२३ चैत २०८२

समाचार

आलेख,, अन्तर्राष्ट्रिय सद्भाव र समझदारी अभिवृद्धिको वर्ष २०१८

काठमाडौँ, १४ पुस,,  सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल तीनवटै तहका निर्वाचनपछि सङ्क्रमणकालीन अवस्थाको अन्त्य र सङ्घीयताको अभ्याससँगै राजनीतिक स्थायित्वतर्फ उन्मुख भएको सन् २०१८ को वर्ष बाह्य विश्वसँग सम्बन्ध विस्तार तथा अन्तर्राष्ट्रिय सद्भाव र समझदारी अभिवृद्धिमा उल्लेख्य रह्यो । देशको राष्ट्रिय स्वार्थ र हित प्रवद्र्धन गर्न तथा समृद्धिका निम्ति वैदेशिक लगानी, आर्थिक...बाँकी अंश →


चिसो बढेसँगै बिरामी बढे

बैतडी, १४ पुस,, केही दिनयता चिसो बढेसँगै बैतडी जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ । जिल्ला अस्पतालका प्रमुख डाक्टर जगदिशचन्द्र विष्टका अनुसार अहिले जिल्ला अस्पताल बैतडीमा दैनिक ७० भन्दा बढी बिरामी आउने गरेका छन् । बिरामीमध्ये रुघाखोकी, ज्वरो दम र निमोनियाका बिरामी बढी पुग्ने गरेका छन् । यस्तै...बाँकी अंश →


हुलाकी सडक विवाद सल्टाइयो

नेपालगञ्ज, १४ पुस,, बाँकेको नेपालगञ्जदेखि कट्कुइयासम्म निर्माणाधीन हुलाकी राजमार्गमा देखिएको वर्षौदेखिको विवाद साम्य भएको छ । हुलाकी राजमार्गअन्तर्गत जिल्लाको राप्तीपारि नरैनापुर गाउँपालिका–५ मटेहियास्थित सडकको नक्साङ्कन, मुआव्जा विवाद र निर्माणकार्यमा देखिएको अवरोध सहमतिका आधारमा साम्य पारिएको हो । प्रदेश नं ५ का सांसद कृष्णा केसी, प्रमुख जिल्ला अधिकारी मदन भुजेल, नेपालगञ्ज...बाँकी अंश →


झापा खुला दिसामुक्त घोषणा

भद्रपुर, १४ पुस,, पन्ध्र स्थानीय तह भएको झापा जिल्ला खुला दिशामुक्त घोषणा गरिएको छ । भद्रपुरको मेची रङ्गशालामा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्वाहाम्फेले शुक्रबार सो घोषणा गर्नुभएको हो । झापाका १५ स्थानीय तहमा ३९ हजार २८७ चर्पी निर्माण भएको जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सोमनाथ...बाँकी अंश →


‘परियोजना बैंक’ बनाउँदै कर्णाली सरकार

सुर्खेत, १४ पुस,, कर्णाली प्रदेश सरकारले ‘परियोजना बैंक’ बनाउन गृहकार्य थालेको छ । प्रदेशस्तरीय नीति तथा योजना आयोगले त्यसका लागि आवश्यक कार्ययोजना बनाउन थालेको हो । ‘परियोजना बैंक’मा ठूला आयोजनाको पहिचान, प्राथमिकीकरण, प्रारम्भिक सम्भाव्यता अध्ययनलगायत विषय समावेश गरिने र यसको तयारीपछि प्रदेश सरकारले चैत महीनामा लगानी सम्मेलन गर्ने जनाएको छ...बाँकी अंश →


अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री वितरण

काठमाडौँ, १४ पुस,, नेपाल रेडक्रस सोसाइटीले रामेछाप जिल्लाको रामपुर नगरपालिका–५ र मन्थली नगरपालिका–१ का अपाङ्गता भएका व्यक्तिलाई आवश्यक सामग्री वितरण गरेको छ । सोसाइटीका महामन्त्री रेवरत्न धाख्वाले ती स्थानका २९ अपाङ्गता भएका व्यक्तिलाई १४ प्रकारका ५२ थान सहायता सामग्री छुट्टाछुट्टै स्थानमा शुक्रबार आयोजित कार्यक्रममा वितरण गर्नुभएको हो । विसं २०७२...बाँकी अंश →


छिट्टै स्थानीय सरकारले कर्मचारी भर्ना गर्न पाउँछ.. प्रचण्ड

बनेपा, १४ पुस,, नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सिंहदरबारको अधिकार गाउँगाउँमा आइसकेको बताउनुभएको छ । शुक्रबार काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–२स्थित खाँडादेवी माध्यमिक प्राविधिक धार बाली विज्ञान विद्यालयको स्वर्ण महोत्सवमा उहाँले हजारौँको बलिदानीपछि मात्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्र आउनाका साथै स्थानीय, प्रदेश र सङ्घीय सरकार बनेको बताउनुभयो । “संविधान र कानून...बाँकी अंश →


मस्र्याङ्दीबाट कम विद्युत् उत्पादन

दमौली, १४ पुस,, उनानसत्तरी मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घटेको छ । सुख्खायाम लागेका कारण तनहुँको आँबुखैरेनी गाउँपालिकामा रहेको उक्त आयोजनाको विद्युत् उत्पादन घटेको हो । आयोजनाका प्रमुख बद्रीप्रसाद फुँयालले आयोजनाबाट हाल ४० मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुख्खायाम लागेसँगै नदीमा पानीको बहाव...बाँकी अंश →


रु ८० विद्युत् महसुल तिर्न दुई हजार खर्च

डोटी, १४ पुस,,  जिल्लास्थित दुर्गम स्थानीय तहका वासिन्दा ८० को विद्युत् महसुल तिर्न र दुई हजार भन्दा बढी रकम खर्च गर्न बाध्य भएका छन् । जिल्लाका ग्रामीण क्षेत्रमा विद्युत् महसुल तिर्ने काउण्टर नभएका कारण सेवाग्राहीलाई न्यूनतम रकम तिर्न घण्टाँै टाढा हिँडेर र गाडीको यात्रा गरी जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो...बाँकी अंश →


धान उत्पादन वृद्धि

राजविराज, १४ पुस,,  यस वर्ष सप्तरी जिल्लामा धान उत्पादन बढेकोे छ । विगत चार वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो । यस वर्ष करीब १९ हजार ६७५ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र (तत्कालीन कृषि विकास कार्यालय) का वरिष्ठ कृषि विकास अधिकृत भागिरथ यादवले जानकारी दिनुभयो...बाँकी अंश →


कृषिमा आधुनिक उपकरण

विराटनगर, १४ पुस,, पराम्परगत रूपमा हलो जोतेर खेती गर्दै आएका मोरङका किसानहरूले अहिले आधुनिक उपकरण प्रयोग गर्न थालेका छन् । जिल्लाका १७ स्थानीय निकायले कृषिलाई महत्व दिनाका साथै आधुनिक उपकरणमा जोड दिएकाले गोरु लगाएर धान दाउनी गर्ने समस्या समेत अन्त्य भएको छ । खनजोतका लागि सहज र उत्पादनसमेत वृद्धि हुनथालेकाले...बाँकी अंश →


सूचनाको हक़ सम्बन्धि एक दिने तालिम सम्पन्न

पूष १३ गते, काठमाण्डौ सूचनाको हक़ सम्बन्धि एक दिने तालिम आज पुष१३ गते ललितपुर स्थित नेशनल ल कोलेजमा एस टुगेदर वी क्यानको आयोजनामा सम्पन्न भएको छ । प्रमुख अतिथि तथा प्रशिक्षकको रुपमा रहेका किरण पोखरेलले लोकतन्त्रमा सब भन्दा शक्तिशाली नागरिक हुन्छन,नागरिकको सर्वोच्चता कायम गर्न जनतालाई सूचना को हक़ अधिकार दिएको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter