
खार्तुम, १४ पुस,, सुडानको प्रहरीले प्रदर्शनलाई नियन्त्रण गर्नका लागि विपक्षी दलका शिर्ष नेतालाई नै पक्राउ गरेको छ । मूल्यवृद्धिको विरुद्धमा यही डिसेम्बर १९ देखि सुरु भएको प्रदर्शनका क्रममा शिर्ष नेतालाई नै पक्राउ गरेपछि प्रदर्शनकारीहरु थप आक्रोसित भएका हुन् । प्रदर्शनकारीले राजधानी खार्तुमसहित देशभरका विभिन्न ठाँउमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा...बाँकी अंश →

ढाका, १४ पुस,, बङ्लादेशमा आइतबार हुने निर्वाचनका लागि सुरक्षा व्यवस्थामा उच्च कडाई गरिएको छ । अधिकारीहरुले सुरक्षाका लागि देशभर प्रहरी, सैनिक र अन्य सुरक्षाकर्मीहरु गरी झण्डै छ लाख परिचालन गरिएको जनाएका छन् । मतदानको दिन नजिकिदै गर्दा हिंसात्मक घटनाहरु पनि बढ्दै गएकाले सुरक्षा व्यवस्थामा कडाई गरिएको अधिकारीहरुको भनाई छ ।...बाँकी अंश →

मनिला, १४ पुस,, फिलिपिन्सको मिन्दानाओ द्वीपलक्षित शनिबार ६.९ म्याग्निच्युडको भूकम्प गएको छ । सो भूकम्पको कम्पन देशको दक्षिण भाग र छिमेकमा पर्ने देश इन्डोनेसियामा समेत महसूस गरिएको छ । सो भूकम्पको केन्द्रबिन्दु दाभाओ शहरको दक्षिणपूर्वी भागको आसपासको इलाकामा ५९ मिटर गहिराईमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको...बाँकी अंश →

काठमाडौँ, १४ पुस,, अमेरिकामा निजी क्षेत्रबाट स्थापित अनुसन्धान विश्वविद्यालय ‘म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)’ को प्रकाशन ‘एमआईटी टेक्नोलोजी रिभ्यु’ले यस वर्ष द्वन्द्वरत स्नायु सञ्जाल (डुएलिङ न्युरल नेटवर्क), कृत्रिम भ्रूण (आर्टिफिसियल एम्ब्रियोज), क्लाउडमा कृत्रिम बुद्धि (आर्टिफिसियल इन्टेलिजेन्स) सहित १० वटा प्रविधिलाई सन् २०१८ को महत्वपूर्ण प्रविधिको रूपमा छनौट गरेको छ ।...बाँकी अंश →

काठमाडौँ, १४ पुस,, ‘‘मन्त्रीज्यू हामीलाई सार्वजनिक जग्गामा बसेको भनेर बिजुलीको मिटर दिइएन । सार्वजनिक जग्गामा बस्नेले मिटर पाउँदैनन् भनेर गाउँपालिकाले पनि हाम्रो कुरा सुनेन । हामीसँग लालपुर्जा छैन । के हामीले बिजुली बाल्न नपाउने हो र ?’’ यो भनाइ हो महोत्तरी पिपरा अल्लीपट्टीका काशिम राइनको । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री...बाँकी अंश →

काठमाडौँ, १४ पुस,, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सङ्कल्प गरेको डिजिटल नेपालको ‘फ्रेमवर्क’ (ढाँचा) एक महीनाभित्र ल्याइने बताउनुभएको छ । कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ (क्यान) को २५औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले प्रविधिको उच्चतम प्रयोग गरी समृद्धिलाई सार्थक तुल्याउन उक्त डिजिटल फ्रेमवर्कका आधारमा पाँचवर्षे कार्यक्रम बनाएर...बाँकी अंश →

काठमाडौँ, १४ पुस,, नेपालका घरेलु तथा साना उद्योगमा २४ लाख ६६ हजारले रोजगारी पाएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अनुसार देशका दुई लाख बढी उद्योगमा उनीहरुले यसरी रोजगारी पाएका हुन् । महासङ्घका कार्यकारी निर्देशक चुडामणि भट्टराईले अहिलेसम्म नेपालमा तीन लाख ८६ हजार घरेलु तथा साना उद्योग दर्ता...बाँकी अंश →

काठमाडौँ, १४ पुस,, धितोपत्र बजारमा धेरै पछि कारोवार रकममा उल्लेख्य वृद्धि भएको छ । पछिल्ला दिनमा कारोवार रकम अर्ब माथि पुग्न नसकेको कारोवार रकम यस साता झण्डै रु चार अर्बको हाराहारीमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार यस साता रु रु तीन अर्ब ९१ करोड ७७ लाख २७ हजार ७३१...बाँकी अंश →

गोदावरी, १४ पुस,, तत्कालीन राजा स्वर्गीय वीरेन्द्र शाहको ७४ औँ जन्मजयन्तीको अवसरमा आज उहाँलाई स्मरण गरियो । स्व राजाले आफ्ना कार्यकालमा नेपाल र नेपालीलाई पु¥याउनुभएको योगदानलाई कदर गर्दै ललितपुरको जाउलाखेलमा योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले उहाँको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक...बाँकी अंश →

कास्की, १४ पुस,, गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कँुवरले देशमा खेलकूदको विकासका लागि स्पष्ट नीति आवश्यक रहेको बताउनुभएको छ । पोखरा म्यासेञ्जरको विशेष प्रकाशन “फुटबल” पुस्तकको आज पोखरामा विमोचन गर्नुहुँदै कुँवरले खेलाडी र खेलका माध्यमबाट व्यक्ति, परिवार, समाज र देशकै प्रतिष्ठा बढ्ने भएकाले खेलकूद विकासका लागि राज्यले स्पष्ट नीतिका साथ...बाँकी अंश →

काठमाडौँ, १४ पुस,, उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २९४ हप्तामा ललितपुरतिरको थापाथली पुलमुनिको नदी किनारमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा महानगरपालिकाको वडा नं २ र १० का निर्वाचित जनप्रतिनिधिलगायत अभियानकर्मीको सहभागिता रहेको थियो...बाँकी अंश →

खोटाङ, १४ पुस,, सदरमुकाम दिक्तेलमा वृहत कृषक दिवस तथा प्रतियोगितात्मक कृषि मेला प्रदर्शनी शुक्रबारदेखि शुरु भएको छ । जिल्लाका कृषकलाई पेशाप्रति प्रोत्साहित गर्ने उद्देश्यले नवौं कृषक दिवसको अवसर पारेर दुई दिने प्रतियोगितात्मक कृषि मेला प्रदर्शनीको आयोजना गरिएको हो । कृषि व्यवसायको सम्मान र प्रोत्साहन गर्न जिल्लामा विसं २०६५ सालदेखि सञ्चालन...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: