२५ चैत २०८२

समाचार

‘काँग्रेस राजनीतिलाई धर्मसँग मिलाउन चाहँदैन’

काठमाडौँ, १५ पुस,,  नेपाली काँग्रेसले राजनीतिलाई धर्मसँग मिलाउन नचाहेको स्पष्ट गरेको छ । पार्टीको कार्यसूची धर्म नभएको र धर्म बोकेर राजनीति नगर्ने पार्टीको भनाइ छ । महासमिति बैठकपछि पार्टीले विभिन्न समूहसँग गरिरहेको अन्तरक्रियाकै क्रममा आज पत्रकार एवं बुद्धिजीवीसँग भएको भेटघाटमा पार्टीले दलित, जनजाति, मधेशी, महिला, अल्पसङ्ख्यक र सबै धर्म र...बाँकी अंश →


कोलम्बियाका राष्ट्रपतिको हत्या गर्ने प्रयास भएको दावी

बोगोटा, १५ पुस,,  कोलम्बियाका राष्ट्रपति इभान डुक्युको हत्या गर्ने प्रयास भएको दाबी गरिएको छ । कोलम्बियाका विदेशमन्त्रीले भेनेजुयलाका तीन नागरिकले राष्ट्रपतिको हत्या गर्न लागेको दाबी गर्नुभएको हो । उहाँले हत्या गर्न लागेको अभियोगमा तीन जना भेनेजुयलाका नागरिकलाई पक्राउ गरिएको पनि जानकारी दिनुभएको छ । “विगत केही महिनादेखि उहाँको हत्या गर्ने...बाँकी अंश →


आलेख.. लोकमार्ग आसपास होटल बढे, लगानी थपिए

तेह्रथुम, १५ पुस,,  निर्माणाधीन मध्यपहाडी लोकमार्ग आसपास सुविधासम्पन्न होटल र लज सञ्चालनमा आउने क्रम बढ्दो छ । व्यवसायीले सडक आसपास होटलमा लगानी गर्न थालेका छन् । लोकमार्गको ट्र्याक खोलेर धुले सडकमा सवारी गुड्ने थालेसँगै व्यवसायीले पर्यटक लक्ष्यित रिसोर्ट र होटलहरुमा लगानी गर्न थालेका हुन् । सडक आसपासका स–साना बजारहरुमा रहेका...बाँकी अंश →


वरिष्ठ कलाकार र पत्रकारलाई सम्मान गरिने

काभ्रेपलाञ्चोक, १५ पुस,, राष्ट्रियस्तरका वरिष्ठ कलाकार र पत्रकारलाई नाट्येश्वर म्युजिक अवार्ड–२०७५ ले बनेपामा सम्मान गरिने भएको छ । आउँदो माघ १२ गते नुवाकोटको नाट्येश्वर कला केन्द्र तथा इभेन्ट म्यानेजमेन्ट प्रा.लि.ले तामाङ सेलो, म्हेन्दोमाया, लोकदोहोरी, आधुनिक र पपलगायत ४४ विधामा कलाकार तथा पत्रकारलाई सम्मान गर्न लागिएको अवार्डका कार्यक्रम निर्देशक किरण अधिकारीले...बाँकी अंश →


जिल्ला अस्पताल बन्द

हुम्ला, १५ पुस,, यहाँ रहेको एक मात्र जिल्ला अस्पतालले आज सार्वजनिक बिदा भन्दै बन्द गरेको छ । गुरुङ समुदायले मनाउँदै आएको तमु ल्होसारमा सरकारले सार्वजनिक बिदा दिएको भन्दै जिल्ला स्वास्थ्य कार्यालय बन्द गरेकाले अस्पतालले बिदा गरेको चिकित्सक सरो प्रजापतिले जानकारी दिनुभयो । गण्डकी प्रदेश सरकारले गुरुङ समुदायलाई सार्वजनिक बिदा दिइएको...बाँकी अंश →


मलेसियाबाट फर्किएकाको राष्ट्रिय भेला हुँदै

काठमाडौँ, १५ पुस,, ‘मलेसिया रिटर्नी समाज नेपाल’ ले मलेसियाबाट फर्किएका नेपाली कामदारको पहिलो राष्ट्रिय भेला यही पुस १७ गते गर्ने भएको छ । नेपाल फर्किएका युवालाई स्वदेशभित्रै सरकारले प्रदान गर्ने सेवामार्फत स्वरोजगारमा जोड्न भेलाको आयोजना गरिएको पत्रकार सम्मलेनमार्फत शनिबार समाजका रामचन्द्र नेपालले जानकारी दिनुभयो । “मलेसियामा कति नेपाली कामदार गए...बाँकी अंश →


दाङमा विद्युतीय बस सञ्चालनमा ल्याउँछौँ.. मुख्यमन्त्री पोखरेल

दाङ, १५ पुस,,  प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले तुलसीपुरको विकासका लागि नयाँ ढङ्गबाट योजना बनाउनुपर्ने समेत बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाले आज आयोजना गरेको तुलसीपुर आर्थिक विकास सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले परम्परागत ढङ्गबाट अब तुलसीपुरलाई ‘स्मार्ट सिटी’ बनाउन नसकिने भन्दै तुलसीपुुरको विकासका लागि अब नयाँ योजना बनाउनुपर्ने उहाँको...बाँकी अंश →


चार महीनामा २९ मेट्रिकटन कपास बिक्री

बाँके, १५ पुस,, चार वर्षदेखि गोदाममा थन्किएको २१३ मेट्रिक टन कपासमध्ये २९ मेट्रिकटन कपास बिक्री भएको छ । प्रतिमेट्रिक टन रु दुई लाख १८ हजारका दरले पछिल्लो चार महीनामा रु ६० लाख बराबरको २९ मेट्रिक टन कपास बिक्री भएको कपास विकास समिति खजुुराले जनाएको छ । समितिका निमित्त प्रमुख विजयकुमार...बाँकी अंश →


दुई सय ६१ सङ्क्रमितद्वारा एआरटी सेवन

वालिङ, १५ पुस,,  स्याङ्जामा हाल २६१ एचआइभी सङ्क्रमितले एआरटी औषधि नियमित सेवन गर्दै आएका छन् । जिल्ला अस्पतालमा विगत आठ वर्षदेखि र गह्रौँ घ्याङलिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा विगत दुई वर्षदेखि उक्त सेवा सञ्चालनमा रहेको एआरटी परामर्शकर्ता शङ्कर जिसीले बताउनुभयो । उहाँका अनुसार गह्रौँ घ्याङलिङबाट हाल ७८ महिला, ७२ पुरुष,...बाँकी अंश →


काठमाडौँमा चिसो वृद्धिः अझै बढ्न सक्ने

काठमाडौँ, १५ पुस,, काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँको न्यूनतम तापक्रम १.० र अधिकतम १६.८ डिग्री सेल्सियस रहेको छ । शनिबार काठमाडौँको न्यूनतम तापक्रम...बाँकी अंश →


सदस्यसचिव पराजुलीद्वारा पदबहाली

काठमाडौँ, १५ पुस,,  राष्ट्रिय सहकारी विकास बोर्डका सदस्यसचिव चक्रबहादुर पराजुलीले बोर्डको उद्देश्य परिपूर्तिका लागि यस क्षेत्रमा देखिएका व्यावहारिक कठिनाइ चिर्ने बताउनुभएको छ । उहाँले आज पदबहालीपछि आयोजित स्वागत कार्यक्रममा बोर्डको दायरा फराकिलो बनाउन, स्तरोन्नति र आर्थिकस्तर वृद्धि गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले बोर्डलाई राज्यको पुनः संरचनाअनुसार...बाँकी अंश →


अन्यौलताका बीच कङ्गोमा मतदान

किन्शास, १५ पुस,, लोकतान्त्रिक गणतन्त्र कङ्गोमा अन्यौलता र विबादका बीच आइतबार मतदान भएको छ । निर्वाचन स्थगित गरेर पछाडी सार्ने की डिसेम्बर ३० आजकै दिन गर्ने भन्ने बारेमा अन्यौलताका बीच मतदान भएको हो । आफ्नो भविष्य निर्धारण गर्न देशभरी ठूलो संख्यामा मतदाताहरु मतदानमा सहभागी भएको अधिकारीहरुले जानकारी दिएका छन् ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter