
काभ्रेपलाञ्चोक, ७ पुस,, काभ्रेपलाञ्चोकमा पछिल्लो समय धर्म प्रचारमा बालबालिकाकोे प्रयोग बढ्दै गएको पाइएको छ । विद्यालय उमेरका बालबालिकालाई बनेपा नपा–८ स्थित बेतानी चर्चले क्रिश्चियन धर्मको प्रचारमा प्रयोग गरेको हो । आधा दर्जन बालबालिका आज बिहान बजारका पसल तथा बाटो हिँडिरहेका व्यक्तिलाई क्रिश्चियन धर्मसम्बन्धी प्रचारका विभिन्न पुस्तक बाँड्दै हिँडेका देखिन्थे ।...बाँकी अंश →

इनरुवा, ७ पुस,, सुनसरी सदरमुकाम इनरुवामा आज खुम्बुवान मुक्तिमोर्चा (संयुक्त) ले नेपाल सरकारलाई आफूसँग रहेको हतियार बुझाएको छ । खुम्बुवान मुक्तिमोर्चा (संयुक्त) र नेपाल सरकारका वार्ता टोली संयोजक सोमप्रसाद पाण्डेबीच वार्ता सकारात्मक भएपछि सरकारका वार्ता टोली संयोजक पाण्डेलाई हतियार बुझाएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीमा मोर्चाका वार्ता टोली संयोजक...बाँकी अंश →

गलकोट, ७ पुस,, बागलुङ जिल्लाको पैयुँपाटा स्वास्थ्य केन्द्रलाईस्तर उन्नति गरी प्राथमिक अस्पताल निर्माण गर्नको लागि आवश्यक जग्गा खरीद गर्न उद्यमी चन्द्र ढकालले रु १० लाख सहयोग गर्नुभएको छ । केन्द्रले अस्पताल निर्माण गर्न थालेको सुविधा सम्पन्न तीन तले भवन निर्माणका लागि आवश्यक पर्ने सात रोपनी जग्गा खरीदका लागि सहयोग प्राप्त...बाँकी अंश →

तेह्रथुम, ७ पुस,, तेह्रथुमका सबै स्थानीय तहसम्म नियमित यातायात सेवा सञ्चालन भएको छ । दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तहका केन्द्रबाट पूर्वी तराईसम्म पुग्ने नियमित सवारी सेवा सञ्चालन हुन थालेको हो । हालै आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारबाट सदरमुकाम म्याङ्लुङ हुँदै धरानसम्म सीधा बस सेवा शुरु भएको...बाँकी अंश →

पर्सा, ७ पुस,, पर्साको ठोरी गाउँपालिकामा आज बिहान हात्तीको आक्रमणमा परी एक व्यक्तिको मृत्यु भएको छ । ठोरी गाउँपालिका–२ मा पर्ने फार लेन नजिकै हात्तीले आक्रमण गर्दा परिचय नखुलेका अन्दाजी ३५ वर्षीय व्यक्तिको मृत्यु भएको हो । ठोरी गाउँपालिकामा मागी हिँड्ने मानसिक सन्तुलन ठीक नभएका व्यक्तिको राष्ट्रिय वनजन्तु आरक्षभित्र हात्ती...बाँकी अंश →

बाँके, ७ पुस,, कोहलपुरमा चोरीका घटना बढ्न थालेपछि प्रहरीले ‘रातभरि थुन्ने अभियान’ शुरु गरेको छ । राति १० बजेपछि अत्यावश्यक कामबाहेक त्यसै हिँड्नेलाई रातभर थुन्ने गरिएको कोहलपुर प्रहरीले जनाएको छ । “लागुपदार्थ प्रयोगकर्ता, लामो कपाल पालेका व्यक्ति राति भेटिए थुन्ने गरेका छौँ”, कोहलपुर इलाका प्रहरी कार्यालयका प्रवक्ता मानबहादुर विसीले भन्नुभयो,...बाँकी अंश →

डोटी, ७ पुस काठमाडाँैमा घर भएका सांसदले घर भाडावापत लिएको रकम फिर्ता गरिरहेका बेला सुदूरपश्चिम प्रदेशका सांसदले भने घरभाडा लिइरहेको पाइएको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको कैलालीमै घर भएका प्रदेश सांसदले घर भाडावापतको रकम लिइरहेको पाइएको हो । प्रदेशस्थित संसद् सचिवालयका अनुसार कैलालीमा घर भएका ११ सांसदले कैलालीमा...बाँकी अंश →

गलेश्वर, ७ पुस,, घाँटीमा क्यान्सर भएर मृत्यु भएका म्याग्दी रघुगङ्गा गाउँपालिका–६ पाखापानीका धनमान पुर्जाको परिवारलाई बेलायतबाट रु तीन लाख ४१ हजारसहयोग प्राप्त भएको छ । घरको आर्थिक अवस्था कमजोर रहेका स्व पुर्जाको परिवारको पालनपोषण र शिक्षाका लागि युके–पाखापानी समाजका अध्यक्ष कूलबहादुर शेरपुञ्जाबाट रु दुई लाख र बेलायतमा रहेका नेपालीबाट एक...बाँकी अंश →

उधौलीको शुभकामना–मुख्यमन्त्री राई विराटनगर, ७ पुस,, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथ दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । किराँत समुदायको महान्पर्व उधौली (साकेला, साकेन्वा, चासोक तङनाम, चासुवार फोलस्याँदर) २०७५ को उपलक्ष्यमा आज शुभकामना व्यक्त गर्दै उहाँले उधौलीजस्ता...बाँकी अंश →

गौशाला, ७ पुस,, महोत्तरी प्रहरीले शुक्रबार चोरीका सामानसहित चार जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार गौशाला नगरपालिका–१ स्थित दिनेश मोबाइल रिपेरिङ सेन्टरमा चोरी गरेको आरोपमा स्थानीयवासी रामवीर महतोका छोरा २० वर्षीय दिलीप महतोलाई पक्राउ गरिएको हो । पक्राऊ परेका महतोको साथबाट प्रहरीले चोरीका एसर...बाँकी अंश →

बैतडी, ७ पुस,, स्थानीय तहमा जनप्रतिनिधि आएको एक वर्ष बढी भइसक्दा पनि बैतडीका करीब दुई दर्जन वडा कार्यालय सडकविहीन छन् ।चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तहका ८४ वडामध्ये २२ वडा अझै पनि सडकविहीन रहेका र दुई स्थानीय तहका केन्द्रमा समेत सडक पुगेको छैन । सिगास गाउँपालिका र...बाँकी अंश →

मेलम्ची, ७ पुस,, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मेलम्चीमा सात वर्षका बालक मृत फेला परेका छन् । शुक्रबार साँझ ६ः३० बजेको समयमा मेलम्ची नगरपालिकाका टङ्कप्रसाद दुलालको घरमा डेरा गरी बसेका सिन्धुली तीनपाटन गाउँपालिका–२ का दीपक मगरका छोरा उमेशको सोही घरको अर्को कोठामा बस्ने एक महिलाको बन्द कोठामा मृत भेटिएको हो । बालकको...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: