२४ चैत २०८२

समाचार

सीमान्तकृत चिडिमारका व्यथा

नेपालगञ्ज, १७ माघ  ,,  नेपालगञ्ज उपमहानगरपालिका–१२ मा बसोबास गर्दै आएका सीमान्तकृत चिडिमार (चरा मार्ने) समुदायको जीवनमा खासै सुधार आउन सकेको छैन । नेपालगञ्जमा चिडिमारलाई चरा मार्ने जाति भनेर चिनिन्छ । यो जाति सीमान्तकृत समुदायमा पर्छ । नेपालगञ्ज–१२ चिडिमार समुदायको पुरानो थातथलो हो । पछिल्लो समय चिडिमार समुदायका व्यक्ति पनि चरा...बाँकी अंश →


मापदण्डविपरीत नदीजन्य पदार्थको उत्खनन

फिदिम, १७ माघ  ,,  फिदिम नगरपालिका– ४ स्थित तमोर नदीको किनाराबाट मापदण्डविपरीत नदीजन्य सामग्री उत्खनन भएको पाइएको छ । नगरपालिकाले लगाएको ठेक्कामा निर्माण व्यवसायीले तमोर नदीको धार नै परिवर्तन हुने गरी नदीजन्य पदार्थको उत्खनन गरेपछि जिल्ला अनुगमन तथा समन्वय समितिले उक्त कार्यमा रोक लगाएको छ । नगरपालिका–४ माझीटारस्थित नदीको किनारामा...बाँकी अंश →


पत्रकार चौधरी सम्मानित

कोलकाता, १७ माघ  ,,   साहित्यकार एवं पत्रकार हिमांशु चौधरीलाई मिथिलाको सांस्कृतिक, सामाजिक र साहित्यिक विकासमा पु¥याउनुभएको योगदानको कदरस्वरूप मैथिली प्रतिबद्धता सम्मान प्रदान गरिएको छ । मैथिली अनुरागी हरिशचन्द्र मिश्र ‘मिथिलेन्दु’को स्मृतिमा कामरेड भोगेन्द्र झा मैथिली प्रतिबद्धता सम्मान मिथिला विकास परिषद् कोलकाताद्वारा प्रदान गरिएको हो । परिषदद्वारा कोलकाताको तारा सुन्दरी पार्कमा...बाँकी अंश →


मुलुक डिजिटल नेपालतर्फ अग्रसर : प्रधानमन्त्री

काठमाडौँ, १७ माघ  ,,  प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक डिजिटल नेपाल, इ गभर्नेन्स र पेपरलेस टेक्नोलोजीमा अगाडि बढिसकेको बताउनुभएको छ । नेपाल टेलिभिजनको ३४ औँ वार्षिकोत्सवका अवसरमा सो टेलिभिजनको चारै वटा च्यानलको हाइ डिफिनेसन (एचडी) रुपान्तरणको शुभारम्म गर्दै प्रधानमन्त्री ओलीले अब कृषि, उद्योग, व्यापार, पर्यटन, पूर्वाधार, उर्जा, शिक्षा र स्वास्थ्यलगायत...बाँकी अंश →


बाँसको जराबाट कलाकारिता

खोटाङ, १७ माघ  ,,  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ३५ वर्षीय मूर्तिकार रोजन राईलाई पछिल्लो समय मूर्ति तथा प्रतिमा निर्माणको कामले भ्याइनभ्याइ छ । शुरुमा बाँसको जराबाट जिल्लामै विभिन्न जीवजन्तु तथा देवीदेवताका मूर्ति बनाउँदै आउनुभएका उहाँका मूर्तिको माग पछिल्लो समय विदेशमा पनि बढेकाले भ्याइनभ्याइ भएको हो । नेपालको विभिन्न जिल्लाका...बाँकी अंश →


जुलोजिकल पार्कसम्म मोटरबाटो निर्माणका लागि पहल

पोखरा, १७ माघ  ,,   कास्की लेखनाथ क्षेत्रमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको खुला चिडियाखाना (पोखरा जुलोजिकल पार्क) सम्म पुग्ने पक्कीबाटो निर्माणका लागि पहल गर्न थालिएको छ । पचभैयास्थित पक्की सडक मार्गबाट निर्माणाधीन वन्यजन्तु उद्धार केन्द्र रातामाटासम्मको झण्डै ३०० मिटरसम्मको बाटोसहित पार्किङलगायतको व्यवस्थापनका लागि पहल गरिएको हो । पोखरा पार्कका अध्यक्ष हिमालय बख्रेलले बाटो...बाँकी अंश →


शहीदको नाममा प्रवेशद्वार निर्माण

नेपालगञ्ज, १७ माघ  ,,   बाँकेको खजुरा धनौलीमा शहीद सेतु विक प्रवेशद्वार निर्माण गरिएको छ । शहीद सेतु विक स्मारक प्रवेशद्वार निर्माण उपभोक्ता समितिद्वारा निर्मित उक्त प्रवेशद्वारको खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले बुधबार उद्घाटन गर्नुभयो । खजुरा गाउँपालिकाको रु तीन लाख अनुदान र जनश्रमदानमा धनौली चौकीको पूर्वतर्फ शहीद सेतु विक मार्गमा...बाँकी अंश →


सडक नहुँदाको सास्ती

बलेवा, १६ माघ  ,,   बिरामी परेको बेला अस्पतालसम्म पुग्नसमेत सडकका कारण समस्या भएकाले गाउँमा सडक प्राथमिकतामा पार्न थालिएकोे छ । बागलुङ जिल्लाको तमानखोलाका वासिन्दाले सडक निर्माण गर्न स्थानीय सरकारसँग पटक–पटक आग्रह गर्दै आएका छन् । गत वर्ष समयमै स्वास्थ्य संस्था पु¥याउन नसक्दा नर्जाखानीका दुईको बाटोमै मृत्यु भयो । केहीलाई हेलिकोप्टरमा...बाँकी अंश →


मन्त्रीलाई थारू परिकारले स्वागत

लमही, १७ माघ   ,,   शान्तिनगर गाउँपालिकाले आयोजना गरेको अध्यक्षकप रनिङशिल्ड प्रतियोगिता उद्घाटन गर्न बुधबार प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी यहाँ आइपुग्नुभयो । दिउँसो २ बजे प्रतियोगिताको उद्घाटनसत्रमा शान्तिनगर गाउँपालिका सबै वडाले वडाको पहिचान झल्किने सांस्कृतिक प्रस्तुति गरिरहेका थिए । पहाडी र तराई क्षेत्र समेटिएको सो...बाँकी अंश →


विमानस्थलको काम द्रुत गतिमा

डोटी, १७ माघ  ,,   तोकिएको समयभन्दा झण्डै एक वर्षपछि निर्माण हुन लागेको दिपायल विमानस्थलको कालोपत्र अहिले दु्रत गतिमा भइरहेको छ । दीपायलसँगै निर्माण थालिएको अछामको साँफेबगर विमानस्थलको काम सकिएर परीक्षण उडान गरिसक्दासमेत यो विमानस्थलले गति लिन सकेको थिएन । पछिल्लो समय विमानस्थलको धावनमार्गको निर्माण अन्तिम चरणमा पुगेको निर्माण कम्पनीको जिकिर...बाँकी अंश →


पुस्तकालयलाई सहयोग

भद्रपुर, १७ माघ  ,,  झापाको बन्दी विकास पुस्तकालय बन्दीगृहलाई थप पुस्तक उपलब्ध गराइने भएको छ । उक्त पुस्तकालयको २२औँ वार्षिकोत्सवका अवसरमा बुधबार प्रदेश नं १ प्रदेशसभा सदस्य वसन्त बानियाँले रु एक लाख बराबरको आख्यान तथा गैरआख्यान पुस्तक तत्काल उपलब्ध गराइने बताउनुभएको हो । विसं २०५५ मा स्थापित उक्त यसअघि पुस्तकालयलाई...बाँकी अंश →


मोटरसाइकल पल्टिँदा एकको मृत्यु

रत्ननगर, १७ माघ  ,,   भरतपुर महानगरपालिका–९, शरदपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गए राति करीब १०ः३० बजे ना५३प ९७५२ नंको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा भरतपुर–४ का २८ वर्षीय मनोज काफ्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका काफ्लेको उपचारका लागि भरतपुर...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter