२३ चैत २०८२

समाचार

प्रदेश स्थायी राजधानीको विषय प्राथमिकतामा

खस्यौली, ११ पुस,, प्रदेश नं ५ प्रदेशसभाको आजको बैठकको विशेष समयमा प्रदेशसभा सदस्य इन्द्रप्रसाद खरेलले स्थायी राजधानीको टुङ्गो लगाउन आग्रह गर्नुभयो । स्थायी राजधानी टुङ्गो लगाउनका लागि निर्माण भएको विशेष समितिमा कतिपय जिल्लाका प्रदेशसभाका सदस्य नपरेको गुनासो गर्दै सरकार राजनीतिक नेतृत्वभन्दा पनि प्रशासकीय आधारमा सञ्चालन भएको छ भन्नुभयो । प्रदेशसभाले...बाँकी अंश →


जैविक विविधताको संरक्षण नगरे मानव अस्तित्वमा नै खतरा.. राष्ट्रपति

चितवन, ११ पुस,,  राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनको असरबाट जैविक विविधताको संरक्षण गर्न नसके मानव अस्तित्वमा नै खतरा उत्पन्न हुन सक्ने बताउनु भएको छ । १५ औँ चितवन हात्ती महोत्सवको आज सौराहामा उद्घाटन गर्नुहुँदै उहाँले भविष्यमा जलवायु परिवर्तनको असरबाट बचाउनेतर्फ सबै क्षेत्र लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “भविष्यमा जलवायु परिवर्तनको...बाँकी अंश →


तेस्रोपटक सर्दै आठौँ राष्ट्रिय खेलकूद

काठमाडौँ, ११ पुस,, प्रदेश नं ५ मा हुने आठौँ बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिता तेस्रोपटक सर्ने निश्चित भएको छ । प्रतियोगिता उद्घाटन हुने नेपालगञ्ज रङ्गशालाको निर्माण कार्य नसकिएकाले प्रतियोगिता दुईदेखि तीन हप्तासम्म सर्ने राखेपले जनाएको छ । शुरुमा गएको मङ्सिरमा हुने तय भएको खेल आगामी माघ २५ देखि गर्ने गरी सारिएको...बाँकी अंश →


प्रयोगशाला विस्फोटमा तीन विद्यार्थीको मृत्यु

बेइजिङ, ११ पुस,, बेइजिङस्थित एक विश्वविद्यालयमा बुधबार प्रयोगशालामा विस्फोट हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको अग्नि नियन्त्रण विभागले जनाएको छ । बेइजिङ अग्नि नियन्त्रण विभागका अनुसार वातावरण इन्जिनियरिङ प्रयोगशालामा फोहोर पानी प्रशोधन सम्बन्धी वैज्ञानिक अनुसन्धानको कार्य भइरहेका बेला उक्त विस्फोट भएको हो । उक्त विस्फोट बेइजिङको पश्चिमतर्फ रहेको बेइजिङ जियाओटाङ...बाँकी अंश →


दुई कोरियाबीच अभूतपूर्ण समारोह सम्पन्न

सोल, ११ पुस,, दक्षिण कोरिया र उत्तर कोरियाको सीमाक्षेत्रका इलाकाहरुमा आधुनिक रेलमार्ग र सडकहरुले जोड्न शुरु गरिएको एक अभूतपूर्व समारोह बुधबार सम्पन्न भएको छ । सो समारोह दक्षिण कोरियाको सीमा शहर केइसोङमा रहेको पानमुन स्टेशनबाट शुरु भएको छ । यस समारोह मा दक्षिण र उत्तर कोरिया गरी एकएक सय व्यक्तिको...बाँकी अंश →


जोखिमपूर्ण अवस्थामा रहेका स्थानीयहरुको उद्धार

कारिता, इन्डोनेसिया, ११ पुस,, सुनामी र ज्वालामुखीका कारण निकै जोखिमपूर्ण अवस्थामा रहेका दुर्गम क्षेत्रका स्थानीयवासीलाई प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा लैजाने क्रम जारी रहेको इन्डोनेसिया प्रहरीले जनाएको छ । तर, अविरल वर्षाका कारण खोज तथा उद्धारमा थप समस्या उत्पन्न भएको उद्धारमा खटिएका अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार वर्षाका...बाँकी अंश →


आप्रवास सङ्कटः अमेरिकी थुनामा फेरि आठ वर्षीय बालकको मृत्यु

वासिङटन, ११ पुस,, संयुक्तराज्य अमेरिकाको प्रहरी थुनामा फेरि ग्वाटेमालाका आठ वर्षीय बालकको मृत्यु भएको अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायले जनाएको छ । यही महिना अमेरिकी थुनामा बच्चाको मृत्यु भएको यो दोस्रो घटना हो । यही डिसेम्बर ८ मा ग्वाटेमालाकी एक आठ वर्षीया बालिका जेकेलिन कालको अमेरिकी प्रहरी थुनामै मृत्यु...बाँकी अंश →


हिउँदे अधिवेशन शुरु

काठमाडौँ, ११ पुस,, सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को तेस्रो अधिवेशन आजदेखि शुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा अपराह्न ४ बजे शुरु भएको सङ्घीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमा सभामुख कृष्णबहादुर महराले उपस्थित सबै सदस्यलाई स्वागत गर्दै संसदको अधिवेशन आब्हान सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाउनुभएको थियो...बाँकी अंश →


हिउँदे अधिवेशन प्रभावकारी बनाउन नेकपाले भूमिका खेल्ने

काठमाडौँ, ११ पुस,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सङ्घीय संसदको हिउँदे अधिवेशन प्रभावकारी बनाउन भूमिका निर्वाह गर्ने भएको छ । नेकपा संसदीय दलको आज यहाँ बसेको बैठकले संविधान र सङ्घीयता कार्यान्वयनका लागि आवश्यक विधेयक पारित गर्न आवश्यक भूमिका निर्वाह गर्ने निर्णय गरेको हो । बैठकमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली...बाँकी अंश →


एन्फा निर्वाचनमा अनियमितताको आरोप

काठमाडौँ, ११ पुस,,  अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को निर्वाचन भएको एक वर्ष बित्न लाग्दा चारवटा जिल्ला फुटबल सङ्घले निर्वाचनका बेला भ्रष्टाचार र आर्थिक अनियमितता भएको आरोप लगाएका छन् । आज यहाँ पत्रकार सम्मेलन गर्दै भक्तपुर, काठमाडौँ, ललितपुर र धादिङ जिल्ला फुटबल सङ्घले एन्फा निर्वाचनका बेला अनियमितता भएको र आर्थिक...बाँकी अंश →


राष्ट्रिय जलवायु सम्मेलन हुने

काठमाडौँ, ११ पुस,,  जलवायु परिर्वतनका कारण र असरबारे देशभरका जनप्रतिनिधिलाई बुझाउने र त्यसबाट बच्न अनुकूलन बनाउने उद्देश्यका साथ ‘राष्ट्रिय जलवायु सम्मेलन–२०७५’ हुने भएको छ । जिल्ला समन्वय समिति महासङ्घ सिन्धुपाल्चोकले यही पुस १५, १६ र १७ गते ‘राष्ट्रिय जलवायु सम्मेलन–२०७५’ को आयोजना गर्न आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो...बाँकी अंश →


भूकम्पसम्बन्धी फोटो प्रदर्शनी

काठमाडौँ, ११ पुस,,  भूकम्पले पु¥याएको क्षति र पुनःनिर्माणका काम समेटेर फोटो प्रदर्शनी शुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आयोजनामा आजदेखि नेपाल कला परिषद्मा शुरु भएको प्रदर्शनी तीन दिनसम्म चल्नेछ । प्रदर्शनीको उद्घाटन गर्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावलीले भूकम्पको अवधि र त्यसपछिको पुनःनिर्माणसम्बन्धी गतिविधि समेटेर सङ्ग्रहालय निर्माण गर्ने...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter