२४ चैत २०८२

समाचार

नेपाल इरान भिड्दै : फाइनल पुग्न इरानलाई जित्नैपर्ने

काठमाडौँ, १ फागुन  ,,   भारतमा जारी हिरो गोल्डकपअन्तर्गत आज लिग चरणको अन्तिम खेलमा नेपालले इरानको सामना गर्दैछ । भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा नेपाल र इरानबीचको खेल दिउँसो ४ बजे शुरु हुनेछ । जारी प्रतियोगितामा एक खेलमा पराजित र एक खेलमा जित निकाल्दै नेपालले तीन अङ्क जोडेको छ । आज इरानविरुद्ध...बाँकी अंश →


जनतासँग गरिएका वाचा पूरा हुन्छ ः मन्त्री अधिकारी

काभ्रेपलाञ्चोक, १ फागुन  ,,  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकार समृद्धिको लडाइँमा विजयी हुने बताउनुभएको छ । सोनाम ल्होछार सांस्कृतिक महोत्सव–२८५५ लाई तेमाल गाउँपालिका–५ नारायणस्थानमा मङ्गलबार सम्बोधन गर्दै मन्त्री अधिकारीले भन्नुभयो, “हामी जनताको स्वाभिमान उच्च राख्ने काम गर्दैछौँ, सरकार समृद्धिको यात्रामा विजयी हुन्छ ।” मन्त्री अधिकारीले वर्तमान सरकार...बाँकी अंश →


अधिकारबारे सचेत बनाउन मजदुरलाई प्रशिक्षण

रुपन्देही, १ फागुन  ,,   पेशागत अधिकारबारे सचेत बनाउने उद्देश्यले ६ जिल्लाका यातायात क्षेत्रका मजदुर तथा कर्मचारीलाई बुटवलमा प्रशिक्षण दिइएको छ । अन्तर्राष्ट्रिय यातायात मजदुर सङ्गठन र जर्मनी संस्था एफइएसको संयुुक्त आयोजनामा मङ्गलबारदेखि सञ्चालित प्रशिक्षणमा २५ यातायात मजदुरको सहभागिता रहेको छ । तीन दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा दाङ, धनगढी, काठमाडौँ, कपिलवस्तु,...बाँकी अंश →


जनप्रतिनिधिको पारिश्रमिक शिक्षा क्षेत्रमा

गलकोट, १ फागुन  ,,  जननिर्वाचित प्रतिनिधिले पनि पारिश्रमिक पाउने व्यवस्थाको आलोचना भइरहेकै बेला यहाँका एक जनप्रतिनिधिले आफूले पाएको पारिश्रमिक शिक्षा क्षेत्रमा खर्चन थाल्नुभएको छ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–५ ग्वालीचौरका वडाध्यक्ष अर्जुनप्रसाद खरेलले आफ्नो पारिश्रमिकवापतको रकम वडाको शिक्षा क्षेत्रको विकासका लागि खर्चने भन्दै विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । खरेलले...बाँकी अंश →


चट्याङले टेलिकमको टावरमा क्षति हुँदा सेवा अवरुद्ध

बाजुरा, १ फागुन  ,,  चट्याङ लागेर जिल्लाको छेडेदह गाउँपालिकामा रहेको नेपाल टेलिकमको रेडियो रिपीटरटावरमा चट्याङ पर्दा फोन सेवा अवरुद्ध भएको छ । खप्तड छेडेदह गाउँपालिका–७ छेडेदहको जङ्गलमा रहेको नमस्ते फोनको टावरमा चट्याङ लागेर क्षति पुगेको वडाध्यक्ष खगेन्द्र रावतले जानकारी दिनुभयो । टावर र सोलारमा क्षति पुगेपछि सो क्षेत्रको नमस्ते फोन...बाँकी अंश →


कर्णालीका किसानलाई निवृत्तिभरण दिइने

सुर्खेत, १ फागुन   ,,    कर्णाली प्रदेश सरकारले यसै वर्षदेखि किसान निवृत्तिभरण(पेन्सन) कार्यक्रम शुरु गर्ने भएको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आवमा विनियोजित रु एक करोड बजेटको सीमाभित्र किसानलाई पेन्सन वितरण गर्ने भएको छ । प्रदेश सरकारले चालू आवको बजेटमा कृषकलाई प्रोत्साहन गरी कृषि...बाँकी अंश →


राप्रपाको राष्ट्रिय स्वाभिमान यात्रा

काठमाडौँ, २९ माघ  ,,   राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन १५ गते ताप्लेजुङका सदरमुकामबाट मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा प्रारम्भ गर्ने भएको छ । पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार हिन्दू राष्ट्रको पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य र रोजगारीका लागि दबाब दिने यात्राको मुख्य उद्देश्य रहेको उक्त पार्टीले जनाएको छ ।...बाँकी अंश →


‘वन विकास कोष’ स्थापना गरिने

काठमाडौँ, २९ माघ  ,,  सरकारले वन क्षेत्रको संरक्षण र सम्बद्र्धनका लागि ‘वन विकास कोष’को स्थापना गर्ने भएको छ । वन तथा वातावरण मन्त्रालयले वन क्षेत्रको संरक्षणका साथै अन्य प्रवद्र्धधनात्मक कार्यका लागि सरकारको अनिवार्य दायित्व नरहने गरी उक्त कोष स्थापना गर्ने तयारी गरेको हो । नेपाल सरकार, मन्त्रिपरिषद् बैठकले हालै स्वीकृत...बाँकी अंश →


प्रहरी प्रतिष्ठान फराकिलो स्थानमा लगिने

काठमाडौँ, २९ माघ  ,,  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जको ठाउँ साँघुरो भएकाले सबै क्रियाकलाप एकै ठाउँमा गर्नका लागि फराकिलो स्थानमा स्थानान्तरण गर्ने तयारी गरिएको बताउनुभएको छ । प्रहरी निरीक्षक आधारभूत तालीमको १७८ औँ समूहको दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “धेरै वर्ष अगाडिदेखि यो...बाँकी अंश →


शहीद स्मृति पार्क ओझेलमा

जाजरकोट, २९ माघ ९  ,,   जनयुद्धमा होमिएकोे तत्कालीन नेकपा ९माओवादी० शान्ति प्रक्रियामा आउने वित्तिकै ठूलो धनराशि खर्च गरेर यहाँको भेरी नगरपालिका– १ स्थित रिम्नामा शहीद स्मृति पार्क निर्माण गरिएको थियो । निर्माण भएको दुई वर्षसम्म त्यहाँ आन्तरिक पर्यटकको ओइरो लागेपनि अहिले भने सुनसान छ । उक्त पार्कमा प्रवेश गर्नेहरू आनन्दको...बाँकी अंश →


प्रदेशस्तरीय प्रतियोगिता

बनेपा, २९ माघ  ,,  मुवा थाई सङ्घ काभ्रेपलाञ्चोक जिल्ला शाखाको आयोजनामा तेमाल गाउँपालिकास्थित पोखरी नारायाण स्थानमा आगामी फागुन ३ र ४ गते प्रदेशस्तरीय ‘मुवा थाई’ प्रतियोगिता हुने भएको छ । किक बक्सिङ तेक्वान्दो कराँतेको सङ्युक्त स्वरुपको उक्त प्रतियोगितामा पाँच जिल्लाका खेलाडी सहभागी हुने आज बनेपामा आयोजित पत्रकार सम्मेलनमा सो शाखाले...बाँकी अंश →


शिक्षासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न सांसदको माग

काठमाडौँ, २९ माघ  ,,  राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा भाग लिँदैै सांसद राधेश्याम अधिकारीले सरकारलाई आयोगले बुझाएको अन्तरिम र मूल प्रतिवेदनमा समेटिएका मूलभूत विषयवस्तुबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो । सांसद अधिकारीले...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter