२६ चैत २०८२

समाचार

सडक दुर्घटनामा दुइको मृत्यु

याङ्गुन, २४ पुस,, म्यान्मारको दक्षिण क्षेत्रमा भएको एक सडक दुर्घटनामा परी कम्तीमा दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई महिला घाइते भएका गृह मन्त्रालयद्धारा मङ्गलबार प्रकाशित विज्ञप्तिमा जनाकारी दिइएको छ । सोमबार क्याउङ कोने नगर क्षेत्रमा सो दुर्घटना भएको थियो । पन्ध्र यात्रु सवार रहेका याङ्गुनबाट पाथेइनतर्फ गईरहेकोे बस छ...बाँकी अंश →


हिटर पड्किएर आगलागी

काठमाडौँ, २४ पुस,, जाडोको समयमा हिटरमा देखिएको विभिन्न समस्याले दुर्घटना हुनसक्ने भन्दै प्रहरीले सावधानी अपनाउन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालय काठमाडौँले ग्यास जडित तथा विद्युतीय सामग्री प्रयोग गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको हो । पुसको पहिलो हप्ता हिटरमा जोडेको ग्यास चुहिएर काठमाडौँ कलङ्कीका इञ्जिनीयर दम्पतीको ज्यान गएको...बाँकी अंश →


वैदेशिक रोजगार कार्यालय ताहचलबाट सात विचौलिया नियन्त्रणमा

काठमाडौँ, २४ पुस,, प्रहरीले वैदेशिक रोजगार कार्यालय ताहचलमा सेवाग्राहीलाई हैरानी दिने सात विचौलियालाई आज नियन्त्रणमा लिएको छ । श्रम स्वीकृति लिन आएका सर्वसाधारणलाई विभिन्न बहानामा दुःख दिएको भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको फलाने साँखुका २५ वर्षीय भरत तामाङ, मङ्गलटारका ३७ वर्षीय दिपु शाह र कोशीपारिका...बाँकी अंश →


मापसेका कारण ११६ नेपाली युएईको कारागारमा

काठमाडौँ, २४ पुस,, मादक पदार्थको सेवन (मापसे)का कारण सिर्जित समस्याबाट सबैभन्दा बढी नेपाली संयुक्त अरब इमिरेट्स (युएई) मा जेल जीवन बिताउन बाध्य भएको एक अध्ययनले देखाएको छ । आबुधावीस्थित नेपाली दूतावासले गत डिसेम्बर महीनामा युएईको सात वटा इमिरेट्समा रहेका आठ जेलमा गरेको अध्ययनका क्रममा मादक पदार्थका कारण ५८ प्रतिशत नेपाली...बाँकी अंश →


लागुऔषध नियन्त्रणमा प्रहरी सक्रिय

रुपन्देही, २४ पुस,, खुला सीमाका कारण रुपन्देहीमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएपछि नियन्त्रणका लागि प्रहरीले सक्रियता बढाएकोछ । प्रहरीले पछिल्लो एक हप्तामा १३ जना लागुऔषधका कारोवारीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ परेकामध्ये १० रुपन्देही, एक स्याङ्जा,...बाँकी अंश →


फेरि चल्दैछ ‘साक्षर नेपाल’ अभियान

काठमाडौँ, २४ पुस,, विगतमा पनि घोषणा भएर पूरा हुन नसकेको ‘साक्षर नेपाल’ अभियान अब आगामी वर्ष २०७६ का लागि निर्धारण गरिएको छ । नेपाल सरकारले विसं २०७२ मै साक्षर नेपालको लक्ष्य लिई लगातार साक्षरताका कार्यक्रम जारी राखेपनि हालसम्म मुलुक साक्षर हुन नसकेपछि सरकारले पुनः अभियानको घोषणा गरेको हो । अभियानले...बाँकी अंश →


अर्थमन्त्रालयको प्रस्टोक्ति – प्रमको सम्बोधन तथ्यमा आधारित

काठमाडौँ, २४ पुस,, अर्थमन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस २२ गते प्रतिनिधिसभामा गर्नुभएको सम्बोधन तथ्यमा आधारित रहेको स्पष्ट पारेको छ । उहाँले सम्बोधनको क्रममा उल्लेख गर्नुभएका केही तथ्याङ्कबारे सार्वजनिक भएका टिप्पणीप्रति उक्त मन्त्रालयले आफ्नो ध्यानार्कषण भएको जनाएको हो । मन्त्रालयले नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पहिलो चार...बाँकी अंश →


उत्तर कोरियाली नेता किम चीन भ्रमणमा

बेइजिङ, २४ पुस,, उत्तर कोरियाली नेता किम जोङ उन मङ्गलबार चीनको राजधानी बेइजिङ पुग्नुभएको छ । उहाँको यो भ्रमणबारे यसअघि केही खुलाइएको थिएन । चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको यो भेटलाई किमको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने गइरहेको अपेक्षित दोस्रो शिखर सम्मेलनको तयारीको रुपमा लिइएको छ । किम चिनियाँ राष्ट्रपति सी...बाँकी अंश →


दुई घण्टा अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित

काठमाडौँ, २४ पुस,,  सञ्चार उपकरणमा समस्या आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान करीब दुई घण्टा प्रभावित भएको छ । विमानस्थलको सञ्चार प्रणाली भिडियो हाई फ्रिक्वेन्सी (भिएचएफ) मा समस्या आएपछि उडानमा समस्या अएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार बिहान करीब ९ बजे विमानस्थलको सञ्चार उपकरणमा लाइन सर्ट भएपछि भिएचएफमा...बाँकी अंश →


न्यायिक समितिको अभ्यास शुरु

चितवन, २४ पुस,, भरतपुर महानगरपालिकामा रहेको न्यायिक समितिले इजलासको न्यायिक अभ्यास सोमबारबाट शुरु गरेको छ । महानगरले पहिलो अभ्यासस्वरूप न्यू खरेल भाँडा पसल तथा गिफ्ट सेन्टरले लक्की ज्वेलर्सविरुद्ध हालेको रिटको सुनुवाइ गरेको छ । सेन्टरले बिना जानकारी पसल बन्द गराइएको भन्दै सञ्चालनको वातावरण तयार गर्न माग गर्दै मुद्दा दर्ता गराएको...बाँकी अंश →


सम्बन्ध विच्छेदका मुद्दा बढे

भीमदत्तनगर, २४ पुस,,  गत भदौदेखि नयाँ मुलुकी देवानी संहिता ऐन, २०७४ लागू भएसँगै कञ्चनपुर जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दा बढेका छन् । विगतको भन्दा तुलनात्मकरूपमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गइरहेको कञ्चनपुर जिल्ला अदालत महेन्द्रनगरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिनुभयो । अदालतमा सम्बन्ध विच्छेदका ४९ मुद्दा दर्ता भएका छन् जसमा २५...बाँकी अंश →


छ वर्षीया बालिका बलात्कार अभियोगमा एक पक्राउ

भोजपुर, २४ पुस,,  भोजपुरको षडानन्द नगरपालिका–१० सामपाङमा ६ वर्षीया बालिका करणी गर्ने एक जना पक्राउ परेका छन् । बालिका करणी गरेको आरोपमा १६ वर्षीय जेम्सलाई प्रहरीले पक्राउ गरेको हो । बालिकालाई गत पुस १३ गते करणी गरेको भए पनि आफन्तले सोमबार प्रहरीमा उजुरी दिएपछि पक्राउ गरिएको हो । बालिकाको आज...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter