२१ चैत २०८२

समाचार

यौन प्रजननबारे खुलेरै कुरा गर्छन् रोल्पाका किशोरी

रोल्पा, ११ पुस,, विद्यालय र स्वास्थ्यचौकी किशोरीमैत्री भएपछि रोल्पाका किशोरी यौन तथा प्रजनन स्वास्थ्यकाबारे खुलेरै कुरा गर्न थालेका छन् । यौन तथा प्रजनन स्वास्थ्यका बारेमा पाठ्यक्रममा समावेश विषयवस्तु समेत पठनपाठन गर्न लजाउने शिक्षक तथा विद्यार्थी अहिले भने धक नमानेरै खुला बहस गर्ने गर्दछन् । पाठ्यक्रममा समावेश यौन तथा प्रजनन स्वास्थ्य...बाँकी अंश →


माछासँगै बग्यो माझीको रोजीरोटी

तेह्रथुम, ११ पुस,,  तीन वर्ष पहिले तमोरमा आएको बाढीले खोलामा पाइने माछा सखाप पारेपछि माछा मारेर जीविकोपार्जन गर्दै आएका तमोर किनारका माझी विचल्लीमा परेका छन् । ताप्लेजुङका उत्तरी गाउँमा खसेको पहिरोसँगै आएको बाढीले तमोर नदीमा रहेका धेरै माछा बगाएपछि माझीको रोजीरोटी नै खोसिएको छ । तेह्रथुम र पाँचथरका माझीटार, नक्कलेघाट,...बाँकी अंश →


त्रिसठ्ठी जनालाई न्यानो कपडा वितरण

बाजुरा, ११ पुस,,  जिल्लामा मौसम परिवर्तन भएसँगै चिसो बढ्दै गएको छ । चिसोबाट बच्नका लागि बाजुराको बडीमालिका नगरपालिका–७ मा मङ्गलबार एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरिएको बडीमालिका नगरपालिका–७ का वडाध्यक्ष धर्मराज पाध्यायले बताउनुभएको छ । नगरपालिकाको उक्तमा रहेका आठ टोलका ४० वृद्धवृद्धालाई कम्मल, वितरण गरिएको छ भने यसैगरी सोही...बाँकी अंश →


यमनी युद्धविराम पश्चात् १० जना सरकारी सेना मारिए

दुबई, ११ पुस,, संयुक्त राष्ट्रसङ्घको अगुवाईमा भएको यमन युद्धविराम पश्चात् पनि १० जना सरकारी सेना मारिएको र एकसय ४३ जना घाइते भएको साउदी गठबन्धनका एकजना वरिष्ट अधिकारीले बताएका छन् । डिसेम्बर १८ मा यमनको होडेडालाई लक्षित गरी युद्धबिराम लागू भएयता सरकारी पक्षका सेना मारिएको खबर पहिलोपटक सार्वजनिक भएको हो ।...बाँकी अंश →


दुई हजार थान हतियार खरिद

वासिङटन, ११ पुस,,  संयुक्तराज्य अमेरिकाको बाल्टिमोर प्रहरीले रकेट लन्चर समेतका झण्डै दुई हजार थान हातहतियार जनतासँग खरिद गरेको छ । अमेरिकाको पूर्वी क्षेत्रमा रहेको बाल्टिमोर नगरमा हिंसात्मक घटनाहरु बढ्दै गएपछि प्रहरीले आमजनतासँग रहेका त्यस्ता हातहतियार किनेर फिर्ता लिएको हो । गत साता सञ्चालित तीन दिने अभियानका क्रममा गैरकानुनी समेतका हातहतियार...बाँकी अंश →


दाइजो विरुद्ध को १० दिने अभियान कपिलवस्तु मा

कपिलवस्तु/संवाददाता पुस १० देशव्यापी रुपमा मनाईदै आएको दाईजो विरुद्धको अभियान जिल्ला कपिलबस्तुको महराजगंज नगरपालिका को मुजहना गाउमा ईस्लामी संघ नेपालको अयोजनामा एक कार्यक्रमका बीच दाईजो बिरुद्धको अभियान सम्पन्न भएको छ। उक्त कार्यक्रमको सभापति हाजी ईलीयास फलाही प्रमुख अतिथी महराजगंज नगरपालिका का मेयर अब्दुल कलाम खान  मुख्य अतिथि शिवराज नगरपालिका का...बाँकी अंश →


तातोपानी कुण्डलाई भाडामा दिन प्रस्ताव

म्याग्दी, ११ पुस,,   प्राकृतिक उपचारस्थलको रूपमा परिचित बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्ड सञ्चालनका लागि निजी क्षेत्रलाई भाडामा दिन प्रस्ताव आएको छ । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)ले बेनी नगरपालिका र सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिलाई कुण्ड सञ्चालनका लागि निजी क्षेत्रलाई भाडामा दिन प्रस्ताव गरेको हो । नगरपालिकाको कार्यालयमा मङ्गलबार आयोजित...बाँकी अंश →


संसदको हिउँदे अधिवेशन आजदेखि

काठमाडौँ, ११ पुस,, सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को तेस्रो अधिवेशन आजदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे प्रारम्भ हुने गरी सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो । संसद्को हिउँदे अधिवेशनका रुपमा रहने यो अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा लिने गरिन्छ । संसद्को...बाँकी अंश →


माओको योगदान अविस्मरणीय – अध्यक्ष दाहाल

काठमाडौँ, ११ पुस,,  नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चिनियाँ जनक्रान्तिका नेता माओत्से तुङको जन्मजयन्तीको अवसरमा एक शुभकामना सन्देश दिँदै श्रमजीवी जनताका लागि माओको योगदान अविस्मरणीय रहेको बताउनुभएको छ । उहाँले आज एक शुभकामना सन्देशमार्फत महान् नेता माओले अर्धसामन्ती तथा अर्धऔपनिवेशिक राष्ट्र चीनलाई दीर्घकालीन जनयुद्धमार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न...बाँकी अंश →


अवैध मदिरा र लागुपदार्थविरुद्धको अभियानमा प्रहरी

बर्दिवास, ११ पुस,, आपराधिक गतिविधिका बढी जसो घटनामा मदिरा र लागुपदार्थ दुव्र्यसनको लत लागेका व्यक्ति संलग्न हुने गरेका निष्कर्षसहित यसविरुद्ध अभियान थालेको प्रहरीले लागुपदार्थका कारोवारी र दुव्र्यसनीको खोजसँगै महोत्तरी जिल्लामा मदिरा भट्टी नष्ट गर्ने अभियान सञ्चालन गरेको छ । चोरी, डकैती, लुटपाट, हुलहुज्जत र बलात्कारसम्मका गम्भीर अपराधका बढीजसो घटनामा लागुपदार्थ...बाँकी अंश →


सिसीटिभी जडानको अनुमति नलिए कारवाही गरिने

बैतडी, ११ पुस,, जिल्ला प्रशासन कार्यालय बैतडीबाट हालसम्म एक जनाले मात्रै सिसीटिभी जडानको अनुमति लिएका छन् । गोठलापानी बजारस्थित उदीप ट्रेडर्स एण्ड सप्लायर्सले मात्रै सिसीटिभी जडानको लागि अनुमति लिएको जिल्ला प्रशासन कार्यालय बैतडीका कम्प्युटर अपरेटर सुरेन्द्र भट्टले जानकारी दिनुभयो । कार्यालयले यसअघि गएको मङ्सिरमा अनुमति नलिएर सिसीटिभी जडान गरेकालाई ३५...बाँकी अंश →


राष्ट्रिय हकी टिम सम्मानित

भीमदत्तनगर, ११ पुस,,  अन्तर्राष्ट्रिय हक्की प्रतियोगितामा कास्य पदक जितेर फर्किएको हकीको राष्ट्रिय टिमलाई मङ्गलबार कञ्चनपुरको भीमदत्तनगरमा सम्मान गरिएको छ । हालै पाकिस्तानको लाहोरमा सम्पन्न हकी प्रतियोगितामा ऐतिहासिक जित निकाल्दै भारतहुँदै भीमदत्तनगर आइपुगेको टिमलाई जिल्ला खेलकूद विकास समिति, जिल्ला हकी सङ्घ र यहाँका प्रशिक्षक तथा खेलाडीले अबिरमालासहित सम्मान गरेका हुन् ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter