२८ चैत २०८२

समाचार

कोरियासँगको बैठकका लागि ठाउँ खोज्दै अमेरिका

वासिङटन, २३ पुस,, संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीचको बैठकका लागि ठाउँ खोज्दै गरिएको जानकारी अमेरिकाले दिएको छ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सो जानकारी दिनुभएको बताइएको छ । राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको आर्काे चरणको बैठकको तयारी भइरहेको जानकारी यसअघि नै भइरहेको बताइएको...बाँकी अंश →


खानी दुर्घटनामा भारतमा दुईको मृत्यु, १५ वेपत्ता

नयाँ दिल्ली, २३ पुस,,  भारतको दुर्गम उत्तरपूर्वी इलाकामा रहेको एक खानी दुर्घटनामा परी दुई व्यक्तिको मृत्यु भएको छ । प्रहरी स्रोतले सोमबार सो जानकारी दिएको छ । मेघालय राज्यमा गैरकानूनी रुपमा सञ्चालन हुदै आएको यस खानीमा फसेका १५ व्यक्तिको सुरक्षित उद्धारको लागि गत तीन हप्तादेखि कोशिस जारी रहेको छ ।...बाँकी अंश →


शेख हसिनाको आज प्रधानमन्त्रीमा शपथ

ढाका, २३ पुस,, बङ्गलादेशको अवामी लिगकी अध्यक्ष शेख हसिनाले सोमबार प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । गत डिसेम्बर ३० मा सम्पन्न निर्वाचनबाट उहाँको दलले संसदमा बहुमत हासिल गरेसँगै हसिना पुनः प्रधानमन्त्रीमा नियुक्त हुन लाग्नुभएको हो । उहाँ लगातार तेस्रो कार्यकालको लागि पुनः प्रधानमन्त्री बन्न लाग्नुभएको हो ।...बाँकी अंश →


इन्डोनेसियामा पहिरोबाट ३२ को मृत्यु

जकार्ता, २३ पुस,, इन्डोनेसियामा नयाँ वर्षको पूर्वसन्ध्यामा आएको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३२ पुगेको अधिकारीहरुले जनाएका छन् । बेपत्ता व्यक्तिहरुको एक हप्ता लामो खोजी कार्यपछि सोमबार अन्त्य गरिएको छ । पहाडी इलाकामा गएको यस पहिरोबाट उद्धारकर्ताहरुले शव तानेर निकालेका थिए । इन्डोनेसियाको पश्चिमी प्रान्त जाभामा भारी वर्षापछि पहिरो गएको...बाँकी अंश →


सिरियाबाट सबै अमेरिकी सैनिक फिर्ता हुँदैनन् – बोल्टन

जेरुसलेम, २३ पुस,, संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले सिरियामा तैनाथ अमेरिकी सेनाको फिर्तीका बारेमा विभिन्न पक्षसँग वार्ता शुरु भएको बताउनुभएको छ । उहाँले अमेरिकी सैनिक फिर्ती अघि सहयोगी मुलुकहरुको चासोलाई अमेरिकाले सुनिश्चित गर्ने स्पष्ट गर्नुभयो । इजरायल भ्रमणका क्रममा बोल्टनले व्यक्त गरेका धारणाले अमेरिकी सैनिक...बाँकी अंश →


व्यापार वार्ता गर्न अमेरिकी टोली चीनमा

बेइजिङ, २३ पुस,,  चीन र संयुक्तराज्य अमेरिकाबीच “व्यापार युद्ध”कै रुप लिएको व्यापार तनाव अन्त्य गर्ने उपायको खोजी गर्न अमेरिकी टोली चीन आइपुगेको छ । अमेरिकी व्यापार प्रतिनिधि जेफ्री गेरिसको नेतृत्वमा रहेको अमेरिकी प्रतिनिधिमण्डलले वार्ताका बारेमा संवाददाताहरुलाई थप विवरण दिन अस्वीकार गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महिनौंदेखि जारी विवाद...बाँकी अंश →


संस्थागत विद्यालयको नाम र परिचयपत्र नेपाली भाषामै लेख्न लगाइने

काठमाडौँ, २३ पुस,,  काठमाडाँै महानगरपालिकाले संस्थागत विद्यालयको नाम र विद्यार्थीलाई उपलव्ध गराउने परिचयपत्र नेपाली भाषामै राख्न लगाउने भएको छ । महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले आगामी शैक्षिकसत्रदेखि यसलाई अनिवार्य बनाउन लागिएकोे बताउनुभयो । “अङ्ग्रेजी भाषामा विद्यालय र विद्यार्थीको नाम हुँदा आफ्ना छोराछोरी कुन स्कूलमा पढ्छ र उनीहरुको नाम के हो...बाँकी अंश →


कोरिया छाडेर खोरियामा रमाउँदै

बलेवा, २३ पुस,,  पाँच वर्ष पहिला कोरिया पुग्नुभएका बागलुङकोे कुश्मीशेराका भीमप्रसाद आचार्यले मनग्य आम्दानी गर्ने र सुखसँग दिन काट्ने सपना देख्नुभएको थियो । काठमाडौँमा बसेर लामो समयको मेहनतपछि भाषा परीक्षापास गरेर उहाँ कोरिया पुग्नुभयो । विदेशमा कमाइ गर्न सहज छैन भन्ने थाहा पाएपछि आचार्य दुई वर्षपछि घर फर्किनु भयो ।...बाँकी अंश →


विमान खरीद प्रक्रियामा मेरो संलग्नता छैन : मन्त्री अधिकारी

काठमाडौँ, २३ पुस,,  संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीद प्रक्रियामा नीतिगत नेतृत्वबाहेक संस्थागत प्रक्रियामा कानूनीरूपमा कुनै पनि भूमिका नहुने भएकाले आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट गर्नुभएको छ । सो विमान खरीदका विषयमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा छानविन जारी रहेका बेला आफूले जिम्मेवारी...बाँकी अंश →


कठिन जङ्गल युद्धकला सिक्न विदेशी सैनिक आकर्षित हुँदै

कलैया, २३ पुस,, विशेषगरी सुरक्षा अङ्गको प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद क्षमता अभिवृद्धि गर्न जङ्गल युद्धकला तालीम अति महत्वपूर्ण अङ्ग मानिन्छ । नेपाली सेनाद्वारा यहाँ सञ्चालित प्रतिविद्रोह तथा जङ्गल ‘वारफेयर’ शिक्षालय अहिले विदेशी सैनिकलाई समेत जङ्गल युद्धकला सिक्ने उत्कृष्ट तालीम केन्द्र बन्न पुगेको छ । पछिल्लो वर्षयता विशेषगरी अमेरिका, चीन तथा भारतका...बाँकी अंश →


हावाबाट बिजुली झलमल

फिदिम, २३ पुस,, पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सप्तमी बजारकी धनमाया निरौलाको होटलमा झलमल बत्ती बलेको छ । नियमित बत्ती बल्न थालेपछि राति अबेरसम्म होटलमा काम गर्न सजिलो भएकोमा उहाँ खुशी हुनुहुन्छ । उहाँलगायत सप्तमीबजार झण्डै १०० घरमा केही दिनदेखि नियमित विद्युत् सुविधा पुगेको छ । स्थानीयवासीकै सक्रियता र नेपाल सरकारको सहयोगमा...बाँकी अंश →


पश्चिमी वायुको प्रभावले वर्षा

काठमाडौँ, २३ पुस,, पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकालगायत मुलुकका केही स्थानमा हल्का वर्षा भई चिसो बढेको छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यमखालको हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । फुलचोकी, चन्द्रागिरिलगायतका काठमाडौँ उपत्यका वरपरका उच्च डाँडाहरुमा पनि सामान्य हिउँ परेको छ । सोमबार दिउँसो देशभरको मौसम...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter