
धरान, २५ माघ ९ ,, कोशी नदीको कटान क्षेत्रमा कोशी पुनर्ताजगी केन्द्र स्थापनाका लागि कार्यलय खोलिएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बिहीबार उक्त केन्द्रको कार्यालय भवन उद्घाटन गर्नुभयो । पन्ध्र बिघा क्षेत्रमा कोशी किनारमा निर्माण गरिने सो केन्द्रका लागि करिव रू ३५ करोड खर्च लाग्ने र यसका...बाँकी अंश →

धनुषा, २५ माघ ९ ,, जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राखिने भएको छ । पुरातत्व विभागका टोलीसँगै युनेस्कोबाट आउनुभएका क्रिष्टन मनहर्टले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहसँग बिहीबार यस विषयमा छलफल गर्नुभएको थियो । उक्त सूचीमा राख्न अधिकाँश प्रक्रिया पूरा भए पनि अझै केही गर्नुपर्ने बाँकी रहेको मनहर्टले जानकारी दिनुभएको...बाँकी अंश →

रुपन्देही, २५ माघ ९ ,, वन मन्त्रालयअन्तर्गत प्रदेश ५ मा भइरहेका कामबारे संसदीय समितिले अनुगमन गर्ने भएको छ । बिहीबार बुटवलमा बसेको संसद्को सार्वजनिक लेखा समितिको बैठकले अनुगमनका लागि एक टोली पहिलो चरणमा तराईका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, नवलपरासी, रुपन्देही जिल्ला अनुगमन गर्ने निर्णय गरेको हो । जिल्लामा वनजङ्गल खनिज...बाँकी अंश →

दमौली, २५ माघ ९ ,, तनहुँ जिल्ला कारागारका कैदीबन्दीलाई सीप सिकाउने उद्देश्यले सिलाइकटाइ तालीम सञ्चालन गरिएको छ ।घरेलु तथा साना उद्योग विकास समिति, व्यास नगरपालिका र जिल्ला कारागारको संयुक्त आयोजनामा बिहीबाररदेखि कारागारभित्रै तीनमहिने सो तालीम शुरु गरिएको हो । कारागार प्रमुख नारायण अधिकारीले भन्नुभयो, ‘‘ कैदीबन्दीको मागबमोजिम तालीम शुरु गरेका...बाँकी अंश →
रारा, २४ माघ ,, जिल्लाभरि रहेका सामुदायिक तथा निजी विद्यालयमा आज झरी बिदा भएको छ । बिहानदेखि जिल्लामा उच्च क्षेत्रमा हिमपात र बेसीमा पानी पर्न थालेपछि मुगु जिल्लाका प्रायः विद्यालयले १० बजे विद्यालय खोलेर प्रार्थना र राष्ट्रिय गानपछि विद्यार्थीलाई झरी बिदा दिइएको हो । अत्यधिक चिसो र झरीका कारण विद्यालयमा...बाँकी अंश →
जनकपुरधाम, २४ माघ ,, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीयताको विकल्प नै नभएको बताउनुभएको छ । राष्ट्रियसभा राष्ट्रिय सरोकार तथा समन्वय समितिद्वारा आज यहाँ आयोजित ‘तहगत राज्य संरचनाको विकासमा समन्वय’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले जनताको हितमा राजनीतिलाई स्थापित गर्ने ढिलाइ सन्दर्भमा सङ्घीयतामाथि प्रश्न चिह्न लगाउन नहुने धारणा व्यक्त गर्नुभयो । अध्यक्ष...बाँकी अंश →
सुर्खेत, २४ माघ ,, वर्षौंदेखि टुकीको सहारामा बस्दै आएका पश्चिम सुर्खेतस्थित गुटुवासीले अब सौर्य विद्युत् प्रयोग गर्न पाउने भएका छन् । केन्द्रीय विद्युत् प्रसारण लाइन नपुगेको यहाँका ३०० घरधुरीलाई आगामी चैतदेखि विद्युत् सेवा उपलब्ध गराउन लागिएको हो । चौकुने गाउँपालिका–८ मा स्थापना हुन लागेको सोलार प्लान्टले १०० किलोवाटको विद्युत् उत्पादन...बाँकी अंश →
काठमाडौँ, २४ माघ ,, देश नंं ५ मा आयोजना गर्ने तय भएको आठाँै राष्ट्रिय खेलकूद प्रतियोगिताको नयाँ मिति घोषणा गर्न राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कार्यकारी समितिको बैठक आज बस्दैछ । कार्यकारी समितिको बैठकले आठौँ राष्ट्रिय खेलकूदको नयाँ मिति घोषणा गर्नुका साथै प्रतियोगिताका लागि अनुमानित बजेटलाई समेत अन्तिम रूप दिने राखेप...बाँकी अंश →
सुर्खेत, २४ माघ ,, कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले कर्णाली प्रदेशवासीले अब रोग र भोकले मर्नु नपर्ने बताउनुभएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, स्वास्थ्य आपत्कालीन तथा विपद् इकाई तथा विश्व स्वास्थ्य सङ्गठनको संयुक्त आयोजनामा वीरेन्द्रनगर सुर्खेतमा आजदेखि सञ्चालित चारदिने ‘विपद पूर्वतयारी एवं प्रतिकार्य योजना तालीम तथा...बाँकी अंश →
पशुपतिनगर, २४ माघ ९ ,, इलाम चुलाचुली गाउँपालिका–२ स्थित चाजु खोलामा निर्माण भएको पुल भत्किँदा स्थानीयवासीले सास्ती खेप्न बाध्य भएका छन् । विसं २०७३ वैशाखबाट निर्माण शुरु भएको पुल २०७४ जेठमा सम्पन्न भएको थियो । पुल निर्माण भएको तीन महीनामा पूरै भत्किएपछि जनताले समस्या भोग्न बाध्य भएको गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र...बाँकी अंश →
हेटौँडा, २४ माघ ,, राष्ट्रिय युवा परिषद्को आयोजनामा प्रदेश ३ का युवा उद्यमी तथा युवाका लागि परामर्शसम्बन्धी अन्तरक्रिया कार्यक्रम हेटौँडामा शुरु भएको छ । दुई दिनसम्म चल्ने अन्तरक्रिया कार्यक्रमको प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्दै युवाको जोस र जाँगरलाई देश निर्माणमा लगाउने बताउनुभयो । उहाँले राष्ट्रलाई सफलताको गन्तव्यमा...बाँकी अंश →
काठमाडौँ, २४ माघ ,, लेलेस्थित आनन्दवन अस्पतालमा आठ हजार कुष्ठरोगीले उपचार गराएका छन् । गत वर्ष अस्पतालको बहिरङ्ग विभाग (ओपिडी) मा सात हजार ८०५ र भर्ना भएका ७९१ बिरामीको उपचार भएको अस्पतालले जनाएको छ । रोग लागेपछि अस्पतालमा जचाउनुपर्छ भन्ने भावना बढ्दा अस्पतालमा आउने बिरामी सङ्ख्या बढिरहेको अस्पतालका तालिम संयोजक...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: