२० चैत २०८२

समाचार

चीनले अमेरिकी सोयाबिन खरिद गर्न थाल्यो

बेइजिङ, ५ पुस,, चीनको राज्य–नियन्त्रित कम्पनीले अमेरिकी भटमास (सोयाबिन) पुनः खरिद गर्न थालेको बताएको छ । यसै महिना अमेरिकासँग ९० दिने व्यापारिक युद्धविराम भएसँगै चीनले अमेरिकी सोयाबिन खरिद गर्न थालेको हो । व्यापार विवाद सुल्झाउने उद्देश्यले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनीया राष्ट्रपति सी जिनपिङबीच डिसेम्बर १ मा भएको सम्झौता...बाँकी अंश →


बनेपाको पाउरोटी उद्योगमा सिल

काभ्रेपलाञ्चोक, ५ पुस,, बनेपा नगरपालिका–८ बसपार्कस्थित शाक्य पाउरोटी उद्योगमा नेपाल खाद्य, प्रविधि तथा गुणस्तरीय विभाग डिभिजन कार्यालय धुलिखेलले सिल गरेको छ । स्थानीयवासी मीरा शाक्यले बिना अनुमति २०३३ सालदेखि उक्त उद्योग सञ्चालन गर्दै आउनुभएको थियो । विभागबाट अनुमति नलिएको, पाउरोटी उत्पादन गर्न प्रयोग गरिएका सामग्री सरसफाइमा ध्यान नदिएको तथा केही...बाँकी अंश →


बाह्र दशमलव दुई किलोमिटर पाइप ओछ्याउन बाँकी

वीरगञ्ज, ५ पुस,,  नेपाल तथा भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप अब १२ दशमलव दुई किलोमिटर मात्र ओछ्याउन बाँकी रहेको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना कार्यालय सिमराका अनुुसार नेपालतर्फको ३६ दशमलव दुई किलोमिटर भूभागमध्ये २४ किलोमिटर क्षेत्रमा जमीनमुनि पाइप ओछ्याउने काम सम्पन्न भइसकेको छ । “तीव्र गतिमा बाँकी...बाँकी अंश →


यमनको शान्तिवार्तामा सघाउन अमेरिका र ओमान सहमत

वासिङटन, ५ पुस,,   अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र ओमानी विदेशमन्त्री युसुफ बिन अलावी बिन अब्दुल्लाहबीच बुधबार अमेरिकाको वासिङटनमा भेटवार्ता भएको छ । विदेशमन्त्री पोम्पेओले ओमानले युद्धग्रस्त यमनको विषयलाई लिएर गरिरहेको सकारात्मक योगदानप्रति कृतज्ञता ज्ञापन गर्नुभएको ह्वाइटहाउसले जनाएको छ । संयुक्त राष्ट्रसङ्घका विशेषदूतको अगुवाईमा स्वीडेनमा पछिल्लो पटक भएको शान्तिवार्ताका लागि ओमानले...बाँकी अंश →


अमेरिकाः बजेट स्वीकृत, तर मेक्सिको पर्खालको बजेट पारित भएन

वासिङटन, ५ पुस,,  संयुक्तराज्य अमेरिकाको माथिल्लो सदन सिनेटले बुधबार राति अल्पकालीन खर्च विधेयकलाई स्वीकृत गरेको छ । उक्त विधेयकमा अमेरिका–मेक्सिको सीमा पर्खाल बनाउन राष्ट्रपति डोनाल्ड ट्रम्पले अनुरोध गर्नुभएको बजेटलाई भने समेटिएको छैन । सिनेटमा रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनेलले सरकारको दैनिक कार्यसञ्चालनका लागि बजेट स्वीकृत भएको जानकारी दिनुभयो । बजेट...बाँकी अंश →


फेडको ब्याजदर बढेसँगै एसियाली बजार ओरालो

हङकङ, ५ पुस,,  अमेरिकी केन्द्रीय बैंक (फेड) ले ब्याजदरमा वृद्धि गरेसँगै अमेरिकी र एसियाली शेयर बजार ओरालो लागेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्याजदर नबढाउन पटकपटक आग्रह गरेपनि फेडका अध्यक्षले यसैवर्ष चौथो पटक ब्याजदर बढाउनु भएको छ । अमेरिकी सेयर बजारको सूचक डाउ यस वर्ष २०१८ मा सबैभन्दा तल्लो...बाँकी अंश →


स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारीमा कामपा

काठमाडौँ, ५ पुस,, काठमाडौँ महानगरपालिकाले स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारी गरेको छ । अहिले कामपामा करीब १०० स्थानमा परम्परागत जेब्रा क्रसिङ छन् । मानिसको आवागमनको हिसाबले उक्त सङ्ख्या अत्यन्तै कम हो भने भएका स्थानमा पनि धेरै नदेखिने अवस्थामा छन् । त्यसैले मानिसको अत्यधिक चाप हुने स्थानमा कामपाले स्मार्ट जेब्रा क्रसिङ...बाँकी अंश →


दृष्टिविहीन विद्यार्थीलाई आवासीय अपाङ्गमैत्री भवन

जुम्ला, ५ पुस,,  सिंजा गाउँपालिका–३ नराकोटस्थित भैरव मावि नराकोटमा निर्माणाधीन अपाङ्गमैत्री भवन निर्माणपछि दृष्टिविहीन विद्यार्थीलाई सहज हुने भएको छ । दृष्टिविहीन विद्यार्थीका लागि छात्रावास तथा जिल्लाकै नमूना अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी भवन नराकोटमा निर्माण भइरहेको हो । प्लान इन्टरनेशनल नेपालको सहयोग तथा किर्डाक नेपालको सहजीकरणमा भवन निर्माण कार्य ९५ प्रतिशत...बाँकी अंश →


विद्यार्थी खुला चौरमा पढ्न बाध्य

बाजुरा, ५ पुस,, बाजुराको बूढीगङ्गा नगरपालिका–१० सेलापाखामा रहेको भगवती माध्यमिक विद्यालयमा कक्षाकोठा अभावमा विद्यार्थी खुला चौरमा बसेर पढ्न बाध्य भएका छन् । विद्यालयमा निर्माण गरिएको चारकोठे भवन ठेकेदारले हस्तान्तरण गर्नमा ढिलाइ गरेपछि विद्यार्थी चिसोको समय पनि खुला चौरमा पढ्न बाध्य भएका हुन् । सोही नगरपालिका–१० वडामा रहेको उक्त विद्यालयमा कक्षा...बाँकी अंश →


शीतलहरले मधेशको जनजीवन कष्टकर

सिरहा, ५ पुस,,  मौसममा आएको परिवर्तन र चिसो हावाका कारण तराई, मधेशको जनजीवन कष्टकर बन्दै गएको छ । शीतलहरका कारण बिहानको समयमा लहानलगायत मधेशका बजारमा चहलपहल कम हुन थालेको छ । खासगरी गरीब विपन्न परिवारमा न्यानो लुगाको अभावमा जाडोबाट बच्न कठिन भएको छ । दलित, गरीब, विपन्न वर्गका समुदाय जाडोबाट...बाँकी अंश →


कर्मचारीको आन्दोलनले सेवाग्राही मर्कामा

बेझाड, ५ पुस,,  अस्थायी, करार, ज्यालादारी र सामाजिक परिचालकलाई स्थायीको माग राख्दै रामपुर नगरपालिकाका कर्मचारीहरूले आन्दोलन गरेपछि सेवाग्राही मर्कामा परेका छन् । दिउँसो वडा कार्यालयमा कामका लागि पुग्नुभएकी रामपुर नगरपालिका–६ का लक्ष्मी ढकाल कर्मचारी आन्दोलनमा निस्केपछि त्यसै फर्कनुपरेको बताउनुभयो । “मेरो अति आवश्यक काम परेका कारण साँझपख आन्दोलनको समय सकिएपछि...बाँकी अंश →


एक हजार तीन सय हेक्टरमा हिउँदे मकै

घोराही, ५ पुस,, दाङको देउखुरी क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत करीब एक हजार ३०० हेक्टरमा हिउँदे मकै खेती शुरु गरिएको छ । आर्थिक वर्ष २०७३/७४ मा देउखुरी क्षेत्रलाई मकैको सुपरजोन घोषणा गरिएको थियो । सोही कार्यक्रमअन्तर्गत एक हजार हेक्टर क्षेत्रफलमा हिउँदे मकै खेती हुँदै आएकामा यस वर्ष थप तीन सय...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter