२१ चैत २०८२

समाचार

दाङ बस दुर्घटना : छानबिन गर्न समिति गठन

लमही, ८ पुस,,  दाङको राम्रीमा भएको बस दुर्घटनाका विषयमा छानबिन गर्न समिति गठन गरिएको छ । प्रदेश नं–५ का वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर खत्रीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो । समितिको सदस्यमा प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गणेशचन्द, प्रहरी नायब उपरीक्षक पुष्प मल्ल, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब...बाँकी अंश →


शहीद स्मारक फुटबल : एपिएफले आर्मीलाई हरायो

काठमाडौँ, ८ पुस,,  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितअन्र्गत आज भएको पहिलो खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)ले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दशौँचरणको खेलमा एपिएफले आर्मीलाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । एपिएफको जितमा आशिष लामाले दुबै गोल...बाँकी अंश →


ताल पुनः भरणले पर्यटक आर्कषण बढ्दै

कञ्चनपुर, ८ पुस,, भीमदत्त नगरपालिकाले धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न गत आर्थिक वर्षमा बाराकुण्डाका १२ तालमा जल पुनः भरण गरेपछि आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ । संरक्षण अभावमा पुरिँदै गएका तालमा राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समितिसँग सहकार्य गरी सरसफाइ पछि जल पुनःभरण गरिएको छ । जल पुनःभरण पछि...बाँकी अंश →


‘डिजिटल प्रविधिले बैङ्किङ क्षेत्रमा सहजता’

काठमाडौँ, ८ पुस,,  नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले डिजिटल प्रविधिको विकाससँगै बैङ्किङ क्षेत्रलाई सहज बनाएको बताउनुभएको छ । बैङ्किङ, फाइनान्स एण्ड इन्सुरेन्स अफ नेपालले आज यहाँ आयोजना गरेको डिजिटल प्रविधिले मानव जीवनमा ल्याएको परिवर्तन विषयक कार्यक्रममा उहाँले डिजिटल प्रविधिलाई प्रभावकारी ढङ्गबाट प्रयोग गर्न सके बैङ्किङ क्षेत्रको आर्थिक उन्नतिमा...बाँकी अंश →


इन्डोनेसियामा सुनामीबाट मुत्यु हुनेको सङ्ख्या १६८

जकार्ता, ८ पुस,, mइन्डोनेसियामा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान जाने व्यक्तिको सङ्ख्या १६८ पुगेको छ । इन्डोनेसियाका सुन्दा स्ट्रेटमा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको भीषण रुपमा आएको सुनामीको कारण आइतबार बिहानसम्म १६८ व्यक्तिको मृत्यु हुनको साथै ३० सर्वसाधारण वेपत्ता भएका इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागले...बाँकी अंश →


घरवास सञ्चालनका लागि तालीम

कञ्चनपुर, ८ पुस,, निकट भविश्यमा शुक्लाफाँटा नगरपालिका–३ जोनापुरमा सञ्चालन हुन लागेको घरवास (होमस्टे) को पर्यटन विकासका लागि आजदेखि चारदिने आधारभूत तालीम सञ्चालन गरिएको छ । खयरकन्द्रा सामुदायिक घरवासमा आबद्धलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तारागाउँ विकास समिति ताहाचल, काठमाडौँले तालीम दिन थालेको हो । सोेमा आबद्ध समुदायलाई सैद्धान्तिक र...बाँकी अंश →


दिलकुमार बने सफल व्यावसायिक किसान

तेह्रथुम, ८ पुस,, पूर्वी नेपालका लिम्बू समुदायका धेरै युवामा रोजगारीका लागि भारत, सिङ्गापुर र बेलायती सेनामा जागिर खाने र लाहुरे बन्ने सोख हुन्छ। । यो समुदायका लागि सेनामा जागिर खानु इज्जतकै रुपमा पनि लिइने भएकाले पनि धेरैको यस्तै सपना हुन्छ । कतिपयले त्यो सपना पूरा गर्छन् तर धेरैको अधुरै पनि...बाँकी अंश →


क्यानाडाली प्रधानमन्त्री मालीमा

ओटावा, ८ पुस,,  क्यानाडेली प्रधानमन्त्री जस्टिन ट्र्युडे माली पुगेर त्यहाँ संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत क्यानाडेली सैनिकसँग भेट तथा परामर्श गर्नुभएको छ । उहाँ शनिबार माली पुग्नुभएको बताइएको छ । माली पुगेर उहाँले त्यहाँ शान्ति मिसनमा खटिरहेका क्यानाडाली सैनिक कार्यरत क्षेत्रमा गई आफ्ना सैनिकसँग वार्ता तथा परामर्श गर्नुभएको थियो ।...बाँकी अंश →


इन्डोनेसियामा सुनामीबाट मुत्यु हुनेको सङ्ख्या ६२ पुग्यो, कैयौँ व्यक्ति बेपत्ता

जकार्ता, ८ पुस,, इन्डोनेसियामा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान जाने व्यक्तिको सङ्ख्या ६२ पुगेको समाचार छ । आइतबार बिहान इन्डोनेसियाको समुद्रीतटमा आएको सुनामीका कारण धेरै नागरिकको ज्यान गएको बताइएको छ । सो सुनामीका कारण कम्तीमा पनि ६२ जनाको मृत्यु भएको इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागले जानकारी दिएको...बाँकी अंश →


एघार वर्षपछि नवदुर्गा नाच प्रदर्शन शुरु

भक्तपुर, ८ पुस,, मध्यपुरथिमि नगरपालिकामा ११ वर्षदेखि बन्द भएको नवदुर्गा नाच प्रदर्शन यस वर्षदेखि शुरु भएको छ । भक्तपुरको धार्मिक र सांस्कृतिक महत्व बोकेको नवदुर्गा नाच प्रदर्शन मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको पहलमा ११ वर्षपछि यस वर्षबाट शुरु भएको हो । दश वर्षअघि मध्यपुरका केही स्थानीयवासीले मदिरा सेवन गरी देवगणमाथि...बाँकी अंश →


छैटौँ ढाकाटोपी दिवस भव्य रुपमा मनाइने

काठमाडौँ, ८ पुस,, जागरुक युवा अभियान नेपालले छैटौँ नेपाली टोपी दिवस भव्य रुपमा मनाउने भएको छ । अभियानले आज विज्ञप्ति जारी गरी सदाझै यसवर्ष पनि नेपाली टोपी दिवस ‘नेपाली टोपी हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका साथ मनाउन लागिएको जनाएको छ । सदियौंदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी...बाँकी अंश →


नेकपा बैठक.. राजनीतिक प्रतिवेदनमाथिको छलफल सकियो

काठमाडौँ, ८ पुस,, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)को स्थायी समितिको जारी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी आज बिहानको बैठकमा नेता प्रदीप ज्ञवालीले प्रतिवेदनका विषयमा आफ्ना भनाइ राखेपछि अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएको नेकपाका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter