
कञ्चनपुर, २२ पुस,, बेलौरी नगरपालिका–२ स्थित बन्दातालबाट हरेक वर्ष रु ६० लाख भन्दा बढीका माछा भारत र नेपालका बजारमा बिक्री गरिने गरिएको छ । माछा पालक सोवरन रानाले उत्पादन गरेका माछा सीमावर्ती भारतीय बजारमा सहजै बिक्री हुदै आएको बताउनुभयो । बार्षिक रुपमा नेपाली र भारतीय बजारमा गरी उहाँले रु ६०...बाँकी अंश →

काठमाडौँ, २२ पुस,, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा –प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान(नाफा) का नवनियुक्त प्राज्ञपरिषद् सदस्यलाई आज शपथ गराइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको उपस्थितिमा सम्बन्धित प्रतिष्ठानका कुलपतिले उहाँहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । सो अवसरमा नेपाल सङ्गीत प्रज्ञा–प्रतिष्ठानमा कुलपति नारायणभक्त श्रेष्ठ (रायन)...बाँकी अंश →

धम्बोझी, २२पुस,, बारबर्दिया दुदास्थित युवक माध्यमिक विद्यालयले आफ्ना संस्थापक प्रधानाध्यापक र शिक्षकका स्मृतिमा विभिन्न कक्षामा अध्यनरत तीन अपाङ्गता भएका छात्रछात्रालाई जनही रु ५ हजार र सात अन्य विद्यार्थीलाई जनही रु एक हजारका दरले छात्रवृत्ति वितरण गरेको छ । शैक्षिक तथा साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा बारबर्दिया नगरपालिकाका प्रमुख...बाँकी अंश →

काठमाडौँ, २२ पुस,, धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुुसार कारोवार मापक नेप्से परिसूचक सात दशमलव २२ विन्दुले घटेर एक हजार १७० दशमलव ७९ विन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव तीन विन्दुले घटेर २४८...बाँकी अंश →

कायरो, २२ पुस,, इजिप्टमा शनिबार एक चर्चको बाहिरी इलाकामा रहेको विस्फोट पदार्थ निष्क्रिय गर्ने क्रममा एक प्रहरीको मृत्यु भएको सुरक्षा स्रोतले जानकारी दिएको छ । इजिप्टको कायरो शहरको सीमा इलाकामा रहेको नासर शहरमा अवस्थित चर्चको बाहिरी इलाकामा रहेको उक्त विस्फोट पदार्थ निष्क्रिय गर्ने क्रममा भएको विस्फोटमा परी अन्य दुई प्रहरी...बाँकी अंश →

पोल्याण्ड, २२ पुस,, हिटरमा समस्या आएपछि पोल्याण्डमा भएको आगलागीमा परी पाँच किरोशीको मृत्यु भएको छ । पोल्याण्डको उत्तरी क्षेत्रमा रहेको एउटा घरको बन्द कोठाभित्र रहेका बेला हिटरमा समस्या उत्पन्न भएपछि भएको आगलागीमा परी उनीहरुको मृत्यु भएको अनुसन्धानकर्ताहरुले जनाएका छन् । कोस्जालिन सहरमा शुक्रबार यो आगलागीको घटना भएको हो । करिब...बाँकी अंश →

किनसासा, २२ पुस,, कङ्गोको राष्ट्रपतीय निर्वाचनको परिणामको विरुद्धमा हुन सक्ने सम्भावित हमला रोक्नका लागि संयुक्त राज्य अमेरिकाले सेना पठाएको छ । सो कुराको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिनुभएको छ । उहाँले कङ्गोमा राष्ट्रपतीय निर्वाचन र त्यसको परिणामसँग सम्बन्धित हिंसालाई मध्यनजर गरी अमेरिकाले सेना पठाएको जानकारी दिनुभएको छ । उहाँले...बाँकी अंश →

डोटी, २२ पुस,, बडीकेदार गाउँपालिका–५ लानाकेदारेश्वरका वडाध्यक्ष बुद्धिसागर बिनाडीले पारिश्रमिकको केही अंशबाट गाउँपालिका विभिन्न वडाका अपाङ्ग, असहाय, वृद्ध, दलितलाई आर्थिक सहयोग गर्नुभएको छ । उहाँले आफ्नो गाउँपालिकाका सबै वडामा रहेका असहायलाई रु दुई हजारका दरले आर्थिक सहयोग गर्नुभएको हो । उहाँले आफूले गरेको आर्थिक सहयोग धेरै ठूलो नभए पनि असहाय...बाँकी अंश →

घोराही, २२ पुस,, दाङमा रहेको टी–मार्ट सुपरमार्केटले कामदारको निःशुल्क जीवन बीमा गरिदिएको छ । घोराहीको भरतपुर भिङ्ग्रेली चोकमा अवस्थित टी–मार्टले ११ जना कर्मचारीको निःशुल्क जीवन बीमा गरिदिएको हो । सञ्चालक टीकाराम वलीले कर्मचारीको जीवन कुनै पनि अवस्थामा दुर्घटना हुन सक्ने र उक्त समयमा आर्थिकको समस्या नहोस् भनेर बीमा गरिएको बताउनुभयो...बाँकी अंश →

दमौली, २२ पुस,, तनहुँको व्यास नगरपालिका–४ सिमलटारस्थित डसना उद्योगमा आज बिहान आगलागी हुँदा रु २० लाखको क्षति भएको छ । बेथेल इन्जिनीयरिङ प्रालिले सञ्चालन गरेको डसना उद्योगमा विद्युत् चुहिएर आगलागी हुँदा रु २० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आगलागीबाट उद्योगमा रहेको सम्पूर्ण सामान पूर्णरुपमा नष्ट...बाँकी अंश →

रामपुर, २२ पुस,, पाल्पाको एक विद्यालयमा जन्मदिनका अवसरमा चक्लेट बाड््न निषेध गरिएको छ । रामपुर वडा नं–१० रामटारस्थित जङ्क फूड (पत्रु खाना) निषेध गरिएको जनकल्याण माध्यामिक विद्यालयमा जन्मदिनमा चकलेट दिने विद्यार्थीलाई कारवाही गरिने प्रधानाध्यापक आनन्दप्रसाद भण्डारीले बताउनुभएको छ । विद्यालयको वातावरणीय र पर्यावरणीय सुधार तथा स्वास्थ्य शिक्षासम्बन्धी चेतना जगाउन यस्तो...बाँकी अंश →

रुकुम, पूर्व, २२ पुस,, रुकुम (पूर्व) प्रदेश नं– ५ को एक मात्र हिमाली जिल्लामा निकै चिसो बढेकाले बिरामीको सङ्ख्या पनि प्रतिदिन बढिरहेको छ । विगतका वर्षमा स्थानीय स्वास्थ्य चौकीमा चिसो याममाभन्दा गर्मी याममा बिरामीको चाप बढी हुने गरेकामा अहिले चिसो याममै बिरामीको चाप बढेको छ । सिस्ने गाउँपालिका ५ रुकुमकोटका...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: