२३ चैत २०८२

समाचार

सुरक्षा तथा भाडा समायोजन गर्न ट्याक्सी चालकको माग

काठमाडाँै, १३ पुस,, उपत्यकामा चल्ने ट्याक्सी चालक तथा व्यवसायीले बदलिँदो परिस्थितिअनुसार वैज्ञानिक भाडादर कायम गर्न तथा ट्याक्सी चालकको सुरक्षाको प्रबन्ध गर्न माग गरेका छन् । बारम्बार ट्याक्सी चालकमाथि साङ्घातिक आक्रमण हुन थालेपछि उनीहरूले सरकार समक्ष चालकको सुरक्षाको सुनिश्चितता गर्न र २०६९ सालमा तोकिएको भाडादर परिमार्जन गरेर वैज्ञानिकरुपमा भाडादर कायम गर्न...बाँकी अंश →


लोकगायक लामिछानेको निधन

भक्तपुर, १३ पुस,, बिरामी भएर घरमै थला पर्नुभएका लोकगायक बुद्धिकृष्ण लामिछानेको आज मध्याह्न ६३ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको छ । चाँगुनारायण नगरपालिका– ७ स्थित आफ्नै निवासमा लामो समयदेखि पक्षाघातलगायत विभिन्न रोगले थलिनुभएका लामिछानेको निधन भएको उहाँकी छोरी सम्झनाले जानकारी दिनुभयो । ‘घाँस काट्ने खुर्केर, आयो जोवन हुर्केर’..., ‘पिँढीमा...बाँकी अंश →


अपराध रोकथाम सचेतना कार्यक्रम

काठमाडौँ, १३ पुस,, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौँको ज्ञानेश्वरमा आज अपराध नियन्त्रण सम्बन्धी चेतनामूलक प्र्रशिक्षण तथा अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको छ । महानगरीय प्रहरी वृत्त कमलपोखरी, ग्यालेक्सी पब्लिक स्कुल र सामुदायिक प्रहरी सेवा केन्द्र नक्सालद्वारा काठमाडाँै ज्ञानेश्वरमा आयोजित कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा...बाँकी अंश →


जिप्रकाको शौचालयको दुरवस्था

विदुर, १३ पुस,, नुवाकोटको मुख्य प्रशासनिक अड्डा जिल्ला प्रशासन कार्यालयमा व्यवस्थित शौचालय नहुँदा सेवाग्राही मर्कामा परेका छन् । दैनिक ५०० भन्दा बढीको भीड रहने सो कार्यालयको शौचालय सरसफाइ नगरिँदा सर्वसाधारण दुर्गन्ध मर्का परेको छ । “छोराको नागरिकता बनाउन आको, पिसाब लाएर शौचालय गएको थिएँ बाहिरबाट त राम्रो सानो भवनै जस्तो...बाँकी अंश →


विश्वविद्यालय स्थापना गर्न सुझाव सङ्कलन

बनियानी, १३ पुस,, प्रदेश नं १ मा विश्वविद्यालय स्थापना गर्न झापाबाट सम्भाव्यता अध्ययन शुरु गरिएको छ । प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले विश्वविद्यालय स्थापना गर्न गठन गरेको सम्भाव्यता अध्ययन कार्यदलले बिहीबारदेखि झापाबाट अध्ययन शुरु गरेको हो । कार्यदलले बिहीबार झापाको विर्तामोडमा अन्तक्र्रियाको आयोजना गरी यहाँका विभिन्न राजनीतिक दलका...बाँकी अंश →


विद्रोहीले युद्धबिराम उल्लङ्घन गरेको म्यान्मार सेनाको दाबी

याङ्गुन, १३ पुस,,  म्यान्मारमा सक्रिय जातीय सशस्त्र समूहहरुले युद्धबिराम उल्लङ्घन गरी सरकारी सेनामाथि आक्रमण गरेको सेनाले जनाएको छ । गत साता सेनाले चार महिनाका लागि सङ्कटग्रस्त उत्तरी र पूर्वी क्षेत्रमा सबै सैन्य कार्यबाही स्थगन गर्ने घोषणा गरेको थियो । पर्यवेक्षकहरुका अनुसार सेनाको उक्त कदम निकै आश्चर्यजनक मानिएको छ । दशकौंदेखि...बाँकी अंश →


सुडानमा मूल्यवृद्धिको विरोध, १९ जनाको मृत्यु

खार्तुम, १३ पुस,,  सुडानमा खाद्य र इन्धनको चर्को मूल्यवृद्धि भएको विरोधमा भएको प्रदर्शनका क्रममा दङ्गा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुई प्रहरी सहित १९ जनाको मृत्यु भएको छ । सुडान सरकारका अनुसार प्रदर्शनका क्रममा दुई सय १९ जना सर्वसाधारण घाइते भएका छन् । सुडानका सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता बुसारा...बाँकी अंश →


त्रिशूली महोत्सवमा रु दुई करोड कारोवार

विदुर, १३ पुस,,  नुवाकोटकोे त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको आयोजनामा सञ्चालित प्रथम त्रिशूली महोत्सव रु दुई करोडको कारोवार गरी सम्पन्न भएको छ । विद्यालयमा सिभिल इञ्जिनीयरिङ कक्षा सञ्चालनका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले यसै साता आयोजित महोत्सव ६० हजार जनाले अवलोकन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन्द्रमान प्रधानले जानकारी दिनुभयो ।...बाँकी अंश →


किसानलाई ट्र्याक्टर वितरण

बेत्रावती, १३ पुस,,  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ (तरकारी जोन) नुवाकोटले यहाँका किसानलाई १२० थान मिनीट्रिलर (ट्र्याक्टर) वितरण गरेको छ । परियोजनामा आबद्ध किसानलाई आधुनिकीकरण तथा व्यावसायीकरण गर्दै तरकारी खेतीको प्रवद्र्धनका लागि अनुदानमा खेतबारी जोत्न ट्र्याक्टर वितरण गरेको जोन प्रमुख डा कमलराज गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार किसानलाई...बाँकी अंश →


फुटबल–आर्मीले सरस्वतीलाई हरायो

काठमाडौँ, १३ पुस,, शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सरस्वती युवा क्लबलाई पराजित गर्दै प्रतियोगितामा छैटौँ जित दर्ता गराएको छ । ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घको टेक्निकल सेन्टरमा आज भएको खेलमा आर्मीले सरस्वतीलाई ४–० गोलअन्तरले पराजित गर्दै लिगमा छैटौँ जित दर्ता गराएको हो ।...बाँकी अंश →


मेगा बैंकले सात दशमलव ८५ प्रतिशत लाभांश दिने

काठमाडौँ, १३ पुस,,  मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीलाई शेयर लाभांशसहित सात दशमलव ८५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य अन्य रकममध्येबाट हाल कायम चुक्ता पूँजीको छ दशमलव ८५ प्रतिशतले हुन आउने रु ७० करोड ४५ लाख ५८ हजार ५७०...बाँकी अंश →


कानूनमा स्थानीय सरकारका सुझाव समेट्न आग्रह

काठमाडौँ, १३ पुस,,  स्थानीय सरकारका प्रतिनिधिले नयाँ सङ्घीय कानूनको तर्जुमा र मौजुदा कानूनको संशोधन कार्यमा सम्बद्ध सरोकारवालाको रायसुझावलाई पर्याप्तमात्रामा समेट्न आग्रह गर्नुभएको छ । आगामी फागुन २० गतेको समयसीमालाई मध्यनजर गर्दै नेपाल सरकारले मौजुदा सङ्घीय कानूनको संशोधन, खारेजी तथा नयाँ कानून तर्जुमा प्रक्रिया तीव्रगतिमा अघि बढाइरहेको सन्दर्भमा स्थानीय सरकारका प्रतिनिधिमूलक...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter