२१ चैत २०८२

समाचार

सवारी चालकको निःशुल्क स्वास्थ्य परीक्षण

दाङ, ११ पुस,,  सवारी दुर्घटना मानवीय कमजोरीले हुने गरेको भन्दै प्रदेश नम्बर ५ को प्रहरीले दुर्घटना न्यूनीकरण गर्न सवारी चालकलाई निःशुल्क स्वास्थ्य जाँच शिविर शुरु गरेको छ । लमही राजमार्गमा लामो तथा छोटो दूरीका सवारी चालकलाई बाटोमा नै निःशुल्क स्वास्थ्य परीक्षण गरिएको प्रदेश नम्बर ५ का प्रहरी प्रवक्ता पुष्पराज मल्लले...बाँकी अंश →


भूमिहीनको समस्या समाधानका लागि सरकार गम्भीर.. उपप्रम यादव

लहान, ११ पुस,, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भूमिहीन सुकुम्बासीको समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ । नेपालमा बसोवास बस्ती संरक्षण समाजको २ नं प्रदेश अधिवेशनको आज लहानमा उद्घाटन गर्नुहुँदै उपप्रधानमन्त्री यादवले भूमिहीन सुकुम्बासी समस्याबाट वास्तविक तथ्य पत्ता लगाएर समाधानका लागि सरकार तत्पर रहेको छ भन्नुभयो । प्रदेश...बाँकी अंश →


शेयर बजारमा उच्च अङ्कको वृद्धि

काठमाडौँ, ११ पुस,,  धितोपत्र बजारमा आज शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ३० दशमलव २६ विन्दुले बढेर एक हजार २१६ दशमलव २७ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत आज ६ दशमलव ४१...बाँकी अंश →


भूकम्प पूर्वसूचना प्रणाली विकास गर्दै नाष्ट

गोदावरी, ११ पुस,, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले भूकम्पको २० सेकेन्डअगावै पूर्वसूचना दिने प्रणालीको विकास गरिरहेको छ । हाल नाष्टले कास्की र भैरहवाका ८० स्थानमा भूकम्प पूर्वसूूचना प्रणाली (सेन्सर) जडान गरिसकेको छ । देशका महत्वपूर्ण स्थानमा त्यस्ता सेन्सर जडान गर्न लाग्ने खर्चको विवरण तयार पार्न नाष्टले सर्वेक्षण गरिरहेको...बाँकी अंश →


आप्रवास सङ्कटः अमेरिकी थुनामा फेरि आठ वर्षीय बालकको मृत्यु

वासिङटन, ११ पुस,,  संयुक्तराज्य अमेरिकाको प्रहरी थुनामा फेरि ग्वाटेमालाका आठ वर्षीय बालकको मृत्यु भएको अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायले जनाएको छ । यही महिना अमेरिकी थुनामा बच्चाको मृत्यु भएको यो दोस्रो घटना हो । यही डिसेम्बर ८ मा ग्वाटेमालाकी एक आठ वर्षीया बालिका जेकेलिन कालको अमेरिकी प्रहरी थुनामै मृत्यु...बाँकी अंश →


प्रयोगशाला सेवा विस्तार

काठमाडौँ, ११,, तारकेश्वर नगरपालिकामा आधारभूत प्रयोगशाला सञ्चानमा आएको छ । नगरपालिकाका सम्पूर्ण नागरिकमा स्वास्थ्य सेवाको पहुँच पु¥याउन आधारभूत प्रयोगशाला प्रयोगमा ल्याइएको नगर स्वास्थ्य शाखा प्रमुख अरुणकुमार गिरीले बताउनुभयो । “कार्यक्रम सात वडामा शुरु भइरहेको छ र अब अन्य वडामा पनि सञ्चालन गर्नेछौँ”, उहाँले भन्नुभयो । प्रयोगशाला सञ्चालनमा आएसँगै एक लाख...बाँकी अंश →


माओको विचार समृद्ध नेपाल निर्माणका लागि स्मरणीय

काठमाडौँ, ११ पुस,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ क्रान्तिका नेता माओत्सेतुङको विचार समृद्ध नेपाल निर्माणका लागि स्मरणीय रहेको बताउनुभएको छ । माओको १२५औँ जन्म दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले माओले विकास गर्नुभएको दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विचार समृद्ध नेपाल निर्माणका...बाँकी अंश →


पूर्व सभापति अधिकारीको निधन

वालिङ, ११ पुस,,  जिल्ला विकास समिति स्याङ्जाका पहिलो सभापति शिवकुमार अधिकारीको निधन भएको छ । २०४९ सालमा स्याङ्जा जिल्लाको पहिलो जिविस सभापति हुनुभएका अधिकारी ब्रेन ट्युमरबाट ग्रसित हुनुहुन्थ्यो । प्रजातन्त्र सेनानी अधिकारीको मङ्गलबार काठमाडौँमा ७८ वर्षको उमेरमा निधन भएको हो । २०१७ सालदेखि नेपाली राजनीतिमा सक्रिय रहनुभएका अधिकारी पटकपटक पक्राउ...बाँकी अंश →


बाघको आक्रमणबाट युवती घाइते

कञ्चनपुर, ११ पुस,, कञ्चनपुर जिल्लाको महाकाली नगरपालिका–४ की १९ वर्षीय अमृता सिंह ठकुरी बाघको आक्रमणबाट घाइते हुनुभएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खर काट्न गएको अवस्थामा हिजो साँझ ठकुरीमाथि बाघले आक्रमण गर्दा घाइते भएको इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक चेतराम पनेरुले बताउनुभयो । उहाँका अनुसार खर काटिरहेको बेला एक्कासि...बाँकी अंश →


अनौठो रुखको वैज्ञानिक नाम पत्ता लाग्यो

चौतारा, ११ पुस,, सिन्धुपाल्चोक जिल्लामा भेटिएको अनौठो रुखको वैज्ञानिक नाम ‘हर्सफेल्डिया किङ्गी’ Horsefeldia Kingii भएको पत्ता लागेको छ । वलेफी गाउँपालिका–३ फुल्पीकोटको घुमसुङे पुछार सामुदायिक वनमा गत जेठमा फेला परेको स्थानीयले रामवुआ भनेर पुकारिने अनौठो रखमा फलेको फलको वैज्ञानिक परीक्षणका लागि वन तथा वातावरण मन्त्रालयको वनस्पति विभागमा पठाइएको थियो ।...बाँकी अंश →


करेन्ट लागेर मृत्यु

कैलाली, ११ पुस,, नेपाल आइडल–२ विजेता रवि ओडकी आमाको आज बिहान करेन्ट लागेर मृत्यु भएको छ । बिहान करीब ७ः०० बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी ४५ वर्षीया विष्णा ओडको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई बिहान...बाँकी अंश →


परम्परागत पहिरन बनाउन सिक्दै थारू महिला

कञ्चनपुर, ११ पुस,,  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारू समुदायका महिला हराउँदै गएका परम्परागत पहिरन बनाउने सीप सिक्न थालेका छन् । थारू समुदायका महिलाले लगाउने लेहङ्गा र चोलीलगायतका विभिन्न प्रकारका पहिरन बनाउने सीप सिकाउन थालिएको छ । विशेष गरी धार्मिक अनुष्ठान र सांस्कृतिक समारोहमा लगाउन प्रयोग हुने परम्पारगत पहिरन बनाउने कार्यमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter