२३ चैत २०८२

समाचार

बलात्कारीलाई मृत्युदण्ड दिन माग

काठमाडौँ, १७ पुस,, सांसद प्रदीप यादवले बलात्कारीलाई मृत्युदण्ड दिने कानून बनाउन संसद्को ध्यानाकर्षण गर्नुभएको छ । प्रतिनिधिसभाको आजको शून्य समयको बैठकमा सांसद यादवले पर्सा जिल्लाका देवकुमार पटेलले सोही जिल्लाका पाँच वर्षीय बालिकालाई बलात्कार गरेकाले निजलाई मृत्युदण्ड हुनुपर्ने बताउनुभयो । सांसद नवराज राउतले भेरी नदीको पुल निर्माणमा ढिलासुस्ती, नारायणप्रसाद मरासनीले स्याङ्जा...बाँकी अंश →


जागिर छाडेर गाईपालन

कञ्चनपुर, १७ पुस,, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का रमेश धानुकले सञ्चालनमा ल्याएको फार्ममा पालिएका गाई दुहुन आधुनिक मेशिन ल्याउनुभएको छ । जागीर छाडेर रु ३५ लाख लगानी गरी उन्नतजातको फार्म सञ्चालन गर्नुभएका धानुकले रु चार लाख मूल्य पर्ने ‘मिल्किङ मेशिन’ ल्याउनुभएको हो । जिल्लामै पहिलोपटक ल्याइएको मेशिनबाट एकै पटक चार वटा...बाँकी अंश →


४६ प्रतिशत बजेट पर्यटन क्षेत्रमा

सुर्खेत, १७ पुस,, कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पर्यटन क्षेत्रमा मात्र ४६ प्रतिशत बजेट रहेको बताउनुभएको छ । नेपाल पर्यटन पत्रकार महासङ्घ (नेफ्टोज) को पाँचौँ स्थापना दिवसको अवसरमा महासङ्घ कर्णाली प्रदेशद्वारा वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘कर्णाली प्रदेशको पर्यटन विकास र योजना कार्यान्वयन अवस्था’ विषयक अन्तरक्रियामा पर्यटनमन्त्री बुढाले...बाँकी अंश →


सहमतिको भावनाअनुसार विधेयक अघि बढाउन आग्रह

काठमाडौँ, १७ पुस,,  शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकार र डा गोविन्द केसीबीच भएको सहमतिको मूल भावनाअनुसार नै राष्ट्रिय चिकित्सा शिक्षासम्बन्धी विधेयकलाई अघि बढाउन आग्रह गर्नुभएको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा मन्त्री पोखरेलले विधेयकमाथि सदस्यले उठाउनुभएको व्यावहारिक पक्षलाई सहमतिका आधारमा सम्बोधन गरी विधेयकलाई अघि बढाउन...बाँकी अंश →


सुरक्षा कायम रहोस भनेर संयुक्त टोली द्वारा सिमा निगरानी

 कपिलबस्तु/संवाददाता पुस १७    कपिलबस्तुको कृष्णनगर सिमा क्षेत्रमा रहेको मित्र राष्ट्र भारतको सिद्धार्थनगर जिल्लाको बढनी बाजार देखी पूर्व र पश्चिम सिमा क्षेत्र हरु खुल्ला सिमाना भएका ले कृष्णनगर सिमा सुरक्षा बल र बढनी सिमा सुरक्षा बल दुबै एक अर्का को सहयोग ले खुल्ला सिमा मा घटने  अबैध गतिबिधिहरु लाई रोक्न...बाँकी अंश →


स्टकमा पाँच कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौँ, १७ पुस,, नेपाल स्टक एक्सचेञ्जमा आज विभिन्न पाँच कम्पनीको शेयर मूल्य समायोजन भएको छ । स्टकका अनुसार सिटिजन्स बैंक, साङ्ग्रिला डेभलपमेन्ट बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, समीट माइक्रोफाइनान्स र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको शेयर मूल्य समायोजन भएको हो । ती कम्पनीले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट शेयर एवं...बाँकी अंश →


जाडोमा पनि आरोहण आकर्षण

काठमाडौँ, १७ पुस,, जाडो याममा पनि हिमाल आरोहणको आकर्षण उत्तिकै बढ्दो छ । यस सिजनमा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल तथा चुली (पिक) आरोहण गर्न विभिन्न मुलुकका पर्वतारोही जाने गरेका छन् । पर्यटन विभागका अनुसार गत वर्षको हेमन्त ऋतुमा सगरमाथासहित हिमाल र चुली आरोहणका लागि १० वटा आरोहण दल आएका थिए...बाँकी अंश →


तरकारीले बजार नपाउँदा किसान निराश

बनेपा, १७ पुस,, दुःख गरेर बारीमा फलाएको तरकारीले बजार नपाएपछि काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–२, नाग्रेगगर्चेका किसान आफैँ खाने र बाँकी रहेको तरकारी आफन्तलाई बाँडेरै सिध्याउन बाध्य भएका छन् । किसानले बारीमा फलाएको गोलभँेडा, काउली, खुर्सानी, प्याज, लसुन, काँक्रोलगायतका तरकारी स्थानीयस्तरमा बिक्री नहुने र बजारसम्म पु¥याउनको लागि सवारीसाधनको सुविधा नहुँदा बिक्री नहुने...बाँकी अंश →


सेनाले बनाएको पुल तोडफोड

बलेवा, १७ पुस,,  नेपाली सेनाले बनाएको कालीगण्डकी कोरिडोरको छोरेलौँवा खोलाको पुल तोडफोड भएको छ । जैमिनी नगरपालिका–७ जैदीस्थित यो खोलाको पुल सोमबार राति अज्ञात समूहले फोडेको स्थानीयले बताए । गत असारमा सेनाले निर्माण सकेर तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सो पुलको उद्घाटन गर्नुभएको थियो । क्षेत्रीको नामसहितको विवरण राखिएको शिलालेख र...बाँकी अंश →


विद्यालयमा आधुनिक कम्प्युटर ल्याब

नुवाकोट, १७ पुस,, विद्यालयमा कम्प्युटर शिक्षालाई प्रभावकारीरूपमा अध्ययन गराउन यहाँको बेलकोटगढी–१० बेलकोटमा रहेको निरञ्जना माध्यमिक विद्यालयमा आधुनिक कम्प्युटर ल्याब स्थापना गरिएको छ । अमेरिकी नागरिकको लगानीमा विद्यालयमा रु १५ लाखको लगानीमा २५ वटा कम्प्युटरसहितको ल्याब स्थापना गरी सञ्चालन गरिएको व्यवस्थापन समितिका अध्यक्ष राजकुमार रेग्मीले जानकारी दिनुभयो । अमेरिकी नागरिक इलेन...बाँकी अंश →


भ्रष्टाचार र हत्याहिंसा बढेको आरोप

हिलिहाङ, १७ पुस,, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले वाइड बडी जहाज खरीद प्रक्रियामा रु चार अर्ब बढी घोटाला भएको भनिए पनि सरकारले खरीद प्रक्रियामा संलग्नलाई कारवाही गर्न नसकेको आरोप लगाउनुभएको छ । पाँचथरको फिदिममा आज बिहान पार्टीका कार्यकर्तासँगको भेटघाटमा पूर्वसिँचाइमन्त्री यादवले देशमा भ्रष्टाचार र हत्याहिंसा बढेको, ३३ किलो सुनकाण्डमा...बाँकी अंश →


प्रदेश नं ३ मा १३ शीत भण्डार बन्दै

हेटाँैडा, १७ पुस,, प्रदेश नं ३ सरकारले प्रदेशका १० जिल्लामा तरकारी तथा फलफूलको सुरक्षित भण्डारण गर्ने गरी शीतभण्डार सञ्चालन गर्ने भएको छ । शीतभण्डार निर्माणका लागि प्रस्ताव समेत आह्वान भएपछि शीतभण्डार बन्ने पक्का भएको हो । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार उपत्यकाबाहेक मकवानपुर, धादिङ, सिन्धुली, रामेछाप, दोलखा, रसुवा,...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter