२४ चैत २०८२

समाचार

जनतामा निरासा ,, वरिष्ठ नेता पौडेल

चितवन, २९ माघ  ,,  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको कामबाट जनतामा निरासा छाएको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “दुई तिहाइका कम्युनिष्ट सरकारले चुस्त दुरुस्त रुपमा फटाफट काम गर्छ भन्ने जनताको अपेक्षा निरासामा परिणत भएको छ ।” सरकारप्रति कडारुपमा...बाँकी अंश →


असिना र वर्षाबाट क्षति हुनेहरुका लागि राहतका कार्यक्रम ल्याउनुपर्छ

काठमाडौँ, २९ माघ  ,,   प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिने अधिकाँश सांसदले निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँहरुले मुलुकको शान्ति सुरक्षा, चिया मजदुरको न्यूनतम पारिश्रमिक, हालैको वर्षाबाट इँट्टा उद्योग र बालीनालीमा पुगेको क्षतिलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । बैठकमा सांसद लक्ष्मी...बाँकी अंश →


केरा बेचेर वार्षिक ५० लाख कमाइ

गलेश्वर, २९ माघ  ,,   म्याग्दीको बेनी नगरपालिका–२ खबरामा गरिएको व्यावसायिक केरा खेतीबाट गाउँलेले वार्षिक रु ५० लाखसम्म कमाउन सफल भएका छन् । गाउँका सबै कृषकले केरा खेती गरेका छन् । करीब १८ हेक्टर क्षेत्रफलमा गरिएको केरा खेती सफल भएपछि खबरा गाउँको मुहार नै फेरिएको छ । धान, गहुँ, मकै, कोदो...बाँकी अंश →


सङ्घीयताको मूल मर्म अनुसार बजेट विनियोजन हुनुपर्छ

काठमाडौँ, २९ माघ  ,,  राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा भाग लिने सांसदले समसामयिक र गम्भीर विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँहरुले सिंहदरबार प्रवेशद्वारमा पैदालयात्रुलाई परेको अप्ठेरो, प्लाष्टिक झोलाको नियन्त्रण तथा क्रसर उद्योगले प्राकृतिक संरक्षणमा पारेको असरका बारेमा सदनमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको हो । बैठकमा सांसद विन्दादेवी...बाँकी अंश →


कुष्ठरोगका नयाँ बिरामी

डडेल्धुरा, २९ माघ ,,   सरकारले सन् २०१० मा कुष्ठरोग निवारण भएको घोषणा गरे पनि प्रत्येक वर्ष कुष्ठरोगका नयाँ बिरामी थपिँदै गएका छन् । डडेल्धुरामा मात्रै प्रत्येक वर्ष ३–४ जनामा कुष्ठरोग देखिने गरेको यहाँको उपक्षेत्रीय अस्पतालले जनाएको छ । अस्पतालले पाँच वर्षको अन्तरालमा ९३ कुष्ठरोगीको उपचार गरेको जनाएको छ । गत...बाँकी अंश →


आलेख ,, बालविवाहले महिलाको स्वास्थ्यमा गम्भीर समस्या

लम्की, २९ माघ ,, कैलालीकी पार्वती धामीको १४ वर्षको उमेरमा विवाह भयो । त्यो बेला उनलाई विवाह एक रमाइलो खेल हो जस्तो मात्रै लागेको थियो । पन्ध्र वर्षको उमेरमा पहिलो सन्तान छोरी जन्मियो । त्यसपछि ३० वर्ष नपुग्दै उनका चार सन्तान भए । सुत्केरी अवस्थामा पोषिलो खानपान र स्याहारसुसार नपाएका...बाँकी अंश →


सौराहामा खाना पर्व

चितवन, २९ माघ  ,,  पर्यटन प्रवद्र्धन गर्न पर्यटकीय नगरी सौराहामा १३ औँ सौराहा खाना पर्व (फुड फेष्टिवल) शुरु भएको छ । पर्वको पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले सौराहाको विकासका लागि सिटि हल निर्माणको काम शुरु भइसकेको बताउनुभयो । प्रणय दिवसको अवसरमा रेष्टुरेण्ट एण्ड बार एशोसिएशन(रेवान)...बाँकी अंश →


हायु युवकयुवतीले विवाह गर्ने जोडी नपाउँदा समस्या

गाईघाट, २९ माघ  ,,  नेपालमा नै अल्पसङ्ख्यक अवस्थामा रहेका हायु जातिमध्ये उदयपुरमा बसोबास गर्दै आएका अल्पसङ्ख्यक हायु जातिका उमेर पुगेका युवक तथा युवतीमा अहिले जिल्लाभित्र विवाह गर्ने जोडी नपाएपछि आफ्ना परम्परागत जातिगत विवाहमा समस्या देखिन थालेको छ । कटारी नगरपालिका–१० सिरवानीमा बसोबास गर्ने पाँचघर हायु र त्रियुगा नगरपालिका–१६ सुकौरामा बसोबास...बाँकी अंश →


अवैध उत्खनन रोक्न अनुगमन समिति

भरतपुर, २९ माघ  ,,   चितवनको कालिका नगरपालिकाले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अनुगमन समिति बनाउने भएको छ । पहिलोपटक नगरभित्रका दुई खोलामा ढुङ्गा, गिट्टी उत्खननका लागि बोलपत्र आह्वान गरेको नगरपालिकाले अवैध उत्खनन रोक्न अनुगमन समिति निर्माण गर्न लागेको हो । नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले आफ्नै संयोजकत्वमा जिल्लाका सरोकारवाला रहने गरी...बाँकी अंश →


सिँचाइको अभावमा खेत बाँझै

जाजरकोट, २९ माघ  ,,   जाजरकोटको नलगाड नगरपालिका–८ कायाखेत जिकुवा–हलचौर कृषि सडक खन्दा आएको बाढीपहिरोले दुई सिँचाइ कुलो भत्काएपछि कायाखेत जिउलो बाँझो रहेको छ । सडक खन्ने क्रममा सिँचाइ कुलो भत्किएपछि खेतीयोग्य जमीन तथा धान लगाउने खेत बाँझै रहेका हुन् । खेतको माथि अन्धाधुन्ध सडक खनी कुलो भत्काएपछि यस्तो समस्या आएको...बाँकी अंश →


शहीद स्मारक ‘बी’ डिभिजन लिग ,, आज दुई खेल

काठमाडौँ, २९ माघ  ,,  शहीद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा टुसाल युथ क्लब र बासबारी क्लब प्रतिस्पर्धा गर्दैछन् । दिउँसो १२ः३० बजे हुने खेलमा टुसाल युथ दोस्रो जितको निकाल्न चाहन्छ भने बाँसबारी पहिलो जितको खोजीमा हुनेछ । यसअघि भएको...बाँकी अंश →


बजेट खर्च निरासाजनक

बैतडी, २९ माघ  ,,   सुदूरपश्चिम प्रदेश सरकार मातहत स्थापना भएका बैतडीका कार्यालयहरुको ६ महीनाको खर्च स्थिती हेर्दा निराशाजनक देखिएको छ । विकास निर्माणसँग सम्बन्धित कार्यालयले चालू आर्थिक वर्षको छ महीना पूरा हुँदासमेत विकास खर्च बढाउन सकेका छैनन् । जिल्लाका रणनीतिक सडक, सडक पुल र ठूलाठूला झोलुङ्गे पुल निर्माणको जिम्मा पाएको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter