
बाँके, २७ पुस,, नेपालगञ्ज उपमहानगरपालिका भित्रकै सिङ्गो मनिकापुरगाउँ लालपुर्जाविहीन छ । अस्थायी लालपुर्जा र एउटा कागजको भरमा मनिकापुरमा ठूलो लगानीमा ठूलाठूला भवन निर्माण भइरहेका छन् । यसमा न घरधनी सुरक्षित छन् न त सरकारले राजश्व नै पाएको छ । यसले व्यापारिक शहर नेपालगञ्ज उपमहानगरपालिका नै लालपुर्जाविहीन शहरका रूपमा चिनिन थालेको...बाँकी अंश →

लमही, २७ पुस,, दाङमा पहिलो पटक छुुर्पी उत्पादन शुरु भएको छ । लमही नगरपालिका–५ को उद्यमशील कृषि बहुद्देश्यीय सहकारी संस्थाले गाईको दूधबाट छुर्पी उत्पादन शुरु गरेको हो । संस्थाका व्यवस्थापक विश्वप्रकाश अधिकारीका अनुसार गाईको दूधबाट छुर्पी उत्पादन गरेर सहकारीमार्फत नै बजारमा लगिएको छ । बजारमा माग धेरै भए पनि अहिले...बाँकी अंश →

काठमाडौँ, २७ पुस,, युवा तथा खेलकूद मन्त्रालयले पछिल्लो समय खेल सङ्घमा देखिएको विवाद समाधान गर्न गठित समितिको म्याद एक महीना थप गरेको छ । गत मङ्सिर १७ गते युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको मन्त्रिस्तरीय निर्णयबाट राष्ट्रि«य खेलकूद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनाको संयोजकत्वमा तीन सदस्यीय गठन भएको उक्त समितिको म्याद एक...बाँकी अंश →

लहान, २७ पुस,, हुकिङ गरी विद्युत् चुहावट गर्ने दुई दर्जन व्यक्तिलाई विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले पक्राउ गरेको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले लहानको पड्रिया, मटियर्वा, बर्छवालगायतका स्थानबाट २४ जनालाई पक्राउ गरेको हो । विद्युत् चुहाबट नियन्त्रणका लागि अनुगमन निरीक्षणको क्रममा हुकिङ गरी...बाँकी अंश →

परासी, २७ पुस,, कृषि क्याम्पस सञ्चालनमा आएपछि यहाँका विद्यार्थी उत्साहित भएका छन् । कृषि तथा वन विज्ञान सङ्काय अध्ययन गर्ने आफूहरुको चाहना साकार भएको विद्यार्थी बताउँछन् । पश्चिम नवलपरासीमा निजी क्षेत्रको पहलमा कृषि क्याम्पस सञ्चालनमा आएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनले सुनवल–१२ भूमहीस्थित रामनगर टेक्निकल एण्ड...बाँकी अंश →

पर्वत, २७ पुस,, पर्वतको फलेबास नगरपालिका–३ का द्रोणराज भुसालको घर भूकम्पमा पूर्ण क्षतिको सूचीमा छ । पूर्ण क्षतिमा भए पनि उहाँले क्षतिग्रस्त घर भत्काउनुभन्दा पहिलो किस्तामा बुझेको अनुदान फिर्ता गर्न उचित ठान्नुभयो । “घर नबनाई पहिलो किस्ताको अनुदान फिर्ता गरेँ”, भुसालले भन्नुभयो, “दुई कोठाको घर बनाउनुभन्दा फिर्ता गर्न उचित देखेँ...बाँकी अंश →

डोल्पा, २७ पुस,, हिमाली जिल्ला डोल्पाका एक वडाध्यक्ष बुद्धमूर्ति चोरीको आरोपमा पक्राउ परेका छन् । उपल्लो डोल्पाको डोल्पोबुद्घ गाउँपालिका–५ का वडाध्यक्ष कार्मा गुरुङलाई प्रहरीले मूर्ति चोरीको आरोपमा पक्राउ गरेको हो । शे– फोक्सुण्डो गाउँपालिका–४ स्थित राहाप गुम्बाका बुद्ध मूर्ति चोरीको आरोपमा वडाध्यक्ष गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । वडाध्यक्ष...बाँकी अंश →

भद्रपुर, २७ पुस,, प्रदेश नं १ को सांस्कृतिक, भाषिक, जातीय तथा पर्यटनका बजारयोग्य सम्पदाहरुलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यका साथ झापाको बाहुनडाँगीमा पाँचौँ एशियाली ग्रामीण पर्यटन महोत्सव हुने भएको छ । माघ ११ देखि १५ गतेसम्म पाँच दिन मेचीनगर–४ बाहुनडाँगीमा सञ्चालन हुने उक्त महोत्सवमा नेपाल, भारत, भूटानलगायतका मुलुकको सहभागिता रहने महोत्सव आयोजक...बाँकी अंश →

अमरगढी, २७ पुस,, उचित संरक्षण नभएपछि डडेल्धुरा जिल्लाका पुरातात्विक महत्वका प्राचीन धार्मिक देवल ओझेलमा पर्न थालेका छन् । जिल्लाको सदरमुकाम पश्चिम क्षेत्रमा अजयमेरु गाउँपलिका–५ मा अवस्थित देवदिव्यपुरका प्रसिद्ध देवलको समुचित संरक्षण र संवद्र्धन हुन नसकेपछि पुरातात्विक महत्वका यी ठाउँहरू ओझेलमा पर्न थालेका हुन् । जिल्लाकै प्रसिद्ध देवलहरु मानिँदै आएका यी...बाँकी अंश →

बाजुरा, २७ पुस,, खप्तड छेडेदह गाउँपालिकाका बासिन्दाले गाउँमै नागरिकता र चिकित्सा सेवा पाएका छन् । सर्वसाधारणको सहजताका लागि गाउँपालिकाले डोगडीमा एकीकृत घुम्ती शिविर सञ्चालन गरेपछि स्थानीयवासीले गाउँमै नागरिकता र चिकित्सा सेवा पाएका हुन् । शिविरबाट ५५९ जनाले नागरिकता बनाएका छन् । जसमा महिला ३२५ र पुरुष २२४ रहेका छन् ।...बाँकी अंश →

काठमाडौँ, २७ पुस,, नख्खु कारागारका भूकम्पका समयमा क्षतिग्रस्त ब्लकको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । आगामी असारसम्ममा दुई ब्लकको काम सक्ने योजना रहेको जेलर जीवन दुलालले बताउनुभयो । भूकम्पका समयमा यहाँका ब्लक पूर्ण क्षतिग्रस्त भएपछि दुई वर्ष अघिदेखि यहाँ पुनःनिर्माण शुरु भएको थियो । कम्युनिटी रिहविलिटेशन सेन्टर (सिआरसी) र ड्रग्स...बाँकी अंश →

लन्डन, २६ पुस,, बेलायती कम्पनी जागुअर ल्यान्ड रोभरले कम्तीमा पाँच हजार कर्मचारी कटौती गर्ने तयारी गरेको बिबिसीले जनाएको छ । चीनमा ल्यान्ड रोभरको बिक्री घटेको तथा युरोपेली युनियनबाट बेलायत अलग्गिने (ब्रेक्जिट) सम्झौताका कारण कम्पनीले कर्मचारी कटौती गर्ने तयारी गरेको हो । बेलायतको लोकप्रिय कार निर्माता यस कम्पनीमा हाल ४० हजारभन्दा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: