२० चैत २०८२

समाचार

दुर्घटनामा मृत्यु भएका २२को शव अस्पतालमा

दाङ, ७ पुस,,  तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा बिहिबार भएको बस दुर्घटनामा परी मृत्यु भएका २२ जनाको शव राप्ती अञ्चल अस्पतालमा ल्याइएको छ । मृतकमध्ये चार महिला र १८ पुरुष रहेको र सबै शव राति ३ बजेसम्म उक्त अस्पतालमा ल्याइसकिएकाले सनाखत पनि छिटै गरिने उहाँले बताउनुभयो । सो दुर्घटनामा परी अन्य १५...बाँकी अंश →


संसद् कानून निर्माणमा लागिरहेको छ.. अध्यक्ष तिमिल्सिना

काठमाडौँ, ६ पुस,,  राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँग नेपाल भ्रमणमा रहेको जापानको माथिल्लो सदनका सदस्यका बीचमा शिष्टाचार भेटघाट भएको छ । सङ्घीय संसद् सचिवालय सिंहदरबारमा आज भएको भेटघाटमा उहाँहरुबीच द्विपक्षीय हित तथा संसदीय गतिविधिलगायत विविध विषयमा कुराकानी भएको थियो । अध्यक्ष तिमिल्सिनाको सचिवालयद्वारा जारी विज्ञप्तिका अनुसार भेटघाटमा अध्यक्ष तिमिल्सिनाले नेपालले सङ्घ,...बाँकी अंश →


जापानको प्रतिरक्षा बजेटमा ठूलो वृद्धि

टोकियो, ६ पुस,, जापान सरकारले अर्को आर्थिक वर्षका लागि ४७ अर्ब डलरको प्रतिरक्षा बजेट सार्वजनिक गरेको छ । जापानको आधुनिक इतिहासमा यो सबैभन्दा ठूलो बजेट रकम हो । चीनको बढ्दो सैन्य शक्तिलाई ध्यान दिएर जापानले उन्नत क्षेप्यास्त्र प्रणाली र स्टील्थ लडाकू बिमान खरिद गर्न लागेपछि रक्षा बजेटमा वृद्धि भएको हो...बाँकी अंश →


मेक्सिको पर्खालको बजेट पारित नभए विशेषाधिकार – राष्ट्रपति ट्रम्प

वासिङटन, ६ पुस,,  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–मेक्सिको सीमामा पर्खाल निर्माणका लागि बजेट पारित नगर्ने हो भने आफूले कामचलाउ प्रयोजनका लागि उक्त विधेयकमा विशेषाधिकार प्रयोग गर्ने चेतावनी दिनुभएको छ । अमेरिकी माथिल्लो सदनले सीमा पर्खालका लागि प्रस्तावित पाँच अर्ब डलर बाहेक बाँकी बजेट मात्र पारित गरेपछि राष्ट्रपतिको यस्तो भनाइ सार्वजनिक...बाँकी अंश →


अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र बन्छ.. मुख्यमन्त्री राई

विराटनगर, ६ पुुुस,, प्रदेश नं। १ का मुख्यमन्त्री शेरधन राईले विराटनगरमा अन्तर्राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनी केन्द्र बनाउने बताउनु भएको छ । मोरङ व्यापार सङ्घ विराटनगरद्वारा आयोजित व्यापार मेला विराट ट्रेड एक्स्पो–२०१८ को आज उद्घाटन गर्दै उहाँले मोरङको औद्योगिक केरिडोरलाई उद्योग हव बनाउने पनि घोषणा गर्नुभयो । मुख्यमन्त्री राईले निजी क्षेत्रको लगानी...बाँकी अंश →


शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्रको पहिलो जीत

काठमाडौँ, ६ पुस,, शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबले सरस्वती युवा क्लबलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा मछिन्द्रले सरस्वतीमाथि ४–२ गोलअन्तरले विजयी हासिल गर्दै जारी लिगमा पहिलो जीत दर्ता गराएको हो । दश खेल खेलेको मछिन्द्रले लिगमा...बाँकी अंश →


स्वदेशी विद्युतीय सामग्री उपयोगमा पहिलो प्राथमिकता

काठमाडौँ, ६ पुस,, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्वदेशी उद्योगबाट उत्पादित विद्युतीय सामग्री उपयोगमा पहिलो प्राथमिकता दिने भएको छ । स्वदेशी उद्योगको संरक्षण तथा विद्युतीय सामग्री आयातलाई क्रमशः विस्थापन गर्ने नीतिअनुरूप सो कार्य गर्न शुरु गरिएको मन्त्रालयले जनाएको छ । वर्षेनी रु ९० अर्बभन्दा माथिको विद्युतीय सामग्रीको आयात हुने गर्दछ...बाँकी अंश →


नारायणी उपक्षेत्रीय अस्पताल बिरगंजमा व्यापक अनियमितता

प्रदेरन. २ को  बिरगंज महानगरपालिका अवस्थित  नारायणि उपक्षेत्रीय अस्पतालमा व्यापक रुपमा अनियमितता भएको मेडिकल बिधार्थि मो. रेहताज आलमले बताएका छन। उक्त अस्पतालमा दक्ष जनशक्ति चाहिएको बेला दक्ष व्यक्तिलाई नराखि ८ कक्षा र १० कक्षा मात्र उतिर्ण गरेकोहरुलाई तालिम दिई सेवा दिएको र दक्ष सेवा बाट जनता बन्िचत भएको हुदा मिति...बाँकी अंश →


पानीको स्रोतको खोजी शुरु

ललितपुर, ६ पुस,, वर्षाैदेखि रहेको खानेपानीको समस्या समाधानका लागि महालक्ष्मी नगरपालिकाले नगरपालिका र आसपासका नगरपालिकामा रहेका पानीको स्रोतको खोजी शुरु गरेको छ । खानेपानीको समस्या समाधानका लागि अल्पकालीन र दीर्घकालीन दुबै समाधानको खोजी भइरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्र रहेका स्रोतको परिचालन र सुधारलाई जोड दिइएको उपप्रमुख निर्मला थापाले बताउनुभयो...बाँकी अंश →


खानी दुर्घटनामा १३ जनाको मृत्यु

प्राग, ६ पुस,,,चेक रिपब्लीकको पूर्वी क्षेत्रमा रहेको एक कोइला खानीमा दुर्घटना हुँदा १३ जनाको खानी मजदूरको मृत्यु हुनुका साथै अरु १० जना घाइते भएका छन् । ओकेडी माइनिङ कम्पनीका प्रवक्ता इभो सेलेचोभ्स्कीले मारिएका १३ जनामा ११ जना पोल्यान्डका र दुई जना चेकोस्लोभाकियाका रहेको जानकारी दिनुभयो । उक्त दुर्घटना बिहीबार अपराह्न...बाँकी अंश →


जिल्लाबाट तीन सय खेलाडी छनोट

भीमदत्तनगर, ६ पुस,, जिल्लास्तरीय प्रतियोगितामा कञ्चनपुरबाट विभिन्न १६ वटा खेलका तीन सय खेलाडी छनोट भएका छन् । आगामी माघको अन्तिम सातादेखि प्रदेश नं ५ मा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि यहाँ जिल्ला छनोट सकिएको जिल्ला खेलकूद विकास समिति कञ्चनपुरले जनाएको छ । कवड्डी, भलिबल, बक्सिङ, भारोत्तलन, जुडो, तेक्वान्दो, फुटबल,...बाँकी अंश →


आन्तरिक एकता सुदृढको पक्षमा नेकपा नेताहरु

काठमाडौँ, ६ पुस,,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको तेस्रो बैठकमा राजनीतिक प्रतिवेदनमथिको छलफलमा हालसम्म ४१ जना स्थायी कमिटी सदस्यले विचार राखेका छन् । गत मङ्सिर २९ देखि शुरु भएको बैठक पार्टी केन्द्रीय कार्यालयमा आज बिहान ८ बजेदेखि करिब तीन घण्टा बसेको थियो । बैठकमा नेताहरु ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ,...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter