२० चैत २०८२

समाचार

हेलम्बु राजमार्गको पुनःनिर्माण सुस्त

काभ्रेपलाञ्चोक, ६ पुस,, आपत्कालीन भूकम्पीय सहायता योजनाअन्र्तगत हेलम्बु राजमार्गको स्तरोन्नति एवं पक्की सडक बनाउने पुनःनिर्माण काममा सुस्तता देखिएको छ । काभ्रेपलाञ्चोकको पाँचखालस्थित जिरोकिलोदेखि सिन्धुपाल्चोकको मेलम्चीसम्म २३ किलोमिटर सडकमध्ये हालसम्म १६ किलोमिटर मात्रै स्तरोन्नति भएको हो । २०७४ कात्तिकबाट शुरु भएको योजना २०७६ कात्तिकमा सक्नुपर्ने सम्झौता छ । एशियाली विकास बैंकको...बाँकी अंश →


जलाधार क्षेत्रको व्यवस्थापन नीति विज्ञानमा आधारित हुनुपर्ने

विराटनगर, ६ पुस,, जलाधार क्षेत्रको व्यवस्थापन नीति विज्ञानमा आधारित हुनुपर्ने सहभागीले जोड दिएका छन् । वन तथा भू–संरक्षण विभागद्वारा आज यहाँ आयोजित सङ्घीय संरचनामा कोशी वृहत जलाधार व्यवस्थापनमा प्रयास र सम्भावना विषयक कार्यक्रममा सहभागीले जीवनको सभ्यता र संस्कृतिसँग जोडिने जलाधारलाई उचित व्यवस्थापन हुनु नै राष्ट्रका लागि फाइदाजनक हो भनेका छन्...बाँकी अंश →


घर फोर्ने सामान र चोरीका सामानसहित चार पक्राउ

काठमाडौँ, ६ पुस,, महानगरीय प्रहरी वृत्त महाराजगञ्जले चोरी कार्यमा संलग्न चारजनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले विहीबार दिउँसो चार बजेको समयमा पानीपोखरीमा चोरी गर्ने हातहतियार झोलामा राखेर हिँडेको अवस्थामा काभ्रेपलाञ्चोकका १६ वर्षीय प्रज्वल तामाङ, रामेछापका १५ वर्षीय अनिल तामाङ, मकवानपुरका १५ वर्षीय राजीव देउला र दोलखाका १६ वर्षीय निमा...बाँकी अंश →


बालिका बलात्कारका आरोपित पक्राउ

सप्तरी, ६ पुस,, पन्ध्र वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले हनुमाननगर कङ्कालिनी नगरपालिका– ४ मधवापुरका २० वर्षीय प्रवीणकुमार यादवलाई हिजो पक्राउ गरेको छ । आरोपितले गत मङ्सिर २५ गते गाउँघरबाटै पीडितलाई ललाइफकाइ अपहरण गरी सुनसरीको इटहरी पु¥याई बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी...बाँकी अंश →


जमीनमा महिलाको स्वामित्व बढ्यो

दाङ, ६ पुस,, कुनै समय थियो महिलाको नाममा जग्गा अर्थात सम्पत्ति राखिन्नथ्यो । महिलाको नाममा सम्पत्ति राखे उनीहरू दोस्रो विवाह गरेर जान सक्छन् र श्रीमान् तथा परिवारका अन्य अभिभावकलाई हेप्ने गर्दछन् भन्ने मान्यता थियो । महिलाको नाममा माइतीबाट प्राप्त भएको सम्पत्ति (पेवा) मात्र हुन्थ्यो । अझ अविवाहिता छोरीलाई त ‘उनीहरू...बाँकी अंश →


सबै स्थानीय तहमा बंैंकिङ सुविधा

बैतडी, ६ पुस,,  बैतडीका सबै स्थानीय तहमा बंैंकिङ सुविधा पुगेको छ । सरकारले देशका सबै स्थानीय तहमा बैंकका शाखा स्थापना गर्ने लक्ष्य अनुसार बैतडीमा पनि बंैंकिङ सुविधा पु¥याइएको हो । जिल्लाको सबैभन्दा विकट सिगास गाउँपालिकामा कृषि विकास बैंक, शिवनाथ गाउँपालिकामा नेपाल एसबिआई बैंक, पञ्चेश्वर गाउँपालिकामा नबिल बैंक, पुर्चौडी नगरपालिका र...बाँकी अंश →


ट्रम्पसँगको विवादपछि अमेरिकी रक्षामन्त्री म्याटिसको राजीनामा

वासिङटन, ६ पुस,,  अमेरिकी रक्षामन्त्री जीम म्याटिसले बिहीबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा इस्लामिक स्टेट परास्त भएको जनाउँदै त्यहाँबाट अमेरिकी फौज हटाउने घोषणा गरेको भोलिपल्टै रक्षामन्त्री म्याटिसले राजीनामा दिनुभएको हो । सिरियाबाट अमेरिकी फौज फिर्ता गर्ने अमेरिकी राष्ट्रपतिको घोषणाप्रति अमेरिकाभित्रै र अमेरिकी गठबन्धनका सबै मुलुकले...बाँकी अंश →


उपचारका क्रममा कैदीको मृत्यु

गौशाला, ६ पुस,,  महोत्तरी जिल्लाको जलेश्वर कारागारमा कैद भुक्तान गर्दै आएका एक कैदीको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ । धनुषा जिल्लाको साविक धनौजी गाविस–४ बस्ने अन्दाजी वर्ष ४० का रामनाथ मण्डल धानुकको मृत्यु भएको जेलर शोभेन्द्र ठाकुरले बताउनुभयो । धनुषा जिल्ला अदालतको आदेशानुसार २०७४ भदौ ५ गतेदेखि लागुऔषध...बाँकी अंश →


कर्मचारी भर्नापछि क्याम्पसमा विवाद

भीमदत्तनगर, ६ पुस,, कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा प्रक्रिया नपु¥याइ २७ जना कर्मचारी भर्ना गरिएको छ । विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रिन्सिपल डा भूपेन्द्र विष्टले एकलौटी रुपमा सातजना आशिंक शिक्षक प्रशासन र विभिन्न विभागका लागि भन्दै २० जना कर्मचारी दैनिक ज्यालादारीमा भर्ना गरेपछि विश्वविद्यालयमा तनाव भएको छ । मापदण्डको नाउँमा...बाँकी अंश →


शान्तिपूर्ण जनसङ्घर्षको अभियान फागुन ७ देखि

पोखरा, ६ पुस ,,  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दूराष्ट्र, राजसंस्था पुनःस्थापना र सङ्घीयता खारेजीको मागसहित आगामी फागुन ७ गतेदेखि पार्टीले शान्तिपूर्ण देशव्यापी जनसङ्घर्षको अभियान शुरु गर्ने बताउनुभएको छ । मिडिया नेपाल कास्की शाखाद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाटमा उहाँले पार्टीले गर्ने जनसङ्घर्ष कुनै धर्म, सरकार एवं पार्टीका विरुद्धमा...बाँकी अंश →


ट्याक्टर दुर्घटना एक जनाको मृत्यु

बलेवा, ६ पुस ,, बागलुङको वलेवामा बिहीबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका बागलुङको पञ्चकोटका ट्याक्टर चालक सुरेश विकको उपचारका लागि धौलागिरि अञ्चल अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । बागलुङ बजारदेखि कुश्मीशेरा जाँदै गरेको ना७त ११०५ नंको ट्याक्टर बानपा १२...बाँकी अंश →


चिकित्सकको लापरवाहीका कारण सुत्केरीको मृत्यु

लहान, ६ पुस,,  चिकित्सको लापरवाहीका कारण एक सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्त तथा स्थानीयवासीले सिरहाको लहानस्थित ओम गुरुकुल हेल्थ केयर प्रालि अगाडि बिहानैदेखि प्रदर्शन गरिरहेका छन् । स्थानीय हेल्थ केयर प्रालिमा कार्यरत चिकित्सकको लापरवाही र त्रुटीपूर्ण शल्यक्रियाका कारण मिर्चैया नगरपालिका–११ निवासी २१ वर्षीया सञ्जु पासवानको मृत्यु भएको भन्दै मृतकका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter