
वासिङ्टन, २० पुस,, अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका उत्तर कोरिया वार्ता चाँडै हुने बताउनुभएको छ । उहाँले दुई देशबीचको वार्ताको सम्भावना अझै रहेको र चाँडै नै वार्ता हुनसक्ने जानकारी दिनुभएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत वर्षको जुनमा उच्चस्तरीय वार्ता भएको थियो...बाँकी अंश →

तिरुवनंतपुरम, भारत, २० पुस,, दक्षिणी भारतको एउटा मन्दिरमा दुइ जना महिला प्रवेश गर्न लागेको कारण उत्पन्न विरोध प्रर्दशनपछि ७ सय ५० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ । दक्षिण भारतीय राज्य केरलामा अवस्थित हिन्दु धर्मावलम्बीहरुको सबरीमालामा परम्परागतरूपमा महिलालाई निषेध गरिएको र मन्दिरमा परम्पराविपरित गएर महिलाले...बाँकी अंश →

बाँके, २० पुस,, बाँकेका स्थानीय तहले निर्माण गरेका न्यायिक इजलास प्रयोगमा आउन सकेका छैनन् । एउटा इजलास निर्माण गर्दा ५० हजारदेखि तीन लाख रुपैयाँसम्म खर्च हुने गरेको छ । सबैभन्दा बढी रकम खर्च गरी बनाइएको नेपालगञ्ज उपमहानगरपालिकाको महङ्गो इजलासमा अहिलेसम्म एउटा पनि उजूरीमाथि छलफल तथा बहस हुन सकेको छैन ।...बाँकी अंश →

सङ्खुवासभा, २०,, धर्मदेवी नगरपालिकाको तेस्रो नगरसभाले दीर्घ प्रकृतिका रोगीलाई लक्षित गरी देशमै नमूनाको रूपमा स्वास्थ्य क्षेत्रमा उदाहरणीय कामको थालनी गरेको छ । नगरक्षेत्रका मिर्गौला, क्यान्सरपीडित, दम, मुटुका रोगीलगायतका कडा र दीर्घकालीन प्रकृतिका रोगको उपचारको अभावमा छटपटिरहेका नगरभित्रका विपन्न, गरीब, असहाय, अशक्त रोगीको लागि प्राथमिक उपचारसँगसँगै सुविधा सम्पन्न अस्पतालमा लैजान प्रेरित...बाँकी अंश →

वासिङटन, २० पुस,, अमेरिकी कङ्ग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सको सभामुखमा डेमोक्र्याटिक पार्टीकी वरिष्ट नेतृ न्यान्सी पेलोसी चुनिनु भएको छ । अमेरिकी संसदको सभामुख हुने उहाँ पहिलो अमेरिकी महिला नेतृ पनि हुनुभएको छ । संसदमा आठ वर्षपछि बहुमत हासिल गरेको डेमोक्र्याटिक पार्टीका तर्फबाट सभामुख पदमा अरु केहीले रुचि देखाएका भएपनि...बाँकी अंश →

काठमाडौँ, २० पुस,, सरकारले ७५३ वटा स्थानीय तहको प्रारम्भिक वर्गीकरण गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पूर्वाधार तथा सामाजिक विकासका आधारमा चार वर्गमा स्थानीय तहको वर्गीकरण गरिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी गराउनुभयो । उहाँका अनुसार अति दुर्गम ‘क’ वर्गका १६२, दुर्गम ‘ख’ वर्गका २१८, मध्यम ‘ग’...बाँकी अंश →

काठमाडौँ, २० पुस,, न्यू डायमण्ड स्पोर्टस क्लबको आयोजनामा दोस्रो संस्करणको न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुसको अन्तिम सातामा हुने भएको छ । यही पुस २५ गतेदेखि शुरु हुने उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा तीन विभागीय टोली...बाँकी अंश →

काठमाडौँ, २० पुस,, मुहानदेखि नै उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदीलाई सफा बनाउने उद्देश्यले जनजागरणमूलक अभियानलाई तीव्र बनाइएको छ । वाग्मतीको मुहानस्थित वाग्द्वारदेखिकै नदीलाई फोहर मिसिन नदिन वाग्मती सुन्दरता सरोकार मञ्चले गोकर्णेश्वर नगरपालिका–१ मा भेला गरेको छ । भेलाले श्रीहरी पोखरेलको नेतृत्वमा कार्यसमिति चयन गरेको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जस्थित...बाँकी अंश →

बेत्रावती, २० पुस,, नुवाकोटमा रहेको त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा बुधबार साँझ लागेको आगोले पु¥याएको क्षतिको बिहीबारदेखि मर्मत थालिएको छ । मर्मतको लागि जिल्लामा रहेका प्राविधिक र केन्द्रबाट आएका समेत गरी १८ जनाको टोली मर्मत तथा बन्द रहेको केन्द्र सञ्चालनमा खटिएको छ । उनीहरुलाई सहायकस्तरका कर्मचारीले पनि सहयोग पु¥याइरहेको केन्द्र...बाँकी अंश →

काठमाडौँ, २० पुस,, अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम चरणको खेल तालिका सार्वजनिक गरेको छ । एन्फाद्वारा आज सार्वजनिक गरिएको खेल तालिका अनुसार अन्तिम चरणका खेल यही पुस २१, २२ २३ र २४ गते सञ्चालन हुनेछन् । अन्तिम चरणको खेलअन्तर्गत २१ गते शनिबार दुई...बाँकी अंश →

बलेवा, २० पुस,, गण्डकी प्रदेश योजना आयोगले निर्माण गर्न लागेको प्रथम पञ्चवर्षीय योजना तर्जुमाका लागि जिल्लास्तरीय छलफल तथा सुझाव सङ्कलन अभियान थालेको छ । आयोगले पहिलो पटक बागलुङबाट सुझाव थालेको हो । यसअघि प्रदेश तहमा मात्र छलफल भएको थियो । छलफलबाट प्रदेश तहमा कस्ता प्रकारका दीर्घकालीन योजना सञ्चालन गर्ने भन्ने...बाँकी अंश →

राँझा, २० पुस,, ग्रामीण क्षेत्रमा रोग लुकाएर बसेका महिलाको स्वास्थ्य उपचारका लागि लायन्स क्लबले खोजी अभियान सञ्चालन गरेको छ । रोगबारे थाहा हुँदाहुँदै पनि लाजका कारण रोग पालेर बसेका महिलालाई खोज्न महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५– बी टुका निवर्तमान गभर्नर मधुसुदन शाक्यले जानकारी दिनुभयो ।...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: