२४ चैत २०८२

समाचार

महिलाका नाममा सम्पत्तिको स्वामित्व बढ्दै

बलेवा, २५ माघ  ,,  सरकारले महिला, दलित र ज्येष्ठ नागरिकका नाममा घरजग्गा पास गर्दा राजश्वमा छुट दिन थालेपछि उनीहरूको स्वामित्वमा सम्पत्ति (घरजग्गा) दर्ता हुने क्रम बढेको छ । बागलुङमा महिला, दलित र ज्येष्ठ नागरिकका नाममा घरजग्गा पास गर्नेको सङ्ख्या ३५ देखि ४० प्रतिशतले वृद्धि भएको छ । मालपोत कार्यालय बागलुङका...बाँकी अंश →


शिक्षा आयोगको सुझाव सङ्घीय शिक्षा ऐनमा प्रतिबिम्बन हुने

काठमाडौँ, २५ माघ  ,,  शिक्षामा समाजवादोन्मुख कार्यदिशासहितको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनका सिफारिशलाई नेपाल सरकारले सङ्घीय शिक्षा ऐनमा प्रतिविम्बनको तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मस्यौदा गरिरहेको सङ्घीय शिक्षा विधेयकमा माध्यमिक तहसम्मको निःशुल्क शिक्षासम्बन्धी संविधानको मौलिक हकको कार्यान्वयनका लागि केन्द्र, प्रदेश र स्थानीय सरकार तथा विद्यालयको जिम्मेवारीबारे...बाँकी अंश →


पूरै गाउँको आयस्रोत केराखेती

म्याग्दी, २५ माघ  ,,  वर्षमा छ मुरी धान फल्ने खेतमा केराखेती गरेका बेनी नगरपालिका–२ खबराका यामबहादुर क्षेत्रीले महीनामा १० हजारभन्दा बढीको केरा बेच्नुहुन्छ । खबराकै जयन्ती घिमिरेले पनि धान, गहुँ, मकै, कोदो बालीको विकल्पमा १० रोपनी खेतबारीमा १०० घारी केरा लगाएको डेढ वर्षमै आम्दानी लिन थाल्नुभएको छ । ‘घरमा काम...बाँकी अंश →


तारकेश्वरमा २१ प्रतिशत पुन ःनिर्माण सम्पन्न

काठमाडौँ, २५ माघ  ,,   भूकम्प गएको साढे तीनवर्ष वितिसक्दा तारकेश्वर नगरपालिकामा हालसम्म २१ प्रतिशत निजी आवास पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्पबाट पूर्ण क्षति भएका नगरपालिकाका ६ हजार १९६ घरमध्ये एक हजार ३०५ ले तेस्रो किस्ताको रकम बुझेको नगर उपप्रमुख भवानी डोटेलले बताउनु्भयो । नगरपालिकाको भित्री बस्तीमा थोरै क्षेत्रफल भएका...बाँकी अंश →


विपन्नलाई जस्तापाता वितरण

तेह्रथुम, २५ माघ  ,,  तेह्रथुमको म्याङलुङ नगरपालिका–७ ले विपन्नसँग नगरपालिका कार्यक्रमअन्तर्गत वडाका विपन्न परिवारलाई जस्तापाता वितरण गरेको छ । गरीबीका कारण घरको छानो लगाउन नसकेका भूमिहीन, गरीब, पिछडिएको समुदाय र दलित घरधुरीलाई जस्तापाता वितरण गरिएको वडाध्यक्ष नारायणप्रसाद आचार्यले बताउनुभयो । वडा कार्यालयले जस्तापातासँगै विपन्न परिवारलाई मिटर बक्स तथा वाइरिङ सामग्री,...बाँकी अंश →


‘स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा’का लागि सुझाव

काठमाडौँ, २५ माघ  ,,  ‘स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा’का लागि पहिलो चरणमा १४२ सुझाव छनोटमा परेका छन् । सुझाव राख्नका लागि एक महीनाको समय निर्धारण गरिएकामा ४५२ सुझाव सङ्कलन भएका थिए । तीमध्येबाट छनोट गरी १४२ परेका हुन् । काठमाडौँको विद्यमान शहरी समस्यालाई प्रविधिमा आधारित नयाँ सोचबाट समाधान खोज्ने क्रममा काठमाडौँ...बाँकी अंश →


समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, २५ माघ ९ ,,  प्रतिनिधिसभाका सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद विमला नेपालीले नेपालको संविधानको धारा ४० अन्तर्गत दलितको हक र त्यसैको उपधारा– ५ मा भूमिहीन दलित समुदायलाई एक पटक जमीन उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ, त्यसलाई सरकारले कार्यान्वयन...बाँकी अंश →


प्रदेशसभा सदस्य ओलीको स्वास्थ्यमा सामान्य सुधार

राँझा, २५ माघ  ,,  कार दुर्घटनामा पर्नुभएका प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको स्वास्थ्यमा सामान्य सुधार आएको छ । गम्भीर घाइते ओलीको कोहलपुरस्थित शिक्षण अस्पतालको ‘आईसीयु’मा राखेर उपचार भइरहेको छ । उहाँको उपचारमा खटिनुभएका ‘अर्थोपेडिक’ चिकित्सक दिनेश श्रेष्ठले हिजोको तुलनामा केही सामान्य सुधार आएको बताउनुभयो । “हामीले यहाँ...बाँकी अंश →


सुदूरपश्चिमका आठ विमानस्थल अझै सञ्चालमा आएनन्

अमरगढी, २५ माघ  ,,   सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका आठ विमानस्थल लामो समयदेखि सञ्चालन हुनसकेका छैनन् । विगतको द्वन्द्व अवधिमा बन्द विमानस्थल सञ्चालनका लागि सरकारले प्रयास नगर्दा विमानस्थल सञ्चालनमा आउन नसकेको हो । सुदूरपश्चिम प्रदेशका विमानस्थल सञ्चालन नहुँदा यस क्षेत्रका सर्वसाधारणले सास्ती खेप्नुपरेको उद्योग वाणिज्य सङ्घ डडेल्धुराका अध्यक्ष खेमराज पनेरुले...बाँकी अंश →


बाँकेलाई औद्योगिक राजधानीका रुपमा विकास गरिने ः मन्त्री गिरी

राँझा, २५ माघ  ,,   प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले बाँके जिल्लालाई औद्योगिक राजधानीका रूपमा विकास गरिने बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँके शाखाले आज खजुरामा आयोजना गरेको औद्योगिक महिला उद्यमशीलता लघु घरेलु तथा कृषि प्रविधि पर्यटन महोत्सव उद्घाटनका क्रममा उहाँले...बाँकी अंश →


नेकपाका सांसदले घरभाडा नलिने

रुपन्देही, २५ माघ  ,,  प्रदेशसभामा नेकपाबाट प्रतिनिधित्व गर्ने रूपन्देहीमा घर भएका सांसदले घरभाडा नलिने घोषणा गरेका छन् । प्रदेशको राजधानी भएको जिल्लामा घर हुने सांसदलाई नेकपा संसदीय दलको बैठकले घरभाडा नलिन आग्रह गरेकाले उनीहरुले भाडा नलिने घोषणा गरेका हुन् । माघ महीनादेखि लागू हुने गरी घरभाडा नलिने निर्णय भएको नेकपा...बाँकी अंश →


मौसम बदलीसँगै वर्षा र हिमपात

काठमाडौँ, २५ माघ  ,,  पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि मुलुकभर शुरु भएको वर्षा र हिमपात आज पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमबाट नेपाल प्रवेश गरेको यो मौसमी प्रणालीको प्रभाव गएरातिदेखि पूर्वतर्फ बढ्दै गएको महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । शनिबारसम्म पश्चिमबाट मौसममा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter