२५ चैत २०८२

समाचार

तीन विधेयक पारित

काठमाडौँ, २९ पुस ,, प्रतिनिधिसभाको आजको बैठकले विभिन्न तीन विधेयकलाई बहुमतले पारित गरेको छ । आजको बैठकले पारित गरेका विधेयकमा सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५, निवृत्तिभरणकोष विधेयक, २०७५ र भुक्तानी तथा फछ्र्यौट विधेयक, २०७५ रहेका छन् । बैठकमा वन तथा वातारणमन्त्री शक्तिबहादुर बस्नेतले सङ्कटापन्न...बाँकी अंश →


बुद्धका मूर्ति चोरी गर्ने पक्राउ

काठमाडौँ, २९ पुुुस ,, महानगरीय प्रहरी परिसर काठमाडौँले पुराना बुद्धका मूर्तिसहित एक जनालाई पक्राउ गरेको छ । टोलीले स्वयम्भू, सीतापाइला र भगवानपाउ इलाकामा पुरातात्विक महत्वका मूर्ति बेचविखन तथा कारोबार हुँदैछ भन्ने विशेष सूचनाका आधारमा सिन्धुलीका ३९ वर्षीय दिलबहादुर ल्योलेलाई शनिबार साँझ पक्राउ गरी आज सार्वजनिक गरेको हो । परिसरका प्रवक्ता...बाँकी अंश →


साझा प्रकाशनको धर्ना स्थगित

काठमाडौँ, २९ पुस ,,  बक्यौताको ५० प्रतिशत रकम पाउने भएपछि साझा प्रकाशनमा गत साउनदेखि धर्नामा रहेका अवकाशप्राप्त कर्मचारीले आन्दोलन स्थगित गरेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयमा आज प्रकाशनको व्यवस्थापक र आन्दोलनरत पक्षबीच भएको वार्तामा सो सहमति भएको हो । उत्पादनविहीन र रुग्ण बनेको सो संस्थाका अवकाशप्राप्त...बाँकी अंश →


त्रियुगा सहकारीको रु ६८ करोड कारोवार

सप्तरी, २९ पुस ,,  किसानको जीवनस्तर उकास्ने उद्देश्यले स्थापित त्रियुगा सहकारी संस्थाले आर्थिक वर्ष २०७४÷७५ मा रु ६८ करोड २४ लाख ८५ हजारको आर्थिक कारोवार गरेको छ । जिल्लाको फतेपुर, ओद्राहा, कमलपुर, पिप्रा पूर्व, कञ्चनरुप, जगतपुर र धर्मपुरलाई कार्यक्षेत्र बनाई विसं २०३३ मा स्थापित संस्थाको आज भएको १७औँ वार्षिक साधारणसभामा...बाँकी अंश →


संस्थानद्धारा रु एक करोड बढीकोे धान खरिद

वीरगञ्ज, २९ पुस ,, यहाँस्थित नेपाल खाद्य संस्थान कार्यालयले रु एक करोड १३ लाख ७७ हजार ४०० मूल्य बराबरको चार हजार ६२४ दशमलव २३ क्विन्टल धान खरिद गरेको छ । सरकारले प्रतिक्विन्टल रु दुई हजार ४६० रुपैयाँ ५७ पैसामा धान खरिद गर्ने समर्थन मूल्य तोकेपछि संस्थानले अहिले दैनिक ३०० देखि...बाँकी अंश →


बटर उद्योगले बदामको मूल्य राम्रो

खोटाङ, २९ पुस ,, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमा पिनट्स बटर उद्योग सञ्चालन भएपछि यहाँ उत्पादित बदामले राम्रो मूल्य पाएको छ । जापानिज नागरिक कोतो बुकिनाकाको लगानीमा सञ्चालित उद्योगले कच्चा पदार्थका रुपमा बदाम खपत गर्न थालेपछि मूल्य पाएको हो । उद्योगले प्रतिकेजी रु २५० का दरले किसानबाट बदाम खरिद गर्ने गरिएको...बाँकी अंश →


माथिल्लो तामाकोशीको शेयर कारोवार शुरु

काठमाडौँ, २९ पुस  ,, नेपाल स्टक एक्सचेञ्जमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर कारोवार शुरु भएको छ । स्टकले सुरुआती कारोवारका लागि प्रतिकित्ता न्यूनतम ७४ रुपैयाँ ८९ पैसा र अधिकतम २२४ रुपैयाँ ६७ पैसा रहने गरी मूल्य निर्धारण गरेको छ । माथिल्लो तामाकोशीले गत बिहीबार १० करोड ५९ लाख कित्ता साधारण...बाँकी अंश →


इञ्जिनीयरिङ कलेज अध्ययन कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौँ, २९ पुस ,, प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत गठित नेपाल इञ्जिनीयरिङ कलेज, चाँगुनारायण भक्तपुरको विवाद सम्बन्धमा अध्ययन गर्न गठित कार्यदलले समितिसमक्ष प्रतिवेदन प्रस्तुत गरेको छ । समितिका सदस्य योगेश भट्टराईको संयोजकत्वमा गठित कार्यदलले कलेज निजीस्तरमा सञ्चालन नभएको स्पष्ट गरेको छ । कलेजका संस्थापक सञ्चालक समितिका सदस्य लम्बोदर न्यौपाने र...बाँकी अंश →


माघीमय बाँके र बर्दियाका थारू बस्ती

बाँके, २९ पुस ,,  थारूहरुको सबैभन्दा ठूलो पर्व माघी नजिकिएको छ । बाँके र बर्दियाका थारू बस्तीमा माघी पर्वको तयारीले रौनक छाएको छ । थारू युवती अहिले घर लिपपोतका साथै जाँड, ढिक्री, रोटी तयार पार्न व्यस्त छन् । नयाँ वर्ष आरम्भका रुपमा उल्लासका साथ मनाइने यो पर्वको चहलपहल यहाँ शुरु...बाँकी अंश →


नौमती बाजा संरक्षणमा गुरुङ समुदाय

तेह्रथुम, २९ पुस ,,  कुनै बेला दलित समुदायले मात्र बजाउँदै आएको नौमती बाजा लोप हुनलागेको भन्दै यहाँका गुरुङ समुदाय तिनको संरक्षणमा जुटेका छन् । बाजा बजाएकै कारण अन्य समुदायबाट अपहेलित हुनुपर्दा गाउँका दलित समुदायले बजाउन छाडेका बाजा सङ्कलन गरेर म्याङलुङ नगरपालिका–७ हरिसे बस्तीका गुरुङ समुदायले बाजा संरक्षणका लागि अभियान थालेका...बाँकी अंश →


दुर्घटनामा एकको मृत्यु

कावासोती, २९ पुस ,,  पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावसोतीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । आज बिहान डण्डाबाट नारायणगढका लागि छुटेको ना४ख ७९२८ नंको बसले ना४९प २२०७ नंको मोटरसाइकललाई ठक्कर दिँदा रौतहट गोमरिया घर भई हाल कावासोतीमा मिस्त्री काम गर्दै आएका ३५ वर्षीय दमेन्द्र यादवको मृत्यु भएको हो...बाँकी अंश →


सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण–विशेष समय

काठमाडौँ, २९ पुस ९ ,,  प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद कमला रोक्काले रुकुम पूर्वमा सञ्चालित कतिपय विकास निर्माणका आयोजना अलपत्र अवस्थामा परेको भन्दै आयोजनालाई समयमै प्रभावकारी रुपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद डा मीनेन्द्र रिजालले आर्थिक समृद्धिको नारा लिएको सरकारले विलासिताको सुविधा उपयोग गर्नेगरी करोडौँ मूल्यमा सवारीसाधन...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter