२४ चैत २०८२

समाचार

काङ्ग्रेस संसदीय दलको कार्यसमितिमा सदस्य मनोनीत

काठमाडौँ, १८ पुस,, नेपाली काङ्ग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले पार्टी संसदीय दलको कार्यसमितिमा चारजना सदस्य आज मनोनीत गर्नुभएको छ । नेपाली काङ्ग्रेस संसदीय दलको सचिवालयका अनुसार सभापति देउवाले काङ्ग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १० को उपधारा २ (ग) बमोजिम उमेश श्रेष्ठ...बाँकी अंश →


वाइड बडी खरीदमा रु चार अर्ब ३५ करोड नोक्सानी भएको प्रतिवेदन

काठमाडौँ, १८ पुस,, प्रतिनिधिसभा, सार्वजनिक लेखा समिति मातहत गठित उपसमितिले नेपाल वायुसेवा निगमको वाइड बडी विमान खरीद प्रकरणमा रु चार अर्ब ३५ करोड ५६ लाख घोटाला भएको प्रतिवेदन बुझाएको छ । सार्वजनिक लेखा समितिको आजको बैठकमा उपसमितिका संयोजक राजेन्द्र केसीले निगमका दुईवटा वाइड बडी खरीदका सम्बन्धमा गरिएको अध्ययन अनुसन्धानबाट वर्तमान...बाँकी अंश →


मुस्ताङमा पर्यटक बढे

मुस्ताङ, १८ पुस,, सन् २०१७ को तुलनामा २०१८ मा हिमाली पर्यटकीय जिल्ला मुस्ताङ भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या १२ प्रतिशतले वृिद्ध भएको छ । सन् २०१७ मा ५२ हजार ४७५ जना विदेशी पर्यटकले भ्रमण गरेका मुस्ताङमा सन् २०१८ मा ५९ हजार ८३८ पर्यटक आएका अन्नपूर्ण संरक्षण क्षेत्रको इलाका संरक्षण कार्यालय...बाँकी अंश →


दुर्घटनामा मृत्यु

काठमाडौँ, १८ पुस,, काठमाडौँको दुई छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुईको मृत्यु भएको छ । काठमाडौँ चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गाअड्डास्थित सडकमा ना ३ ख २४१ नम्बरको कन्टेनरले बा ७६ प ४५३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक नैकापका २४ वर्षीय गिभसन अधिकारीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ...बाँकी अंश →


कृषि विकास फार्म चन्द्रडाँगीलाई थप व्यवस्थित गरिने

सुरुङ्गा, १८ पुस,, झापाको शिवसताक्षी नगरपालिका–७ मा रहेको कृषि विकास फार्म चन्द्रडाँगीलाई थप व्यवस्थित गरिने भएको छ । नेपाल कृषि अनुसन्धान परिषद्ले सिफारिस गरेका धान, मकै र गहुँको मूल बिउ उत्पादन गरी नयाँ जातको बिउ कृषकलाई उपलब्ध गराउँदै आएको सो फार्मलाई थप व्यवस्थित गरिने भएको हो । नगरपालिका प्रमुख चन्द्रकुमार...बाँकी अंश →


इथियोपियाः आर्थिक विकासको चेपुवामा इतिहास मेटियो

आदिस अबाबा, १८ पुस,, इथियोपियाको राजधानी आदिस अबाबा निवासी बर्हानु मेगिट्सुको सयौं वर्ष पुरानो, त्रिकोणीय पर्खालले घेरिएको पारिवारिक भवनले इथियोपियाकै राजा महाराजा र सरकारहरुको उदय र अस्त देखेको छ । यसले आर्थिक गतिहीनता र तीव्र जनसंख्या वृद्धि देखे–भोगेको छ । कुनै समय धनाढ्य यहाँका मानिसहरुको जीवन एकाएक झुपडीको भीडमा परिणत...बाँकी अंश →


सिरियामा विद्रोही समूहबीच झडप, १९ को मृत्यु

बेरुत, १८ पुस,, उत्तरी सिरियामा परस्पर दुई विद्रोही समूहबीच भएको झडपको क्रममा कम्तीमा १९ जनाको मृत्यु भएको सिरियामा जारी द्वन्द्वलाई निरीक्षण गरिरहेका मानव अधिकारीवादी संस्थाले जानकारी दिएका छन् । सिरियाको पश्चिमी प्रान्त अलेप्पोको पश्चिमी भागमा अल कायदा आबद्ध हयात ताहरिर अल–शाम (एचटीएस) र सिरियाली विद्रोही समूह नुरेद्दिन अल–जिन्कीबीच झडप भएको...बाँकी अंश →


चीनसँग ताइवानको पुनःएकीकरण अपरिहार्यः राष्ट्रपति सी जिनपिङ

बेइजिङ, १८ पुस,, चीनका राष्ट्रपति सी जिनपिङले चीनसँग ताइवानको पुनः एकीकरण अपरिहार्य रहेको बताउनुभएको छ । उहाँले ताइवानलाई स्वतन्त्र मुलुक बनाउने कुनै पनि प्रयत्न आफूहरुलाई स्वीकार्य नहुने बताउँदै विषम परिस्थितिमा सैनिक शक्ति पनि प्रयोग गर्न चीन पछि नपर्ने चेतावनी दिनुभयो । चीनसँग ताइवान पुनः एकीकरण भएपनि चीनले लोकतान्त्रिक ताइवान होस्...बाँकी अंश →


राष्ट्रपतिबाट नमूना कृषि परियोजना अवलोकन

भद्रपुर, १८ पुस,, राष्ट्रपति विद्यादेवी भण्डारीले आज झापाको गौरादहस्थित नमूना कृषि परियोजनाको अवलोकन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले गौरादह नगरपालिका–५ स्थित महारानीझोडा महिला कृषि सहकारी संस्थामा आबद्ध साना किसानद्वारा प्रवद्र्धित एक सय बिघा जग्गामा सञ्चालित नमूना कृषि परियोजनाको अवलोकन गर्नुभएको हो । परियोजना स्थलमा गहुँ, मकै र कोदो खेती लगाइएको...बाँकी अंश →


नख्खु कारागारका कैदीबन्दीमध्ये थोरै मात्रै आयमूलक काममा

ललितपुर, १८ पुस,, नख्खु कारागारका कैदीबन्दीमध्ये थोरै मात्रै आयमूलक काममा लागेका छन् । झण्डै १५ प्रतिशत कैदीबन्दी मात्रै आयमूलक काममा संलग्न रहेको कारागार प्रशासनले जनाएको छ । कारागारभित्रै कुनै पनि उद्योग नहुँदा बाहिर सम्पर्कका आधारमा यी कैदीबन्दीले काम गरिरहेको जेलर जीवन दुलालले बताउनुभयो । कैदीबन्दी पटक÷पटक सरुवा भइरहने हुनाले बाहिरका...बाँकी अंश →


दीर्घकालीन योजनालाई प्राथमिकता दिनुपर्छ.. अध्यक्ष तिमिल्सिना

पर्वत, १८ पुस,, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लामो समयको राजनीतिक लडाइँपछि मुलुक विकास र समृद्धिको युगमा प्रवेश गरेको बताउँदै अब दीर्घकालीन योजना बनाएर अघि बढेमा विकासका कामले गति लिने बताउनुभएको छ । प्रदेश नीति तथा योजना आयोग गण्डकी प्रदेशले प्रथम पञ्चवर्षीय योजना तर्जुमा गर्न पर्वतको कुश्मामा आयोजना गरेको जिल्लागत सुझाव...बाँकी अंश →


वैदेशिक रोजगारीमा गएका महिला सम्पर्कविहीन

राँझा, १८ पुस,, वैदेशिक रोजगारीमा गएका बाँकेका १९४ महिला घरपरिवारबाट सम्पर्कविहीन भएका छन् । राम्रो रोजगारी पाइने प्रलोभनमा दलालमार्फत छिमेकी मुलुक भारत र खाडी राष्ट्रमा पुगेका महिला सम्पर्कविहीन हुन पुगेको मानवबेचविखन विरुद्ध क्रियाशील संस्थाले जनाएका छन् । बितेको एक वर्षमा १९४ महिलाका परिवारले खोजतलासका लागि नेपालगञ्जस्थित माइती नेपालको कार्यालयमा निवेदन...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter