
काठमाडौँ, २७ माघ ,, राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा आज बिहान ८ः२४ बजेको शुभसाइतमा वसन्त श्रवण गर्नुभयो । हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्यालले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गर्नुभएको थियो । परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत...बाँकी अंश →

दमौली, २७ माघ ,, तनहुँको भानु नगरपालिका–५ मैवलमा करेन्ट लागेर शनिबार साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका शम्भु विष्टका १२ वर्षीय छोरा सुवास विष्ट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । साइकल चलाइ खेल्ने क्रममा घर नजिकैको विद्युत् पोलमा ठोक्किँदा विद्युत् चुहिएर विष्टलाई करेन्ट...बाँकी अंश →

नवलपरासी, २७ माघ ,, पश्चिम नवलपरासीमा सम्पन्न नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनको चौथो राष्ट्रिय सम्मेलनमार्फत शैक्षिक विषयवस्तुमा केन्द्रीय विविध १४ बुँदे शैक्षिक घोषणापत्र सार्वजनिक गरिएको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका भूमहीमा दुई दिनसम्म सञ्चालन भएको सम्मेलनको निर्णय सार्वजनिक गर्न शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत घोषणापत्र सार्वजनिक गरिएको हो । कार्यक्रममा नवनिर्वाचित...बाँकी अंश →

काठमाडौँ, २७ माघ ,, नेपाल प्रहरीले १४ प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा र २६ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिश गरेको छ । नेपाल प्रहरीको जनपद समूहअन्तर्गत शनिबार बसेको बढुवा समितिको बैठकले सिफारिश सूची प्रहरी नियमावली २०७१ (संशोधनसहित)को नियम २७ को उमनियम (४) अनुसार...बाँकी अंश →

हुम्ला, २७ माघ ,, हुम्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–४ बस्ने दन्तबहादुर शाहीको व्याट्री फड्किँदा एसिडले जलेर दुवै आँखा बन्द भएको छ । जिल्लामा शनिबारदेखि मौसम सुधार आएसँगै घाममा व्याट्री सुकाउन जाने क्रममा व्याट्री पड्किँदा एसिडले जलेर दुवै आँखा नदेख्ने भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी हरिहर खड्काले बताउनुभयो...बाँकी अंश →

उर्लाबारी, २७ माघ ,, मोरङको उर्लाबारी–३ मङ्गलबारे निवासी मिर्गाैलापीडित १३ वर्षीया बालिका रेश्मा शेर्मा लिम्बूको उपचारका लागि शनिबार रु दुई लाख सहयोग हस्तान्तरण गरिएको छ । सुनसरीको धरान स्थायी घर भई हाल हङकङमा बस्दै आउनुभएकी मनु लिम्बूको नेतृत्वमा त्यहाँ रहेका नेपालीबाट सङ्कलन गरेर पठाएको सो रकम उर्लाबारी–३ का वडा सदस्य...बाँकी अंश →

दार्चुला, २७ माघ ,, महाकाली नगरपालिका–१ छापरीमा पर्यटन प्रवद्र्धनको लागि दृश्यावलोकन स्तम्भ‘भ्यूटावर’ निर्माण गरिने भएको छ । चालू आर्थिक वर्षभित्रै भ्यूटावर निर्माणका लागि सर्भे गर्ने काम भएको महाकाली नगरपालिकाले जनाएको छ । जी फोर्स विल्र्डस एण्ड कन्सल्र्ट प्रालि काठमाडौँबाट आएको सर्वेक्षकको टिमले भ्यूटावर निर्माणका लागि सर्भे गरेको महाकाली नगरप्रमुख हंशराज...बाँकी अंश →

भद्रपुर, २७ माघ ,, श्री कृष्णप्रणामी मन्दिर धुलावारीको स्थापना भएको ५० वर्ष पुगेको उपलक्ष्यमा आयोजित वृहत धार्मिक स्वर्ण महोत्सव शनिबारदेखि यहाँ शुरु भएको छ । पचास वर्षअघि श्री १०८ मङ्गलदासले झापा आएर धुलावारी, चन्द्रगढी, बुधबारे र शनिश्चरेमा चार मन्दिर स्थापना गर्नुभएको थियो । श्री कृष्णप्रणामी धर्मावलम्बीले अपार श्रद्धा गर्ने मङ्गलदास...बाँकी अंश →

गलेश्वर, २७ माघ ,, दक्षिणतर्फ भारत र उत्तरतर्फ चीन जोड्ने नेपालको सबैभन्दा छोटो सडक बहुचर्चित कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डको सडक आगामी चैतबाट कालोपत्र हुने भएको छ । प्रदेश नं ४ को भाग्यरेखासमेत मानिएको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–जोमसोम खण्डको कालोपत्रका लागि चार प्याकेजमा धमाधम काम भइरहेको आयोजनाले जनाएको छ...बाँकी अंश →
धादिङ, २७ माघ ,, लापरवाहीपूर्ण तरिकाले सवारी चलाएर दुर्घटना गराउने सवारी चालकको उपचारको क्रममा शनिबार राति मृत्यु भएको छ । धादिङबेँसीबाट नलाङ ठाँटीतर्फ जाँदै गरेको बा३ख २७३१ नंको यात्रुबाहक बस शनिबार निलकण्ठ नगरपालिका–८ ससाहस्थित एउटा भ्यानलाई ठक्कर दिएर सडक छेउको जाली लगाइएको पर्खालमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनापछि धादिङमा...बाँकी अंश →

गलकोट, २७ माघ ,, जिल्लाको प्रसिद्ध धार्मिक पर्यटकीयस्थलको रुपमा विकास भइरहेको पञ्चकोटमा शनिबार करीब एक हजार आन्तरिक पर्यटक अवलोकनका लागि आएको पञ्चकोटले जनाएको छ । मनै लोभ्याउने पञ्चकोटका धार्मिक कलाकृतिका संरचना हेर्न र धेरै वर्षपछि परेको हिउँमा खेल्नका लागि जिल्लाका अधिकांश पर्यटक त्यहाँ पुगेका हुन् । बागलुङ नगरपालिका–६ स्थित पञ्चकोटमा...बाँकी अंश →
खलङ्गा, २५ माघ ,, पछिल्लो समय जुम्लामा क्यान्सरका बिरामी देखापर्न थालेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मेडिकल डाइरेक्टर पुजन रोकायाका अनुसार जुम्लामा वर्षेनी क्यान्सरका बिरामी बढिरहेको बताउनुभयो । पछिल्लो समय जुम्लामा पुरुषमा फोक्सो र महिलामा पाठेघरको क्यान्सर देखापर्ने गरेको जानकारी दिँदै उहाँले शुरुमै क्यान्सर रोगपत्ता लगाउन सके क्यान्सरलाई...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: