२१ चैत २०८२

समाचार

समितिको कार्यविधि परिमार्जनसहित पारित

काठमाडौँ, १० पुस,,  राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले आफ्नो कार्यविधि पारित गर्ने निर्णय गरेको छ । समितिको आजको बैठकले छलफलमा उठेका विषयलाई समावेश गरी परिमार्जनसहित पारित गर्ने निर्णय गरेको हो । समितिका सभापति निरादेवी जैरुको अध्यक्षतामा बसेको उक्त बैठकमा सदस्य भीम रावल, डा मीनेन्द्र...बाँकी अंश →


गरीब र पछौटे भएपछि अन्तर्राष्ट्रियस्तरमा हेपिन्छ : अध्यक्ष दाहाल

चितवन, १० पुष,,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गरीब र पछौटे भएपछि अन्तर्राष्ट्रियस्तरमा हेपिने बताउनुभएको छ । भरतपुर महानगरपालिका–२७ मा रहेको जानकी माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको आज उद्घाटन गर्दै उहाँले सजिलै हुने काममा पनि समस्या पार्ने गरेको बताउनुभयो । चितवनबाट नवलपरासी जोड्ने गोलाघाट पुल बन्न...बाँकी अंश →


चीनमा अपहरणमा परेको बसले पैदलयात्रीलाई ठक्कर, पाँचको मृत्यु २१ घाइते

बेइजिङ, चीन, १० पुस,, चीनको पूर्वी क्षेत्र फुजियान प्रान्तमा मङ्गलबार एक व्यक्तिले गाडीको चालकलाई चक्कू देखाई गाडी अपहरण गर्न खोज्दा भएको बस दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । घटनामा २१ जना घाइते भएका छन् । चक्कूधारी व्यक्तिले बसलाई अपहरण गरेर लाने क्रममा स्थानीय समय अनुसार दिउसो ३ बजेर...बाँकी अंश →


कोटेश्वर कलङ्की सडक मर्मत अवधि शुरु

ललितपुर, १० पुस,,  कोटेश्वर कलङ्की सडकखण्ड निर्माण सकिएपछि आगामी एक वर्षसम्म मर्मतका लागि चिनियाँ कम्पनी सङ्घाई निर्माण सेवा समूहको मर्मत गर्नुपर्ने अवधि शुरु भएको छ । उक्त सडक निर्माणको ठेक्का पाएकोे सो कम्पनीको यही पुस १ गतेदेखि मर्मत अवधि शुरु भएको सडक निर्माणमा समन्वय गरिरहेको काठमाडौँ चक्रपथ सुधार योजनाले बताएको...बाँकी अंश →


सरकारलाई कसैको रोकतोक छैन.. नेता पौडेल

काभ्रेपलाञ्चोक, १० पुस,, नेपाल काङ्गे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारलाई कसैको रोकतोक नभएको बताउनुभएको छ । अरनिको मिडिया नेटवर्कद्वारा सञ्चालित रेडियो अरनिको र अरनिको खबर डटकम अनलाइनको आज बनेपामा शुभारम्भ गर्दै वरिष्ठ नेता पौडेलले कसैको विरोध वा रोकतोक नहुँदा सरकारले जुन रफ्तारमा फड्को मार्नुपर्ने त्यसो हुन नसकेको बताउनुभयो ।...बाँकी अंश →


‘साठी प्रतिशत जनताको बैंकसम्म पहुँच छैन’

काठमाडौँ, १० पुस,,  नेपाल राष्ट्र बैंकले चालू आवको अन्त्यसम्ममा ७५३ वटै स्थानीय तहका सदरमुकामसम्म कम्तीमा एकवटा वाणिज्य बैंक पुग्ने जनाएको छ । सबै स्थानीय निकायमा वित्तीय पहुँच तथा साक्षरता पु¥याउने नीतिअनुरुप हाल ६८७ स्थानीय निकायमा वित्तीय पहुँच पुगेको जनाएको छ । सोही बैंकमार्फत् सरकारको आफ्नो सञ्चित कोष सञ्चालन गरेको छ...बाँकी अंश →


भारतबाट ४० नेपाली महिलाको उद्धार

काठमाडौँ, १० पुस,, गैरकानूनी रुपमा वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक जान हिँडेका ४० नेपाली महिलालाई भारतका विभिन्न स्थानबाट उद्धार गरी नेपाल फर्काइएको छ । दलाल र साथीभाइको प्रलोभनमा राम्रो आय हुने कामको खोजीमा तेस्रो देश जाने तयारीमा रहेको उहाँहरु झण्डै एक महीनादेखि भारतीय प्रहरीकोे नियन्त्रणमा हुनुहुन्थ्यो । नयाँ दिल्लीस्थित नेपाली...बाँकी अंश →


पूर्व मंत्री मिश्र को नेतृत्व मा कपिलवस्तु को विकास का लागि भारतीय राजदूत संग भेट वार्ता

कपिलवस्तु/संवाददाता पुस ९ कपिलवस्तु को सम्पूर्ण विकास र खास गरि क्षेत्र नं ३ समग्र विकास का लागि भारतीय राजदूत मुनजीव सिंह पुरी संग भेट वार्ता गरिएको छ। विकास प्रेमी  नेता पूर्व मंत्री ईश्वर दयाल मिश्र को नेतृत्व मा पूर्व स्थानीय विकास अधिकारी चिरंजीवी भण्डारी विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापा र...बाँकी अंश →


हवाई कारबाहीमा आठ तालिबान लडाकू मारिए

पुल इ अलाम, अफगानिस्तान, १० पुस,, अफगानिस्तानको पूर्वी प्रान्त लोगारमा सोमबार तालिबान लडाकू लुकेर बसेका इलाकालक्षित अफगान सुरक्षाबलले गरेको हवाई कारबाहीमा कम्तीमा आठ लडाकू मारिएका छन् । लोगारको आघा जिल्लामा भएको यस कारबाहीको प्रान्तीय प्रवक्ता शाहपोर अहमादजाईले पुष्टि गर्नु भएको छ । सो कारबाहीमा आठ लडाकू मारिनुको साथै अन्य कैयौ...बाँकी अंश →


हेलिकप्टर दुर्घटनामा मेक्सिकोका गभर्नर, सिनेटर मारिए

पुब्ला, मेक्सिको, १० पुस,, मेक्सिकोमा सोमबार हेलिकप्टर दुर्घटना हुँदा पुब्ला राज्यका गभर्नर र उहाँका श्रीमान्, एकजना सिनेटरको मृत्यु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उक्त दुर्घटनामा सिनेटर राफेल मोरेनो भाल्ले एवं उहाँकी पत्नी र गभर्नर मार्था एरिका अलोन्सोको मृत्यु भएको हो । मेक्सिकोका राष्ट्रपति मानुएल लोपेज ओब्राडोरले ट्वीट गर्दै गहिरो...बाँकी अंश →


चितवन महोत्सव पुस २५ देखि

चितवन, १० पुस,, उद्योग वाणिज्य सङ्घ चितवनको अगुवाइमा हुने चितवन महोत्सव आगामी पुस २५ गतेबाट शुरु हुने भएको छ । सङ्घले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवका बारेमा जानकारी दिएको हो । नारायणी नदी किनारमा १२ औँ संस्करणका रुपमा महोत्सव आयोजना गर्न लागिएको मूल आयोजक समितिका संयोजक सहनलाल प्रधानले...बाँकी अंश →


नेपालसँग व्यापारिक सम्बन्ध बढाउने तत्परता

काठमाडौँ, १० पुस,, भारत, उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले शताब्दीऔँ पुरानो नेपाल र भारतबीचको सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई व्यापारिक सम्बन्धमा रूपान्तरण गर्न आफूले सक्दो सहयोग गर्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा नेतृत्वको १९ सदस्यीय उद्यमी–व्यवसायी सम्मिलित प्रतिनिधिमण्डलसँग सोमबार लखनउमा भएको भेटवार्तामा उहाँले सहयोगको आश्वासन दिनुभएको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter