
काठमाडौँ, २ माघ ,, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा रहेको बताउनुभएको छ । एक्काइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आज सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी सुरक्षित आवास, विद्यालय, बस्ती हुँदै सुरक्षित मुलुक निर्माणको अभियानमा छौँ, भूकम्प प्रभावित क्षेत्रमा सबै खालका संरचना भूकम्प प्रतिरोधी र...बाँकी अंश →

परासी, २ माघ ,, पश्चिम नवलपरासीको सरावल गाउँपालिकास्थित धनेवा खोलामा निर्माणाधीन पुल ६ वर्ष बित्दा पनि बन्न सकेको छैन । सरावलको वडा नं ६ र ७ जोड्ने उक्त पुल समयमै नबन्दा स्थानीयवासीलाई सास्ती भएको छ । वर्षात्मा खोला तर्दा जोखिम हुन्छ । सो खोला तर्ने क्रममा बाढीले बगाउँदा दुई जनाको...बाँकी अंश →

ताप्लेजुङ, २ माघ ,, जिल्ला अस्पतालसँग दुई एम्बुलेन्स भएपनि लामो समयदेखि प्रयोगविहीन अवस्थामा हुँदा सेवाग्राही मारमा परेका छन् । एउटा एम्बुलेन्स वर्षाँैदेखि बिग्रिएर थन्किएको छ । गत भदौमा स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको अर्को एम्बुलेन्स अहिलेसम्म प्रयोगमा आउन सकेको छैन । सरकारी अनुदानमा उपलब्ध सो एम्बुलेन्स बिरामी बोक्नुको सट्टा अन्य...बाँकी अंश →

म्याग्दी, २ माघ ,, ट्र्याक खुलेको एक दशकपछि बेनी नगरपालिका–३ दूधेखोलादेखि भकिम्ली जोड्ने सडकको स्तरोन्नति थालिएको छ । भकिम्लीका बासिन्दाले चन्दा सङ्कलन गरेर ट्र्याक खोलेको कच्ची र साँघुरो अवस्थाको दूधेखोला–हल्लेगौडा–डाँडाखानी–डोले हँुदै मुसुङ्ग जोड्ने १३ किलोमिटर सडकलाई बेनी नगरपालिकाले स्तरोन्नति गर्न लागेको हो । बेनी नगरपालिकाले विनियोजन गरेको रु ३३ लाख...बाँकी अंश →

बेत्रावती, २ माघ ,, नुवाकोट, रसुवा र धादिङमा सेवा पु¥याउने उद्देश्यले विदुरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना गरिएको छ । खाद्य सामग्रीसम्बन्धी तीन जिल्लामा बजार अनुगमन, निरीक्षण, नमूना सङ्कलन, परीक्षण, मुद्दा दायर, जनचेतना अभिवृद्धि एवं परामर्शलगायत सेवा पु¥याउन कार्यालय स्थापना गरिएको हो । कार्यालयमा वरिष्ठ खाद्य अनुसन्धान...बाँकी अंश →

धनुषा, १ माघ ,, जनकपुरसहित सम्पूर्ण तराई–मधेशमा आज तिला सङ्क्रान्ति धुमधामका साथ मनाइँदैछ । सूर्य मकर राशिमा सङ्क्रमण गरेको दिनलाई मकर सङ्क्रान्ति भनिन्छ । यस दिनलाई माघेसङ्क्रान्ति, तिला सङ्क्रान्ति, माघी वा खिचडी पनि भन्ने गरिन्छ । प्रदेश नं २ का सरकारले तिला सङ्क्रान्तिको अवसरमा सार्वजनिक बिदाको घोषणासमेत गरेको छ ।...बाँकी अंश →

भतरपुर, १ माघ ,, त्रिशूली र कालीगण्डकीको सङ्गम देवघाट बेणिमा पौडी खेल्ने क्रममा एकजना युवा बेपत्ता भएका छन् । आज बिहान ९.३० बजे नदीमा पौडी खेल्न गएका नवलपुर गँैडाकोटका २४ वर्षीय अमृत भनिने चित्रबहादुर गुरुङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिनुभयो । तनहुँतर्फबाट...बाँकी अंश →

चितवन, १ माघ ,, समयमा परीक्षण गर्न सके पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ । पाँच वर्षभित्र पाठेघरको मुखमा हुनसक्ने क्यान्सरका बारेमा जानकारी हुने भएपनि जनचेतनाको अभावमा वर्षेनी धेरै महिलाको यो रोगबाट मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार सन् २०१८ मा विश्वमा पाँच लाख ७० हजार महिलाको पाठेघरको...बाँकी अंश →

काठमाडौँ, १ माघ ,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघे सङ्क्रान्ति पर्वले नेपालीमा राष्ट्रिय एकता र सद्भाव अभिवृद्धि गर्ने अपेक्षा गर्नुभएको छ । माघेसङ्क्रान्ति पर्वको अवसरमा अध्यक्ष दाहालले आज शुभकामना सन्देश दिनुहुँदै यस पर्वले सबै नेपालीलाई मुलुकको समृद्धि, विकास र निर्माणमा एकताबद्ध हुन प्रेरणा मिलोस् भन्ने कामना...बाँकी अंश →
नारायणपुर, १ माघ ,, अहिले थारु समुदायको अनुहार फेरिएको छ । बीस वर्ष पहिले जस्तो न गरीबी छ, न दासता । कमलरी बस्ने बालिकाहरु विद्यालय पुगेका छन् भने वर्षौंदेखि मालिकको घरमा बस्दै आएका कमैयाहरु मुक्त भएका छन् । थारु समुदायको पहिचानको रुपमा रहेका वेशभूषा, भाषा र परम्परासमेत परिवर्तन हुँदै गएको...बाँकी अंश →

काभ्रेपलाञ्चोक, १ माघ ,, मण्डन देउपुर नगरपालिका–११ गैराथोकस्थित उमा सहशिक्षालय उच्च माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमण गएकी बालिका चार दिनदेखि बेपत्ता भएकी छिन् । कक्षा ५ मा अध्ययनरत ११ वर्षीया सुनमाया तामाङ गत पुस २७ गतेदेखि भक्तपुरबाट हराएकी हुन् । उक्त विद्यालयले आयोजना गरेको शैक्षिक भ्रमणका बेला भक्तपुरस्थित दरबार क्षेत्रबाट हराएकी...बाँकी अंश →

गलेश्वर, १ माघ ,, माघेसङ्क्रान्ति तरुल, सखरखण्ड, चाकु, खिचडी र कन्दमूल खाएर मनाइने पर्व हो । पछिल्लो समय म्याग्दीका ग्रामीण क्षेत्रमा तरुल र कन्दमूल पाइन छोडेपछि गाउँलेले ब्रोइलर कुखुराको मासु र भात खाएर माघेसङ्क्रान्ति मनाउन थालेका छन् । शहरमुखी प्रवृत्तिका कारण खेती गर्ने, बारी, कान्ला र खोरियामा तरुल, सखरखण्डलगायत कन्दमूल...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: