२३ चैत २०८२

समाचार

रु एक करोडको अक्षयकोष स्थापना

बेनी, १७ पुस,,  म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)ले महिला र बालबालिकाको क्षेत्रमा काम गर्ने गरी रु एक करोडको अक्षयकोष स्थापना गरेको छ । जिल्लामा महिला तथा बालबालिकाको हितमा उपयोग गर्ने गरी स्थापना गरिएको सो अक्षयकोषमा अहिलेसम्म करीब रु ९० लाख सङ्कलन भइसकेको मोना अन्तर्राष्ट्रियका अध्यक्ष चक्रबहादुर थापाले जानकारी दिनुभयो ।...बाँकी अंश →


रु तीस लाखको लागतमा गाउँमा सडक

बेझाड, १७ पुस,,  रु तीस लाखको लागतमा असेर्दी– रानीबास सडक सञ्चालनमा आएको छ । गाउँमा सडक पुगेपछि कृषकलाई आफ्नो उत्पादन बजारसम्म पु¥याउन सहज भएको छ । रम्भा गाउँपालिका– १ हुँगीको असेर्दीदेखि वडा नं २ फोक्सिङ्कोटको रानीबास जोड्ने करीब पाँच किलोमिटर सडक सञ्चालनमा आएको हो । सडक सञ्चालनमा आएपछि अहिले गाउँमा...बाँकी अंश →


शहरी विकास तथा भवन कार्यालय स्थापना

जाजरकोट, १७ पुस,, तीन जिल्लालाई सेवा प्रवाह गर्नका लागि सदरमुकाममा शहरी विकास तथा भवन कार्यालय स्थापना गरिएको छ । जाजरकोट, पूर्वी रुकुम र डोल्पा हेर्ने गरी स्थापना भएको सो कार्यालयको सोमबार सांसद गणेशप्रसाद सिंहले उद्घाटन गर्नुभयो । कर्णाली प्रदेशको मातहतमा रहेको सो कार्यालयले तीन जिल्लाको भौतिक पूर्वाधारको काम हेर्ने छ...बाँकी अंश →


‘तीन तलाक’ विधेयक आज राज्य सभामा पेश हुदै

नयाँ दिल्ली, १६ पुस,,  भारतीय संसदको तल्लो सदन, लोकसभाबाट पारित भएको तीन तलाकलाई अवैध मान्ने सम्बन्धी विधेयक सोमबार राज्य सभामा पेश गरिने भएको छ । मुस्लिम समुदायका महिलालाई आफ्नो लोग्नेले तीन पटकसम्म ‘तलाक’ शब्द मौखिक रूपमै उच्चारण गरेपछि आफ्नो श्रीमान्सँग सम्बन्ध विच्छेद हुने गरेकोमा अब त्यसो गर्नु गैरकानुनी हुने प्रावधानसहितको...बाँकी अंश →


काबुलनजिकै हवाई कारबाहीमा २५ तालिबान लडाकू मारिए

काबुल, १६ पुस,,  अफगानिस्तानको राजधानी काबुलबाट करिब ३५ किलोमिटर पश्चिममा रहेको पूर्वी प्रान्त वार्दाकमा अफगान हवाई सुरक्षा अधिकारीहरुले गरेको हवाई कारबाहीमा परी कम्तीमा २५ तालिबान लडाकू मारिएका छन् । अफगानिस्तानको रक्षा मन्त्रालयले सोमबार सो जानकारी दिएको समाचारमा जनाइएको छ । वार्दाक प्रान्तको सेयेद अबाद जिल्लामा आइतबार भएको हवाई कारबाहीको क्रममा...बाँकी अंश →


माछा उत्पादनमा वृद्धि

गाईघाट, १६ पुस,, एक्काइस वर्ष अघि व्यावसायिकरूपमा माछापालन शुरु भएको उदयपुर जिल्लामा सात वर्षयता यसको उत्पादनमा वृद्धि हुँदैगएको छ । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार यस वर्ष उदयपुर जिल्लामा १५० क्विण्टल माछा उत्पादन भएको छ । गत वर्ष जिल्लामा ९० क्विण्टल माछा उत्पादन भएको थियो । त्यस्तै दुई वर्षअघि...बाँकी अंश →


मछिन्द्र र एनआरटीको पाँच/पाँच गोल

काठमाडौँ, १६ पुस,, शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि शुरु भएको बाह्रौँ चरणको पहिलो खेलमा मछिन्द्र क्लब र न्यूरोड टिम (एनआरटी)बीचको खेल बराबरीमा टुङ्गिएको छ । सात दोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा दुबै टोलीले ५÷५ गोलको बराबरीमा खेल्दै अङ्क बाँडेका छन् । मछिन्द्रका लागि विशाल राईले...बाँकी अंश →


रुकुम पूर्वमा ५६ मुद्दा दर्ता

रुकुम (पूर्व), १६ पुस,, नयाँ जिल्लाको मान्यता पाएदेखि हालसम्म रुकुम (पूर्वी भाग)को जिल्ला प्रहरी कार्यालयमा विभिन्न शीर्षकमा ५६ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये ३६ मुद्दा फछ्र्यौट भइसकेका छन् भने २० मुद्दा चालू अवस्थामा रहेका छन् । सबैभन्दा बढी भवितव्य ज्यानका १४ वटा मुद्दा दर्ता भएका छन् । जिल्ला...बाँकी अंश →


राससकर्मी पाण्डेसहित पत्रकार सम्मानित

खस्यौली, १६ पुस,,  मदन भण्डारी स्पोर्टस् एकेडेमीले राससकर्मी युवराज पाण्डेसहित एक दर्जन पत्रकारलाई सम्मान गरेको छ । सम्मानित हुनेहरूमा पाण्डेसहित मेचीकाली दैनिकका अमृत गिरी, सैनामैना सन्देशका टीका खरेल, रेडियो मलमलाका ऋषिराम न्यौपाने र विष्णु खत्री, बुद्ध टिभिका ललित पाण्डे, रेडियो सैनामैनाका भुवन जिसी, लुम्बिनी टिभीका दीपक न्यौपाने, बुटवल टुडेका नविन...बाँकी अंश →


कोटेश्वर–कलङ्की सडकखण्डमा चार पुल निर्माण

ललितपुर, १६ पुस,,  कोटेश्वर कलङ्की सडकखण्डमा चारवटा पुल निर्माण गर्न थालिएको छ । सडक निर्माण सक्नु पहिले नै सडक विभागले सात वटा पुल निर्माण गर्ने तयारी भएकामा चार स्थानमा काम धमाधम भइरहेको काठमाडौँ चक्रपथ सडक योजनाका इञ्जिनीयर नीरञ्जन शर्मा अर्यालले बताउनुभयो । अन्य तीन स्थानमा भने ठेक्का सम्झौता भइसके पनि...बाँकी अंश →


चिनी विक्री नहुँदा गोदाममा थन्कियो

विराटनगर, १६ पुस,, नेपाल सरकारले बाहिरी मुलुकबाट आयात हुने चिनीमा कडाइ गर्न नसक्दा स्वदेशका उद्योगमा उत्पादन हुने चिनी नबिकेर थन्किएको छ । सुनसरीको बर्जु गाउँपालिका–५ स्थित प्रदेश नं १ को एक मात्र इस्टर्न सुगर मिलबाट गएको वर्षमा उत्पादन भएको चिनीमध्ये ३४ हजार मेट्रिकटन चिनी गोदाममा थुप्रिएको छ । मिलमा एक...बाँकी अंश →


घुस लिने खरिदार पक्राउ

काठमाडौँ, १६ पुस,,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत काठमाडौँमा कार्यरत खरिदार विदुर पोखरेललाई रु १० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । आयोगका अनुसार खरिदार पोखरेलले डोर खटी बण्डा मुचुल्का बनाउन सेवाग्राहीसँग घुस मागेका थिए । आयोगले पोखरेललाई घुस रकमसहित कामनापा– १६ सोह्रखुट्टेको एक रेष्टुरेन्टबाट आइतबार पक्राउ गरिएको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter