
सियोल, ३ पुस,, दक्षिण कोरियाको राजधानी सियोलको एक औषधि उत्पादक कम्पनीमा मार्केटिङको काम शुरु गर्नुअघि आश्ले पार्कको कलेजको पढाइ निकै राम्रो थियो । अङ्ग्रेजी भाषामा राम्रो दख्खल थियो, र साथीहरुसँगको सम्बन्ध औधी राम्रो थियो । पढाइ सकिएलगत्तै उनले जागिर पनि पाइन् । तर, जसै उनी गर्भवती भइन् कम्पनीले उनको निजी...बाँकी अंश →

चितवन, ३ पुस,, तोरीका लागि प्रख्यात जिल्ला चितवनमा पछिल्ला वर्षमा यसखेती तर्फको आकर्षण अझ बढेर गएको छ । मलको अभाव, जग्गाको खण्डीकरण, रोगव्याधि जस्ता कारण केही वर्षअघि तोरी लगाउने किसानले आलुखेती गर्ने गरेका थिए । पछिल्ला तीन वर्षमा तोरी लगाउने क्रम बढेर गएको कृषि ज्ञानकेन्द्र भरतपुरले जनाएको छ । केन्द्रका...बाँकी अंश →

चितवन, ३ पुस,, यही पुस ११ देखि १५ गतेसम्म सौराहाको बाघमारा चौरमा पन्ध्रौँ चितवन हात्ती महोत्सव, २०७५ हुनेभएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्दै लोप हुँदै गएको हात्तीको संरक्षण र यसको महत्वबारे जानकारी दिनु, वन्यजन्तु संरक्षणमा एकजुट हुन आग्रह गर्नु र समाजमा जनचेतना अभिवृद्धि गराउनु महोत्सवको मुख्य उद्देश्य...बाँकी अंश →

महोत्तरी, ३ पुस,, निर्माणकार्य सम्पन्न नहँुदै महोत्तरीको गौशाला सम्सी सडकखण्डको पिच (कालोपत्रे) सडक भागमा चिरा पर्न थालेको छ । गौशाला निगौल चोक भन्दा दक्षिणतर्फको विभिन्न स्थानमा कालोपत्रे निर्माणकार्य जारी रहँदै सडकको विभिन्न ठाउँमा चिरा पर्न थालेको हो । स्थानीयवासीय सुरेन्द्रकुमार सिंहका अनुसार रातिको समयमा सडकको क्षमता भारभन्दा बढी तौलका टिपर...बाँकी अंश →

बाँके, ३ पुस,, भारतीय पक्षको बेवास्ताका कारण पश्चिम तराईको प्रमुख नाका नेपालगञ्जमा एकीकृत जाँच चौकी (आइसिपी) निर्माणकार्य वर्षौदेखि अधुरो रहेको छ । समयमा निर्माणकार्य शुरु नहुँदा नेपालगञ्ज उपमहानगरपालिका–१६ स्थित जयसपुरको निर्माण क्षेत्र पशुचौपायाको चरणस्थल बन्न थालेको छ । समयमा निर्माण शुरु नहुँदा यहाँ रहेका भौतिक संरचना जीर्ण बन्दै गएका छन्...बाँकी अंश →

बनियानी, ३ पुस,, झापाका कुखुरापालक किसान आन्दोलित बनेका छन् । कुखुराको चल्ला र दानाको मूल्यमा अत्यधिक वृद्धि भएको तथा आफूहरूले उत्पादनको गरेको कुखुराको उचित मूल्य नपाएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । विभिन्न सरोकारवाला निकायलाई समस्या समाधानका लागि ध्यानाकर्षण गराए पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको नेपाल...बाँकी अंश →

बेझाड, ३ पुस,, धन कमाउन विदेश जानुभएका चापाकोट नगरपालिका– ७ केवलघारीका ३८ वर्षका गणेश गैरेको शव दुई महीनापछि नेपाल भित्रिएको छ । आठ महीनाअघि उहाँ कतार जानुभएको थियो । कतारमा गाडी चालकको रुपमा काम गर्दै आउनुभएका गैरे गत कात्तिक २ गते गाडीभित्रै मृत अवस्थामा भेटिनुभएको मृतकका आफन्त शङ्कर पोखरेलले बताउनुभयो...बाँकी अंश →

पोखरा, ३ पुस,, बढ्दो सहरीकरणका कारण ट्राफिक व्यवस्थापनमा कठिनाई पर्नुका साथै सम्भावित दुर्घटना न्यूनीकरणका लागि पोखराका मुख्यचोकका आइल्याण्ड हटाउन थालिएको छ । पोखरा महानगरपालिकाले सञ्चालन गरेको अभियान अन्तर्गत मुस्ताङचोकमा रहेको आइल्याण्ड आज हटाइएको महानगरका प्रवक्ता गङ्गालाल सुवेदीले जानकारी दिनुभयो । आज बिहानै स्थानीय जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी र सुरक्षाकर्मीसहितको उपस्थितिमा दुईवटा...बाँकी अंश →

बेत्रावती, ३ पुस,, सैन्य तालीम केन्द्र मैथली ब्यारेक नुवाकोटको ६९औँ समूहको सैन्य तालीममा सहभागी ‘सैन्य आधार तालीमको अन्तिम दलेल कवाज’ पूरा भएसँगै ५०९ जना सैन्य सोमबारदेखि सिपाही भएका छन् । सैन्यबाट सिपाही भएकालाई सैनिक तालीम तथा डक्ट्रिन महानिर्देशनालयका महानिर्देशक (उपरथी) गौरव तण्डुलले अन्तिम दलेल कवाज निरीक्षण गर्दै जनता, सैनिक सङ्गठन...बाँकी अंश →

सिङ्टन, ३ पुस,, संयुक्तराज्य अमेरिकाले मेक्सिको सीमामा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गरेको छ । अमेरिका प्रवेश गर्न चाहने आप्रवासीको ठूलो जत्थालाई सीमामै रोक्ने उद्देश्यले यसअघि करिब ६ हजार सेना तैनाथ गरिएकामा त्यसमा कटौती गरी हाल करिब तीन हजारमा सीमित गरिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । मध्ये अमेरिकी देशहरु...बाँकी अंश →

वासिङ्टन, ३ पुस,, संयुक्त राष्ट्रसङ्घ महासभाको दुई तिहाई बहुमतले कृष्ण सागर र अजोभ सागरको जलक्षेत्रमा अन्तर्राष्ट्रिय पानीजहाज लैजान रुसले गरेको अबरोध हटाउनुपर्ने युक्रेनको प्रस्तावलाई पारित गरेको छ । युक्रेनको प्रस्तावमा ६६ राष्ट्रले पक्षमा, १९ राष्ट्रले विपक्षमा मतदान गरेका थिए भने ७२ राष्ट्र अनुपस्थित थिए । राष्ट्रसङ्घका एक अधिकारीका अनुसार युक्रेनले...बाँकी अंश →

बनियानी, ३ पुस,, भदौ १ गतेबाट लागू भएको अपराध संहिताको पूर्ण कार्यान्वयनका लागि सरकारी वकिलहरुको राष्ट्रिय भेला हुने भएको छ । नयाँ अपराध संहिताको कार्यान्वयन प्रभावकारी बनाउने उद्देश्यले यही पुस ८ गते काठमाडौँमा भेला आयोजना गर्न लागिएको झापाका जिल्ला न्यायाधिवक्ता केशवप्रसाद पन्तले जानकारी दिनुभयो । पुरानो मुलुकी ऐन विस्थापित गरी...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: