२३ चैत २०८२

समाचार

राजधानी कहाँ भन्दा कस्तो बनाउने महत्वपूर्ण.. सभामुख

रुपन्देही, १७ पुस,, प्र्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले राजनीतिक सहमतिका आधारमा प्रदेशको राजधानीको टुङ्गो लगाउनुपर्ने बताउनुभएको छ । राजधानी हचुवाको भरमा तोक्ने विषय नभएको बताउँदै उहाँले राजधानी कहाँ बनाउनेभन्दा पनि कस्तो बनाउने विषय महत्वपूर्ण भएको बताउनुभयो । रिपोटर्स क्लब प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा...बाँकी अंश →


मनाइयो टोपी दिवस

काठमाडौँ, १७ पुस,, ‘नेपाली टोपी ः हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका जागरुक युवा अभियान नेपालले छैटौँ नेपाली टोपी दिवस भव्यरुपमा मनाएको छ । अङ्ग्रेजी नयाँ वर्षको दिन आज माइतीघरमण्डलामा भेला भएर युवायुवतीले गत वर्षजस्तै ‘टोपी दिवस’ मनाएका हुन् । माइतीघरमण्डलमा भेला भएको युवायुवतीले पञ्चेबाजासहित मण्डलादेखि नयाँबानेश्वरसम्म प्रभातफेरि गरेका थिए...बाँकी अंश →


अवैधरूपमा लुकाइएको मदिरा बरामद

लहान, १७ पुस,,  नेपालबाट भारततर्फ अवैधरूपमा तस्करी गर्न लुकाइछिपाइ राखेकोे अवस्थामा प्रहरीले आज बिहान सिरहाको भगवानपुर–५ स्थित सिमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा मदिरा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी ठाडीबाट खटिएको टोलीले भगवानपुर–५ स्थित अभयकुमार यादवको बाँसघारीमा लुकाइछिपाइ राखेको अवस्थामा गौरव नामक मदिरा ३९० बोतल, नुरीशसी...बाँकी अंश →


डेमोक्राट पार्टी भन्छ– मेक्सिको पर्खाललाई बजेट दिन सक्दैनौं

वासिङटन, १७ पुस,,  संयुक्तराज्य अमेरिकाका सङ्घीय कार्यालयहरु बजेट अभावमा आंशिक बन्द भएको डेढ हप्ता भइसक्यो । अमेरिकी कङ्ग्रेसको माथिल्लो सदन सिनेटमा डेमोक्राट पार्टीले राष्ट्रपति डोनाल्ड ट्रम्पको सीमा पर्खालका लागि बजेटको व्यवस्था नगरी बाँकी बजेट मात्र पारित गर्ने प्रस्ताव पुनः अगाडि सारेको छ । राष्ट्रपति ट्रम्पका लागि “प्रतिष्ठाको विषय” बनेको सीमा...बाँकी अंश →


एक सय वर्ष पुरानो पुल मर्मत गरिने

दमौली, १७ पुस,, एक सय वर्ष अगाडि निर्माण गरिएको तनहुँको म्याग्दे गाउँपालिका र भिमाद नगरपालिका जोड्ने सेती नदीमाथिको झोलुङ्गे पुलको मर्मत गरिने भएको छ । विसं १९७५ मा शुक्लागण्डकी नगरपालिका–१० स्थित फलामखानीको फलाम उत्खनन् गरी निर्माण गरिएको झोलुङ्गे पुल जीर्ण भएपछि भिमाद नगरपालिकाले पुलको मर्मतका लागि चासो देखाएको हो ।...बाँकी अंश →


महाधिवेशन समयमै हुनुपर्छः कोइराला

विराटनगर, १७ पुस,,  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको १४आँै महाधिवेशन समयमै हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले काङ्ग्रेस नेतृत्व तहले २०७६ फागुन मसान्तभित्रमा महाधिवेशन गर्न सक्यो भने पार्टी सुदृढीकरण र बलियो हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले काङ्ग्रेस धार्मिक...बाँकी अंश →


सौराहाका होटल पर्यटकले भरिभराउ

चितवन, १७ पुस,, पर्यटकीय गन्तव्य सौराहा अङ्ग्रेजी नयाँ वर्ष मनाउन आएका पर्यटकले भरिभराउ छ । सौराहाका सबै होटल शतप्रतिशत बुकिङ भएको व्यवसायीले बताएका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार ७० प्रतिशत आन्तरिक र ३० प्रतिशत बाह्य पर्यटक रहेका छन् । सौराहाका होटल भरिएपछि रत्ननगर, भरतपुरलगायतका बजार...बाँकी अंश →


चार किशोर बेपत्ता

रत्ननगर, १७ पुस,,  नौ दिनदेखि एकसाथ बेपत्ता भएका भरतपुर महानगरपालिका–११ का चार किशोर अझै फेला परेका छैनन् । बाह्रदेखि १५ वर्ष उमेरका भरतपुर महानगरपालिका–११ अमनचोकका सामुइल श्रेष्ठ, दिनेश परियार, सञ्जय मोक्तान र रिवाज कुमाल बेपत्ता छन् । दिनेश, सञ्जय र रिवाज नयाँकिरण माविमा कक्षा ६ अध्ययनरत तथा सामुइल लोटस एकेडेमीमा...बाँकी अंश →


सेनाद्वारा सञ्चालित स्वास्थ्य शिविरबाट गाउँमै उपचार

भीमदत्तनगर, १७ पुस,, नब्बे वर्षीय सगराम मडै लट्ठीको सहारामा हिँडेर झण्डै दुई किलोमिटर टाढाको शुक्लाफाँटा नगरपालिका–७ स्थित धर्मजनता उच्च माविमा आइपुग्नुभयो । आँखाको उपचार गर्न उहाँले कयौँ पटक धनगढी र महेन्द्रनगर धाउनुभयो । “धेरै पटक धाएँ, तर सञ्चो भएन”, मडैले भन्नुभयो, “सेनाको चिकित्सकले उपचार गरे निको हुन्छ की भनेर जँचाउन...बाँकी अंश →


ट्याक्सीमा मिटर भाडा समायोजन

काठमाडौँ, १७ पुस,,  नेपाल गुणस्तर तथा नापतौल विभागले ट्याक्सीमा मिटर भाडा समायोजनको काम अगाडि बढाएको छ । विभागले गत असोज ७ गते सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने यातायात व्यवस्था विभाग र मन्त्रालयको निर्णयलाई कार्यान्वयन गर्दै मङ्सिर पहिलो हप्तादेखि ट्याक्सीमा मिटर भाडा समायोजनको कामलाई अगाडि बढाएको...बाँकी अंश →


व्यक्तिगत खर्चमा समाजसेवा गर्दै नगरप्रमुख

बलेवा, १७ पुस,, ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले व्यक्तिगत रूपमा लाखौँ रुपैयाँ दान गरिरहनुभएको छ । उहाँले शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका लागि विभिन्न संस्था, समूह र समुदायलाई सहयोग गर्दै आउनुभएको छ । उहाँले अहिलेसम्म तलबभत्ता पनि लिनुभएको छैन । बरु सार्वजनिक कार्यक्रम, समस्यामा परेका समुदाय, शिक्षा र स्वास्थ्यको समस्या...बाँकी अंश →


आगलागीबाट रू १४ लाखको क्षति

बनियानी, १७ पुस,,  झापाका दुई विभिन्न स्थानमा आगलागी हुँदा रु १४ लाख बराबरको क्षति भएको छ । बाह्रदर्शी गाउँपालिका–५ सातडिग्रीका बलबहादुर दर्जीको एकतले कच्ची घरमा सोमबार आगलागी हुँदा करीब रु आठ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । विद्युत् सर्ट भई दर्जीको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter