
सुर्खेत, २३ पुस,, इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले आइतबार बेलुकी छ किलो चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भेरीगङ्गा नगरपालिका–२ मदानेचौर सुर्खेतका ४२ वर्षीय हरिबहादुर खड्का र ५५ वर्षीय वीरबहादुर बूढा रहेका छन् । छ किलो ३०० ग्राम चरेशसहित खड्का र बूढालाई इलाका प्रहरी छिन्चुले पक्राउ गरी...बाँकी अंश →

बनेपा, २३ पुस,, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ सिसाखानीमा रहेको विद्याविकास प्राथमिक विद्यालयलाई आइतबार एक कार्यक्रमका बीच भूकम्प प्रतिरोधी भवन हस्तान्तरण गरिएको छ । २०७२ वैशाखमा गएको भूकम्पले विद्यालयको पाँच कोठे भवनमा क्षति पु¥याएपछि जीर्ण भवनमा नै अध्ययन अध्यापन हुँदै आइरहेको थियो । भवनमा क्षति पु¥याएपछि पुनःनिर्माणको लागि विद्यालयले गरेको आग्रहमा हिमाली...बाँकी अंश →

रियाद साउदी अरबिया ५ जनवरी २०१९ गत ४ जनवरी २०१९ शुक्रबार का दिन साउदी अरब को राजधानी रियाद स्थित मुस्लिम समुदायले रियाद बथाह प्यारागन होटलमा एक कार्यक्रम गरि मोहम्मद जैनुल अब्दिन को अध्यक्षतामा २५ सदस्यीय समितिको गठन गर्दै अन्तर्राष्ट्रिय मुस्लिम समाज साउदी अरबको स्थापना गरेको छ । सबैमाझ चिरपरिचित, समाजसेवी,...बाँकी अंश →
कावासोती, २३ पुस,, पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको मध्यबिन्दु नगरपालिका–११, बाहुनेकुनामा आज बिहान बस पल्टिँदा २२ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ । सुर्खेतबाट काठमाडौँका लागि छुटेको ना ५ख ४६९६ नम्बरको बस तीव्र गतिका कारण आफैँ अनियन्त्रित भई पल्टिँदा सो दुर्घटना भएको जिल्ला प्रहरी...बाँकी अंश →

काठमाडौँ, २३ पुस,, महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सुन र नगद चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले टोखा नगरपालिका–१ फूलबारीस्थित राजु तामाङको घरमा चोरी गर्ने नुवाकोटका ४० वर्षीय मुक्ति अधिकारीलाई आइतबार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले चोरी गरेको स्थानभन्दा पर...बाँकी अंश →

काठमाडौँ, २३ पुस,, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वदेशी औषधि उद्योगलाई विशेष संरक्षण गर्दै औषधिको प्रभावकारी व्यवस्थापन गर्ने भएको छ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवको अध्यक्षतामा आइतबार बसेको औषधि परामर्श परिषद्को १५ औँ बैठकमा औषधिको मूल्य निर्धारण, अनुगमन समिति निर्माण तथा प्रभावकारी व्यवस्थापन गर्ने विषयमा छलफल भएको थियो...बाँकी अंश →

बागलुङ, २३ पुस,, प्रवीण खड्का स्मृति सेवा कोष बागलुङले अपाङ्गताको क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई सम्मान र शारीरिक अपाङ्गता भएका विद्यार्थीलाई पुरस्कार प्रदान गरेको छ । बागलुङ नगरपालिका–२ का स्व प्रवीण खड्काको स्मृतिमा स्थापित कोषद्वारा आइतबार आयोजित एक समारोहमा सम्मान तथा पुरस्कार वितरण गरिएको हो । अपाङ्गताको क्षेत्रमा योगदान पु¥याएबापत पर्वत,...बाँकी अंश →

भद्रपुर, २३ पुस,, मेची आँखा अस्पताल बिर्तामोडले चार महीनामा २८ हजार १८३ विद्यार्थीको आँखा जाँच गरेको छ । अर्विस संस्थाको सहयोगमा नेपाल नेत्रज्योति सङ्घ र मेची आँखा अस्पतालले साझेदारी गर्दै सो कार्य गरेको हो । सन् २०२१ सम्ममा झापाका दुई लाख २० हजार विद्यार्थीको निःशुल्क आँखा जाँच गर्दै दृष्टिदोष हुन...बाँकी अंश →

भरतपुर, २३ पुस,, २०६७ सालदेखि प्राथमिक तहका विद्यार्थीलाई दिइँदै आएको दिवाखाजा कार्यक्रम हटेपछि चितवनको पहाडी क्षेत्रका चेपाङ बालबालिका नियमित विद्यालय जान छाडेका छन् । खाजा कार्यक्रमपछि आर्थिक अवस्था निकै कमजोर भएका चेपाङ समुदायका बालबालिकाको विद्यालयमा भर्नादर र उपस्थिति दर बढेको थियो तर भदौदेखि सरकारले दिँदै आएको खाजा कार्यक्रम हटेपछि चेपाङ...बाँकी अंश →

बेझाड, २३ पुस,, रामपुरमा धारिलो हतियार प्रयोग गरी एक व्यक्तिको हत्या भएको छ । रामपुर नगरपालिका–४ बस्ने ५५ वर्षीय भलबहादुर कुमाललाई ३६ वर्षीय मनोज थापाले हँसियाले घाँटीमा हानेर हत्या गरेका हुन् । आइतबार साँझ जलदेवीस्थान भन्ने ठाउँमा दुई व्यक्तिबीच आपसी झपडा हुँदा सो घटना घटेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको...बाँकी अंश →

काठमाडौँ, २३ पुस,, भृकुटीमण्डपमा धेरै वस्तुहरु प्रदर्शन भइरहेको हुन्छ । तर नेवार समुदायको संस्कृति झल्काउने अजङ्गका बुद्धमूर्तिले भने धेरै दर्शकको ध्यान तानेको छ । शनिबार भृकुटीमण्डपमा तेस्रो उदाय मुना ज्याझ्व कार्यक्रममा प्रदर्शनमा राखिएको मानिसभन्दा अग्लो अर्थात झण्डै ९ फीट उचाइको धलौटको बुद्धमूर्तिमा दर्शकको आकर्षण देखिएको थियो । प्रदर्शनमा एउटा मात्र...बाँकी अंश →

सल्यान, २३ पुस,, सल्यानमा पहिलोपटक सरकारी कार्यालयमा स्तनपान तथा शिशु स्याहार कक्ष स्थापना गरिएको छ । जिल्ला हुलाक कार्यालय सल्यानमा कार्यालयमा आउने सेवाग्राही तथा कर्मचारीको सुविधाका लागि स्तनपान तथा शिशु स्याहार कक्ष स्थापना गरिएको हो । कार्यालयमा आउने शिशुसहितका सेवाग्राही तथा महिला कर्मचारीले आफ्ना बच्चालाई स्तनपान तथा शिशु स्याहार गर्न...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: