
कास्की, २ माघ ,, उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपाल निर्माणको प्रमुख आधार पर्यटन क्षेत्र भएको बताउनुभएको छ । पोखरा बुद्धचोकमा खुलेको होटल टास्क इन्टरनेशनलको आज उद्घाटन गर्दै उपराष्ट्रपति पुनले सरकारले पर्यटन, कृषि, जलविद्युत् (ऊर्जा) र जडीबुटीलाई समृद्धिको आधारका रुपमा लिनुपर्ने बताउनुभयो । “नेपालमा पर्यटनका लागि भौतिक पूर्वाधार कम छन्, पूर्वाधार...बाँकी अंश →

खोटाङ, २ माघ ९ ,, एँेसेलुखर्क गाउँपालिकाको सातवटा माध्यमिक विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन गर्न सौर्य विद्युत् प्रणाली जडान गरिएको छ । त्रिभुवन मावि ९एँेसेलुखर्क०, माक्पा मावि ९माक्पा०, कालिका बालविकास मावि ९राखा०, कालिका मावि ९बाकाचोल०, शान्तोद्धय मावि ९ज्यामिरे०, सिम्ले मावि ९जलेश्वरी० र शिशु मावि ९महेश्वरी०मा सोलार प्यानेल जडान गरिएको हो ।...बाँकी अंश →

नेपालगञ्ज, २ माघ ,, बाँकेको जानकी गाउँपालिकामा भित्री सडक निर्माणको कामलाई तीब्रता दिन थालिएको छ । गाउँपालिका–६ पिप्रहवा चोकदेखि वडा नं ४ खजुराखुर्दको नहर चोक जोड्ने लिङ्करोड निर्माण शुरु गरिएको हो । गाउँपालिका अध्यक्ष रामनिवास यादवका अनुसार नेपालगञ्ज–गुलेरिया हुलाकी सडकमा जोड्ने गरी सात मिटर चौडा र सातै किलोमिटर लम्बाइको पक्की...बाँकी अंश →

मङ्गलबारे, २ माघ ,, इलामको फाकफोकथुम गाउँपालिका–२ साप्तिनका खेमप्रसाद ढुङ्गानाले यसपटक अदुवाबाट रु एक लाख आम्दानी गर्नुभयो । यसअघि अदुवाबाट खर्चसमेत मुस्किलले उठाउने ढुङ्गानाले अदुवा बेचेर यसपालि पर्याप्त आम्दानी गरेको सुनाउनुभयो । “पहिले बिउ, गोडमेल, मलको समेत मूल्य उठ्दैनथ्यो, तर यसपालि अदुवाबाट निकै राम्रो आम्दानी भयो”, उहाँले थप्नुभयो, “गर्नचाहिँ छाड्नुहुने...बाँकी अंश →

भद्रपुर, २ माघ ,, एक्काइसौँँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आज बिहान झापाको चन्द्रगढीमा प्रभातफेरि निकालिएको छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवस समारोह समिति झापाको आयोजनामा चन्द्रगढीको लेखनाथ चोकबाट निकालिएको प्रभातफेरि जिल्ला समन्वय समिति झापाको हलमा पुगेर अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो । कार्यालयका प्रमुख, कर्मचारी, भद्रपुर नगरपालिका उपप्रमुखलगायत सहभागी...बाँकी अंश →

कञ्चनपुर, २ माघ ,, कञ्चपुरको शुक्लाफाँटा नगरपालिका–८ पिलरीफाँटामा गए राति आगलागीबाट एक घर र गोठ जल्दा रु पाँच लाख बढीको क्षति भएको छ । आगलागीबाट स्थानीय गोपाल भुलको घर र चन्द्रा भुलको गोठ जलेर पूर्णरूपमा नष्ट भएको छ । गोपाल भुलको घरमा जडान गरिएको सौर्य बत्तीबाट विद्युत् चुहिएर सल्केको आगोले...बाँकी अंश →

काठमाडौँ, २ माघ ,, नेपालकै सबैभन्दा ठूलो कारागारको रूपमा रहेको केन्द्रीय कारागारमा ३० श्ययाको अस्पताल सञ्चालनमा आएको छ । विसं १९७१ मा स्थापना भएको केन्द्रीय कारागार जगन्नाथदेवलमा अस्पताल सञ्चालन गरिएको हो । सो अस्पतालमा २०२० सालमा एउटा कोठाबाट कैदीबन्दीको स्वास्थ्य जाँच गर्न शुरु गरिएको थियो । कारागार अस्पतालले २०६८ सालमा...बाँकी अंश →

काठमाडौँ, २ माघ ,, थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास महिला क्रिकेट प्रतियोगितामा नेपाल लगातार चार खेल जितेर समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज घरेलु टोली थाइल्याण्डलाई नौ विकेटले पराजित गर्दै नेपाल विजयी भएको हो । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा घरेलु टोलीले...बाँकी अंश →

बागलुङ, २ माघ ,, प्रहरीको कुटपिटबाट गलकोट नगरपालिका–६ का सोम बस्नेत र कृष्ण खत्री घाइते भएका छन् । हटिया प्रहरी चौकीका जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट बस्नेत र खत्री घाइते भएका हुन् । गम्भीर घाइते बस्नेतको पोखरास्थित फेवा सिटी अस्पतालको सघन कक्षमा उपचार भइरहेको उहाँकी श्रीमती कृष्णकुमारीले जानकारी...बाँकी अंश →

नेपालगञ्ज, २ माघ ,, नेपालगञ्जका खेलप्रेमी, खेल पदाधिकारी, उद्योगपति, व्यापारी, राजनीतिक दलका स्थानीय नेता कार्यकर्ता, स्थानीय जनप्रतिनिधिलगायत आठौँ राष्ट्रिय खेलकूदको व्यग्र प्रतिक्षामा छन् । पूर्वको विराटनगरमा भएको साताँै राष्ट्रिय खेलकूद प्रतियोगिता समापनमा आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता नेपालगञ्जमा गर्न सक्ने आँट र साहसका साथ झण्डा ग्रहण गर्नुभएका मध्यपश्चिम क्षेत्रीय खेलकूद विकास...बाँकी अंश →

चितवन, २ माघ ,, स्मार्ट सिटी बनाउन लागिएको भरतपुर महानगरपालिकाभित्र जग्गा खण्डीकरण गर्न नदिइने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले जग्गा कित्ताकाटको जिम्मेवारी स्थानीय तहलाई दिएपछि भरतपुर महानगरपालिकाले व्यवस्थित शहर निर्माणका लागि जथाभावी रूपमा कित्ताकाट गर्न रोक लगाएको हो । महानगर प्रमुख रेनु दाहालले विज्ञसँग परामर्श...बाँकी अंश →
भरतपुर, २ माघ ,, नारायणगढ–मुग्लिन सडकखण्डमा कुनै समय यात्रु र स्थानीयवासीले सबैभन्दा धेरै सास्ती खेप्नु पथ्र्यो । यो सडकको नाम लिने बित्तिकै धेरैको आङ सिरिङ्ग हुुन्थ्यो । चार वर्ष लगाएर सडक निर्माण सम्पन्न गरिएसँगै सो क्षेत्रको मुहार फेरिएको छ । नारायणगढ–मुग्लिन सडकखण्ड विस्तार गरिएपछि यस क्षेत्रका होटल तथा रेष्टुरेष्टको व्यापार...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: