
सप्तरी, १८ माघ ,, सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका– ५ मा निर्माण हुने आपतकालीन सामाजिक सुरक्षित आवास (सेल्टर हाउस) को बिहीबार शिलान्यास भएको छ । नेपाल रेडक्रस सोसाइटी सप्तरीका सभापति जोगेन्द्र भगत र तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतीशकुमार सिंहले संयुक्तरूपमा आवासको शिलान्यास गर्नुभयो । कोरियाली रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सप्तरी...बाँकी अंश →

विराटनगर, १८ माघ ,, बैंकले लिने ब्याजलाई सरकारले अविलम्ब घटाउनुपर्ने उद्योगी एवंं व्यापारीले माग गरेका छन् । उनीहरूले उत्पादनमूलक उद्योगसँग सात प्रतिशत र व्यवसायीमूलक उद्योगसँग नौ प्रतिशतसम्म बैंक ब्याजदर कायम हुनुपर्ने माग राखेका हुन् । उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घद्वारा संयुक्तरूपमा विहीबार आयोजित छलफलमा सहभागीले ‘समृद्ध नेपाल, सुखी...बाँकी अंश →

काठमाडौँ, १८ माघ ,, संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेको नेपाललाई आज हुने घरेलु टोलीविरुद्धको दोस्रो टी–२० क्रिकेट जित्नै पर्ने दबाब रहेको छ । तीन खेलको टी–२० शृङ्खलाअन्तर्गत नेपालले बिहीबार भएको पहिलो खेल गुमाइसकेको छ । नेपाललाई शृङ्खला आफ्नो पक्षमा पार्न आजको दोस्रो खेल जित्नै पर्ने दबाब छ । आजको...बाँकी अंश →

बेझाड, १८ माघ ,, रामपुर नगरपालिका–२ स्थित कालिका प्राथमिक विद्यालयमा नयाँ भवन निर्माणमा सहयोग जुटेको छ । खुल्ला चौर, चौतारी, सामुदायिक भवन हुँदै हाल टहरामा सञ्चालित यस विद्यालयको पक्की भवन निर्माणमा रु ३३ लाख बराबरको रकम सहयोग प्राप्त भएको छ । राष्ट्रिय समाचार समिति (रासस) मा पटकपटक यस विद्यालय भवनको...बाँकी अंश →

धादिङ, १८ माघ ,, रुबीभ्याली गाउँपालिका–४ हिन्दुङमा माघ १३ गते आइतबार बिहानदेखि पहिरोमा पुरिएर ओडारभित्र हराइरहेका दुई जना पाँच दिनपछि ढुङ्गाले च्यापिएको अवस्थामा बिहीबार साँझ मृत भेटिएका छन् । गोठाला जाँदा लगातारको हिमपातपछि सुरक्षित स्थानमा बस्ने क्रममा ओढारभित्र बसेको बेला ओढारमाथिबाट ठूलाठूला चट्टान खसेर गएको पहिरोले पुरिएर बेपत्ता भएका हिन्दुङका...बाँकी अंश →

तुलसीपुर, १८ माघ ,, दाङको गढवा गाउँपालिकाले ८९ जनाको मोतियाविन्दुको शल्यक्रिया गराएको छ । गाउँपालिकालाई मोतियाविन्दुरहित गाउँपालिका बनाउने अभियानअन्तर्गत विभिन्न स्थानमा आँखा स्वास्थ्य शिविर आयोजना गरी आँखामा देखिएको मोतियाविन्दुको शल्यक्रिया गरिएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिनुभयो । नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित लमही आँखा अस्पतालको प्राविधिक सहयोग र गाउँपालिकाको आर्थिक...बाँकी अंश →

काठमाडौँ, १८ माघ ,, आठौँ विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन दुई खेलाडीसहित चार सदस्यीय नेपाली टोली शनिबार टर्कीको अन्ताल्या प्रस्थान गर्दैछ । पुरुषको ‘पी–३० क्याटागोरी’तर्फ एकल पुम्सेमा विक्रम श्रेष्ठ तथा महिला ‘के–४४ क्याटगोरी’तर्फ ५८ केजीमुनि पलेशा गोवद्र्धनले नेपालको चुनौती पेश गर्नेछन् । पलेशा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दोकी...बाँकी अंश →

काठमाडौंँ, १८ माघ ,, नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर बनेको छ । रु दुई खर्बको लगानी भएको र वार्षिक रु १५० अर्बको कारोवार हुँदै आएको सिमेन्ट उत्पादनमा नेपाल यो वर्षदेखि आत्मनिर्भर भएको व्यवसायीले बताएका छन् । निजी क्षेत्र प्रवेश भएको झण्डै १६ वर्षको अन्तरालमा शून्यबाट आत्मनिर्भरमा पुगेको बताउँदै नेपाल सिमेन्ट उत्पादक...बाँकी अंश →

बागलुङ, १८ माघ ,, काठेखोला गाउँपालिका–१ पालामा स्वास्थ्य चौकी भवन निर्माण भएको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले भवन बनाएको हो । रु. एक करोड ६६ लाखको लागतमा निर्मित भवन बिहीबार स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको वडा अध्यक्ष खड्क थापाले बताउनुभयो । विसं २०७४ कात्तिकमा ‘गाल्वा जयलक्ष्मी...बाँकी अंश →

काठमाडौँ, १७ माघ ,, घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । यूइईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा घरेलु टोलीविरुद्ध टस जितेको नेपालले पहिले युएईलाई ब्याटिङको निम्तो दिएको छ । युएईविरुद्धको खेलबाट नेपालका तीन खेलाडीले टी–२० अन्तर्राष्ट्रिय खेलमा ‘डेब्यु’ गरेका...बाँकी अंश →

काठमाडौँ, १७ माघ ,, नेपाल स्टक एक्सचेञ्जले धितोपत्र बिक्री गर्दासमेत अग्रिम रकम माग गरेको भन्दै त्यस्तो नगर्न नगराउन धितोपत्र दलाल व्यवसायीलाई आग्रह गरेको छ । धितोपत्र खरीद गर्दा अग्रिम रकम लिने व्यवस्था भए पनि बिक्री गर्दासमेत अग्रिमरुपमा रकम माग गरेको भन्ने गुनासो आएकाले त्यस्तो नगर्न तथा नगराउन आग्रह गरेको हो...बाँकी अंश →
काठमाडौँ, १७ माघ ,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल लाओस जानुभएको छ । लाओस पिपुल्स रिभोलुसनरी पार्टी तथा जनवादी गणतन्त्र लाओसको निमन्त्रणामा सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ बुधबार राति लाओस जानुभएको उहाँका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो । प्रतिनिधिमण्डलमा नेकपाका स्थायी कमिटी सदस्य लिलामणि पोखरेल,...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: