँ, ३ पुस,, प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले केहीबरअघि ट्विट गर्दै पूर्वप्रम गिरीको निधनको खबरले आफूलाई दुःख लागेको र यस घडीमा स्व गिरीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ । पूर्वप्रम...बाँकी अंश →


पूर्वप्रधानमन्त्री गिरीको निधन

काठमाडौँ, ३ पुस,,  पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको आज बिहान बूढानीलकण्ठस्थित सिद्धार्थ कोलनीमा रहेको आफ्नै निवासमा निधन भएको छ । कलेजोको क्यान्सरको उपचार गराइरहनुभएका पूर्वप्रम गिरीको आज बिहान ६ बजे ९३ वर्षको उमेरमा निधन भएको उहाँका श्रीमती सराह गिरीले जानकारी दिनुभयो । सन् १९६० देखि सन् २००५ सम्म सक्रिय राजनीति गर्नुभएका...बाँकी अंश →


पाँच महीनामा ७४ यात्रुको मृत्यु

चितवन, ३ पुस,, सवारी साधनको चाप बढेसँगै जिल्लामा दुर्घटना पनि बढ्दै गएको पाइएको छ । जिल्ला ट्राफिक कार्यालयको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको मङ्सिरसम्ममा जिल्लामा १३५ सवारी साधन दुर्घटना हुँदा ७४ जनाले ज्यान गुमाएका छन् भने ३१७ जना घाइते भएका छन् । कार्यालयका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमका अनुसार बस दुर्घटनामा...बाँकी अंश →


शव नआउँदा परिवार पीडामा

बाँके, ३ पुस,,  साउदी अरबको जेद्दा अल्मोराइ कम्पनीमा काम गर्दै आएका राप्तीसोनारी गाउँपालिका–१ कुुसुमका वेदनिधि चापागार्इंको निधन भएको तीन साता हुँदै छ । हृदयघातका कारण निधन भएका चापागाईंको शव अहिलेसम्म साउदी अरबमै छ । समयमै शव नआउँदा उनको परिवारले धार्मिक संस्कारअनुसार गरिने काजकिरिया गर्न पाएका छैनन् । चापागाईंको परिवार शव...बाँकी अंश →


अस्पतालमा पत्रकारलाई बीस प्रतिशत छुट

दमौली, ३ पुस,,  दमौली अस्पताल विकास समितिले जिल्लाका पत्रकारलाई उपचारमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ । केही दिनअघि बसेको विकास समितिको बैठकले पत्रकारलाई अस्पतालमा लाग्ने उपचार खर्चमा २० प्रतिशत छुट दिने निर्णय गरेको अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो । सूचना विभागबाट जारी प्रेस परिचयपत्रका आधारमा...बाँकी अंश →


दुई दिनपछि विद्युत् सेवा

भीमदत्तनगर, ३ पुस,,  कञ्चनपुरको विद्युत् सेवा दुई दिनपछि सोमबार मध्यरातदेखि पुनः सञ्चालनमा आएको छ । वेदकोट नगरपालिका–७ लालपुरस्थित नेपाल विद्युत् प्राधिकरणको सव–स्टेशनमा सुरक्षागार्डका रुपमा कार्यरत भीमदत्त नगरपालिका–१९ बागफाँटाका चन्द्रदेव भट्टको मृत्युको विषयमा विवाद हुँदा आइतबार बिहानदेखि विद्युत् सेवा अवरुद्ध थियो । भट्टको मृत्यु शङ्कास्पद रहेको भन्दै उनका आफन्त र स्थानीयवासीले...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter