२१ चैत २०८२

समाचार

नगर वन व्यवस्थित गरिँदै

चितवन, १० पुस,, जिल्लाको प्रमुख शहर नारायणगढ बजार नजिकै रहेको बिपी शान्तिनगर वनलाई भरतपुर महानगरपालिकाले आकर्षक पार्कका रुपमा विकास गर्ने भएको छ । नारायणी नदीको बीचमा टापुका रुपमा रहेको नगरवन ११२ बिघा क्षेत्रफलमा फैलिएको छ । सिसौ, टिक, खयर, बाँस, बेद, सिमल, इपिलइपिलको रुख र झाडीले ढाकेको टापुको बीचमा बिपीको...बाँकी अंश →


ट्याक्सी सञ्चालनसम्बन्धी मापदण्ड आउँदै

काठमाडौँ, ९ पुस,,  ट्याक्सी सञ्चालनसम्बन्धी स्पष्ट मापदण्ड नहुँदा दुई दशकअघिदेखि नयाँ ट्याक्सी दर्ता खुला हुन सकेको छैन । विसं २०५७ जेठ १७ गते ट्याक्सीमा एकाधिकार (सिन्डिकेट) लाद्न चाहने व्यवसायीको दबाबमा नयाँ ट्याक्सी आयात एवं दर्तामा रोक लागेको थियो । त्यसबेला नेपालभरका ट्याक्सीको सङ्ख्या सात हजार ५०० थियो । हाल घटेर...बाँकी अंश →


पाँच किलो चरेशसहित एक महिला पक्राउ

रोल्पा, ९ पुस,, रोल्पा प्रहरीले पाँच किलो चरेश बरामद गरेको छ । सुनछहरि गाउँपालिका फुलिवनबाट सुलिचौर आउँदै गरेको रा१ज ६८९ नम्बरको जिप जाँच गर्ने क्रममा लुकाइछिपाइ जिपबाट ढुवानी गर्न लागिएको उक्त चरेश बरामद गरिएको हो । चरेशसँगै रोल्पा थबाङ गाउँपालिका– ५ उवाकी ५५ वर्षीया वरमाया पुनलाई प्रहरीले पक्राउ गरी नुसन्धान...बाँकी अंश →


सबै तह खुला दिसामुक्त

काभे्रपलाञ्चोक, ९ पुस,,  जिल्लाका सबै स्थानीय तहलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । छ नगरपालिका र सात गाउँपालिकामध्ये बाँकी बनेपा नगरपालिकालाई आज खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो । सबै स्थानीय तहलाई खुला दिशामुक्त क्षेत्र घोषणा गरिएपछि जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषणाको...बाँकी अंश →


नेपाल २० स्वर्णसहित च्याम्पियन

काठमाडाँैँ, ९ पुस,, भारतको मुम्बइमा यही ७ र ८ गते सम्पन्न एशिया कप चौथो अन्तर्राष्ट्रिय कराँते च्याम्पियनशीपमा नेपाल च्याम्पियन बनेको छ । प्रतियोगितामा नेपाल खेलकूद विज्ञान प्रतिष्ठानको टोली काता र कुमेततर्फ गरी २० स्वर्ण र दुई रजत हात पार्दै टिम च्याम्पियन बन्न सफल भएको नेपाल खेलकूद विज्ञान प्रतिष्ठानका निर्देशक नवीन...बाँकी अंश →


महिला हिंसाका घटना नियन्त्रणमा सक्रिय हुन निर्देशन

काठमाडौँ, ९ पुस,,  सङ्घीय संसद्, प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले महिला हिंसाका घटना नियन्त्रणमा सक्रिय हुन राष्ट्रिय महिला आयोगलाई निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिको सभाकक्षमा आज बसेको समितिको बैठकले महिला हिंसाका घटना नियन्त्रण गर्न पहिलेदेखि नै प्रयास भएता पनि पछिल्लो समय झन बढ्दै गएकाले आफ्नो सक्रियता बढाउन आयोगलाई निर्देशन...बाँकी अंश →


वडा सचिव घुससहित पक्राउ

खस्यौली, ९ पुस,, अख्यितार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले आज यहाँ घुससहित वडा सचिवलाई पक्राउ गरेको छ । बुटवल उप महानगरपालिका– १३ का वडा सचिव भरतकुमार काउचालाई रु पाँच हजारसहित आयोगको अनुसन्धान टोलीले नियन्त्रणमा लिएको हो । सो सम्बन्धि अनुसन्धान भइरहेको आयोगका प्रमुख रवी पन्थले जानकारी दिनुभयो । पक्राउ परेका...बाँकी अंश →


‘पिसाबलाई हिसाबमा रुपान्तरण’ अभियान

गलेश्वर, ९ पुस,, मङ्गला गाउँपालिकाले प्राङ्गारिक मललाई प्रोत्साहन दिई व्यावसायिक रुपमा कृषकलाई प्राङ्गारिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले ‘पिसाबलाई हिसाबमा रुपान्तरण’ अभियान सञ्चालन गरेको छ । गाउँपालिकालाई प्राङ्गारिक खेतीको केन्द्र बनाउन गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयका शौचालयको पिसाब सङ्कलन गरी आइतबारदेखि विद्यालयस्तरमा नै ‘पिसाबलाई हिसाबमा रुपान्तरण’ अभियान थालिएको हो । सो गाउँपालिकाको वडा...बाँकी अंश →


विवादास्पद सैनिक फिर्ती आदेशमा हस्ताक्षर

वासिङटन, ९ पुस,,  सिरियाबाट अमेरिकी फौज फिर्ता गर्ने आदेशमा हस्ताक्षर भइसकेको अमेरिकी सैनिक अधिकारीहरुले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टर्कीका राष्ट्रपति रिसेप तयिप एर्डोगानबीच सैनिक रिक्तता हुन नदिने सहमति भएसँगै उक्त आदेशमा हस्ताक्षर भएको हो । गृहयुद्धबाट तहसनहस भएको सिरियाबाट एकाएक अमेरिकी फौज फिर्ता लैजाने अमेरिकी राष्ट्रपतिको...बाँकी अंश →


इन्डोनेसियामा सुनामीबाट मुत्यु हुनेको सङ्ख्या २८१

कारिता, इन्डोनेसिया, ९ पुस,, इन्डोनेसियामा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २८१ पुगेको छ । ज्वालामुखी विस्फोटपछि भीषण रुपमा आएको सामूद्रिक छालका कारण ठूलो जनधनको क्षति भएको विवरण प्राप्त भएको छ । इन्डोनेसियाका सुण्डा स्त्राइटको तटीय क्षेत्रमा स्थानीय समयानुसार शनिबार राति ९ः३० मा भएको...बाँकी अंश →


संविधानअनुसार विधान बनाउने पहिलो पार्टी काङ्ग्रेस

काठमाडौँ, ९ पुस,, नेपाली काङ्ग्रेस संविधानमा व्यवस्था भएको सङ्घीयता र समावेशीतालाई पार्टी विधानमा व्यवस्था गर्ने पहिलो पार्टी बनेको छ । काङ्ग्रेसको गत मङ्सिर २८ देखि यही पुस ८ गतेसम्म काठमाडौँमा भएको महासमिति बैठकले संविधानको सङ्घीयता र समावेशी व्यवस्थालाई पार्टीमा लागू गर्न पहिलोपटक विधान परिमार्जन गरेको छ । महामन्त्री पूर्णबहादुर खड्काद्वारा...बाँकी अंश →


सप्तरीमा पनि राष्ट्रिय परिचयपत्र वितरण गरिने

राजविराज, ९ पुस,,  अगामी तीन महीनामा सप्तरीमा पनि राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहका जनप्रतिनिधिसँग राजविराजमा आइतबार गरेको अन्तक्र्रियामा विभागका निर्देशक चोमेन्द्र न्यौपानेले प्रदेश नं २ को सप्तरी र महोत्तरीसहित देशको १५ वटा जिल्लामा व्यक्तिगत विवरणसहितको चिप्स कार्ड अर्थात् राष्ट्रिय परिचयपत्र वितरण...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter