
काठमाडौँ, १९ पुस,, राष्ट्रिय खेलकूद परिषद् (राखेप)को विशेष पहलमा विगत दुई वर्षदेखि रोकिएको पारिश्रमिक नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले पाउने भएका छन् । साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर नेपाल क्रिकेट संघमा देखिएको (क्यान) विवादले उग्ररुप लिएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो । त्यसपछि क्रिकेट...बाँकी अंश →

दमौली, १९ पुस,, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषिलाई सम्मानित पेशा बनाउनुपर्नेमा जोड दिनुभएको छ । ब्यास नगरपालिका–६ सिसाघाटस्थित श्याम्घा साना किसान सहकारीको चौथो साधारणसभाको आज उद्घाटन गर्दै नेता पौडेलले नेपालका अधिकांश किसान कृषिमा निर्भर भए पनि यो पेशा अपहेलित हुन पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाललाई किसानको देश...बाँकी अंश →

पोखरा, १९ पुस,, सिक्टस ग्रिनिङ भाइरसका कारण कास्कीका सुन्तला सखाप भएसँगै किसान मारमा परेका त थिए नै, जसोतसो बचेका ठाउँमा पनि बाँदर आतङ्कले पिरोल्न थालेको छ । कास्कीको भरतपोखरी, हंसपुरलगायत स्थानमा सुन्तला सखाप जस्तै भएका बेला निर्मलपोखरी, कृस्ती लगायतका स्थानका केही किसानले अभैm पनि सुन्तला उत्पादन राम्रो गरेका छन् ।...बाँकी अंश →

बैतडी, १९ पुस,, बैतडीको मेलौली नगरपालिकामा एम्बुलेन्स सेवा शुरु भएको छ । नगरपालिकाको रु १० लाख ४९ हजार बजेटमा नगरपालिकाले एम्बुलेन्स खरीद गरी बुधबारबाट सञ्चालनमा ल्याइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रसिंह नेगीले बताउनुभयो । २४ सैँ घण्टा सञ्चालन गरिने एम्बुलेन्स नेपाल सरकारको एम्बुलेन्स भाडादरमा चलाइने मेलौली नगरपालिकाले जनाएको छ ।...बाँकी अंश →

चितवन, १९ पुस,, कृषि तथा वनविज्ञान विश्वविद्यालयको स्वीकृति बिना निजी क्याम्पसले भर्ना आह्वान गरेपछि विवाद चुलिएर गएको छ । सो विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेका आठमध्ये सात वटा निजी क्याम्पसले मङ्गलबार र बुधबार पत्रिकामा विज्ञापन प्रकाशन गरेर भर्ना आह्वान गरेका छन् । उनीहरुले विश्वविद्यालयले हालै विश्वविद्यालय र आङ्गिकका लागि खुलाएको भर्नाको...बाँकी अंश →

कोनाक्री, १९ पुस,, गिनीको राजधानी शहर कोनाक्रीको तटीय सामुद्रिक इलाकामा नयाँ वर्ष मनाउनेक्रममा डुङ्गामा सवार व्यक्तिहरु चढेको डुङ्गा दुर्घटना हुँदा दुई जनाको मृत्यु हुनुका साथै कम्तीमा तीस जना बेपत्ता भएको स्थानीय अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । तटीय अधिकारीहरुका अनुसार दुर्घटनाग्रस्त सो डुङ्गामा कम्तीमा ४० जना यात्रु सवार थिए ।...बाँकी अंश →

बेरुत, १९ पुस,, सिरियाको उत्तर पश्चिम क्षेत्रमा विद्रोही समूहहरुबीचको दुई दिनदेखि जारी आपसी झडपमा मृत्यु हुनेको संख्या ५० जना पुगेको छ । सिरियाली युद्धको निगरानी गरिरहेको एक निकायले अल–कायदा समर्थित हायात तहरिर अल–शाम (एचटीएस) र विद्रोही समूहको एक गठबन्धनबीच पश्चिमी अलेप्पो प्रान्तमा झडप भएको जनाएको छ । बुधबार नै झिमेकी...बाँकी अंश →

बामाको, १९ पुस,, मालीको दुर्गम काउलोगोन गाउँमा नयाँ वर्षको अवसरमा शस्त्रधारी स्थानीयबासीबीच झडप हुँदा ३७ जनाको मृत्यु भएको छ । माली सरकारका अनुसार उक्त हत्या आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । मालीको गृह मन्त्रालयले मालीको सैन्यबललाई तत्कालै घटनास्थलमा पठाएको जनाएको छ । घटनास्थलमा पुगेको फौजले शंकास्पद सात जनालाई...बाँकी अंश →

लस एन्जलस, १९ पुस,, मनोरञ्जन उद्योगमा विश्वकै ठूलो कम्पनी डिस्नेले लगातार दोस्रो वर्ष सन् २०१८ मा करिब ७ अर्ब अमेरिकी डलरको व्यापार गरेको छ । डिस्नेले सन् २०१८ मा विश्वव्यापी रुपमा चर्चित “ब्लाक प्यान्थर”, “एभेन्जर्सः इन्फिनिटी वार” देखि एनिमेटेड सिक्वेल चलचित्र “इन्क्रेडिबल २” र पछिल्लो “स्टार वार्स” चलचित्र बजारमा ल्याएको...बाँकी अंश →

काठमाडौँ, १९ पुस,, बालकुमारीमा स्थापना हुने फोहर पानी प्रशोधन केन्द्रको शिलान्यासको तयारीको कुरा चलिरहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आज शिलान्यास हुने सो कार्यक्रमबारे बुधबार आफ्ना सचिवालयका कर्मचारीलाई निम्तोपत्र के कति पुग्यो भनेर खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले सोध्दै गर्दा छोरा प्रणव दाहाल मन्त्रीको कुर्सी नजिकको बिजुलीको ‘प्लग’ चलाउन...बाँकी अंश →

काठमाडौँ, १९ पुस,, प्रदेश नं ५ मा हुने आठौँ राष्ट्रिय खेलकूदका लागि गठित आठौँ राष्ट्रिय खेलकूद कार्यकारी समितिको तेस्रो बैठकले जिल्लालाई छनोट तथा खेल सामग्रीका लागि निकासा गरेको रकम र जिल्ला कोटा अनुमोदन गर्ने निर्णय गरेको छ । राखेपका सदस्य–सचिव एवं कार्यकारी समितिका अध्यक्ष केशवकुमार विष्टको अध्यक्षतामा लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस...बाँकी अंश →

सुर्खेत, १९ पुस,, कर्णाली प्रदेश सरकारद्वारा गठित उच्चस्तरीय बाढीपीडित समस्या समाधान समितिले पुनःस्थापनासम्बन्धी प्रतिवेदन अन्तिम चरणमा पुगेको जनाएको छ । समितिले पाँच महीनाको अवधिमा पीडितको वास्तविक तथ्याङ्क सङ्कलन, जग्गाको पहिचान र पुनःस्थापनासम्बन्धी कार्यविधि निर्माण अन्तिम चरणमा पुगेको जनाएको हो । समितिका सदस्य यज्ञ ढकालले पहिलो चरणमा विस्थापितको यकिन तथ्याङ्क सङ्कलन...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: