२४ चैत २०८२

समाचार

बारको अध्यक्षमा निरौला

भद्रपुर, २४ माघ  ,,   नेपाल बार एशोसिएशन झापाको अध्यक्षमा लेखनाथ निरौला चयन हुनुभएको छ । आगामी दुईवर्षे कार्यकालका लागि यही माघ २६ गतेलाई तय गरिएको निर्वाचन अगावै सहमति भएपछि निरौलाको अध्यक्षतामा समिति गठन गरिएको हो । झापाका प्रगतिशील कानून व्यवसायी एशोसिएशन र प्रजातान्त्रिक कानून व्यवसायी एशोसिएशनबीच भएको सहमतिबमोजिम चन्द्रगढीमा बुधबार...बाँकी अंश →


विश्वकै ठूलो त्रिशूल भएको स्थानमा महायज्ञ

घोराही, २४ माघ  ,,  दाङस्थित विश्वकै ठूलो भनिएको त्रिशूल भएको स्थानमा महायज्ञ लाग्ने भएको छ । धार्मिक पर्यटनको हिसाबले निकै चर्चित बनेको घोराही उपमहानगरपालिका–५ धर्नामा रहेको धारापानी धाममा महायज्ञ लाग्ने भएको हो । यहाँ भक्तजनको घुइँचो बढ्न थालेपछि पाण्डवेश्वर मन्दिर धारपानीको पूर्वाधार विकास र बृहत् आध्यात्मिक पर्यापर्यटकीय केन्द्र स्थापनार्थ महायज्ञको...बाँकी अंश →


बैंकिङ कारोवार गर्न नागरिकलाई झन्झट

बेझाड, २४ माघ  ,,   पाल्पाका दश वटै स्थानीय तहमा बैंकको पहुँच पुगेको छ । तर पनि सहजसँग नागरिकले अझै पनि बैंकिङ सेवाको सुविधा उपभोग गर्न पाइराखेका छैनन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका अधिकांश स्थानीय तह निकै विकट र दुर्गममा पर्छन् । भौगोलिक भूबनोट नमिलेका कारण स्थानीय तहमा...बाँकी अंश →


भेनेजुयलाका विषयमा आफ्नो वक्तव्यमा अडिग छु ,, अध्यक्ष दाहाल

चितवन, २४ माघ  ,,   पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेनेजुयलाका विषयमा आफूले जारी गरेको विज्ञप्तिमा अडिग रहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले त्यो वक्तव्य एउटा राजनीतिक वक्तव्य भएको स्पष्ट पार्नुभयो । एउटा स्वतन्त्र,...बाँकी अंश →


डिपिएल : विजेताले रु ३० लाख पाउने

काठमाडौँ, २४ माघ  ,,  यही माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा हुने तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको विजेताले रु ३० लाख पाउने भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले विगतका संस्करणझैँ यसपटक पुरस्कार सर्वाधिक धनराशिको रहने जानकारी दिनुभयो । उहाँले प्रतियोगिताको पुरस्कार राशिमा...बाँकी अंश →


जयराम–हलेसी सडक जोखिमपूर्ण

खोटाङ, २४ माघ  ,,  मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्डको च्यास्मिटारदेखि हलेसीसम्मको सडकको यात्रा जोखिमपूर्ण बनेको छ । जयराम–हलेसी (३० किलोमिटर) सडकको च्यास्मिटार–दुर्छिम–हलेसी खण्डमा खाल्डाखुल्डी बनेपछि यात्रा जोखिमपूर्ण बनेको हो । जयराम–हलेसी सडकको प्रहरीचौकी च्यास्मिटारदेखि बडहरे र दुर्छिमदेखि हलेसीसम्मको सडकमा कालोपत्रे उक्किएर खाल्डैखाल्डा बनेको छ । स्वच्छन्द–भगवती निर्माण सेवाले पहिलो पटक २०६७...बाँकी अंश →


उन्नाइस हजार सवारी चालक कारवाहीमा

चितवन, २४ माघ  ,,   जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा १९ हजार ७०० सवारी चालकलाई कारवाही गरेको छ । कारवाही पर्नेमा मादक पदार्थ सेवन गर्ने ३८५, क्षमताभन्दा बढी सामान बोक्ने तीन हजार ९८८, सिटबेल्ट नबाँध्ने र हेल्मेट नलगाएका एक हजार १७८, सवारी चलाउँदा आवश्यक पर्ने कागजपत्र...बाँकी अंश →


जीप दुर्घटनामा दुईको मृत्यु

दमौली, २३ माघ  ,,  तनहुँको बन्दीपुर बजारबाट आँबुखैरेनी गाउँपालिका–६ जालभञ्ज्याङतर्फ जाँदै गरेको ग२च ३२७० नं को जीप बन्दीपुर गाउँपालिका–५ स्थित झारगाउँमा आज राति ७ः३० बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–५ का ५० वर्षीया भीमकुमारी गुरुङ र सोही ठाउँका ५० वर्षीय मनबहादुर गुरुङ रहेको...बाँकी अंश →


शैक्षिक हड्तालका कारण देशरभरका विद्यालयको पढाइ प्रभावित

काठमाडौँ, २४ माघ  ,,   नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीनिकट अखिल (क्रान्तिकारी) ले घोषणा गरेको आम शैक्षिक हड्तालका कारण आज देशभरका अधिकांश सामुदायिक र निजी विद्यालयको पठनपाठन प्रभावित भएको छ । नेपाल सरकारले विद्यालयमा बन्द, हड्ताल नगर्न विसं २०६८ जेठ ११ मा विद्यालयलाई शान्ति क्षेत्रका रुपमा घोषणा गरेपनि त्यसको पटक–पटक...बाँकी अंश →


निःशुल्क आँखा जाँच शिविरमा २३५ लाभान्वित

बेनी, २४ माघ  ,,   म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरस्थित मङ्गला माध्यमिक विद्यालयमा सम्पन्न निःशुल्क आँखा जाँच शिविरमा २३५ लाभान्वित भएका छन् । म्याग्दी जेसीजको आयोजना तथा नेपाल रेडक्रस सोसाइटीअन्तर्गत सञ्चालित आँखा उपचार केन्द्र बेनी, म्याग्दीको प्राविधिक सहयोगमा बुधबार सम्पन्न शिविरमा विद्यालयका विद्यार्थी, शिक्षक र स्थानीयको आँखा परीक्षण गरिएको हो ।...बाँकी अंश →


मेचीनगरलाई अग्निनियन्त्रणका सामग्री

भद्रपुर, २४ माघ  ,,  बेलायतस्थित गोर्खा मेमोरियल फण्डले झापाको मेचीनगर नगरपालिकालाई रु १५ लाख बराबरको अग्नि नियन्त्रणका सामग्री प्रदान गरेको छ । फण्डका संस्थापक अध्यक्ष धनकिरण गुरुङले बुधबार नगरपालिकाका प्रमुख विमल आचार्यलाई जेनेरेटर, ह्युमपाइप, हेल्मेटलगायत सामग्री प्रदान गर्नुभएको हो । गुरुङसहित बेलायतका अग्निनियन्त्रक विशेषज्ञ जोन मोनाहाङ, रेभ पासमोर र ट्रेभ...बाँकी अंश →


मुख्यमन्त्री कृषि कार्यक्रम

डोटी, २४ माघ   ,,  जिल्लाका सबै स्थानीय तहमा मुख्यमन्त्री कृषि कार्यक्रम सञ्चालन गरिने भएको छ । सरकारी–निजी–साझेदारी अवधारणा अनुरुप सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र डोटी जिल्लाका स्थानीय तहमा एक–एक शीतभण्डारगृह निर्माण गर्ने लक्ष्यअनुरूप कृषि औजार उपकरण अनुदान, शीतभण्डार निर्माण र साना सिँचाइ सहयोगजस्ता कार्यक्रम सञ्चालन गर्न लागिएको सुदूरपश्चिम...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter