२४ चैत २०८२

समाचार

राज्यविरोधी शक्तिसँग सजग रहन गृहमन्त्रीको निर्देशन

भद्रपुर, १ फागुन  ,,  गृहमन्त्री रामबहादुर थापाले मुलुकभित्र र बाहिरका असन्तुष्ट शक्तिले सरकारलाई उल्ट्याउने, कमजोर पार्ने र फेरि अस्थिरता पैदा गर्ने प्रयास गरिरहेको बताउनुभएको छ । मन्त्री थापाले आज कर्मचारीसँग जिल्ला प्रशासन कार्यालयमा गरिएको भेटघाट कार्यक्रममा राज्य विरोधी शक्ति सल्बलाउन थालेका कारण सजग रहनसमेत निर्देशन दिनुभयो । उहाँले झापामा पृथकतावादीको...बाँकी अंश →


देशकै नमूना अभियान हनुमन्ते

काठमाडौँ, १ फागुन  ,,  हनुमन्ते नदी सफाइ मूल समारोह समितिले अहिलेसम्म ७२ मेट्रिक टन फोहर व्यवस्थापन गरेको छ । वाग्मतीको सहायक नदीको रुपमा बग्ने उक्त नदी सफाइ अभियानको ५१औँ हप्ताको सन्दर्भमा आज आयोजित पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले स्थानीयको श्रम र लगानीमा अभियानले देशकै नमूना सफाइ अभियानको रूपमा परिचित...बाँकी अंश →


आलेख ,, दाङमा कुपोषण डरलाग्दो

नारायणपुर, १ फागुन  ,,  मनखुशी सुनारलाई २७ वर्षकै उमेरमा पाँच छोराछोरीको पालनपोषण गर्नुपर्ने जिम्मेवार आइप¥यो । दुई सन्तानकी आमा मनखुशीलाई दिदीका तीन बच्चाबच्चीको पनि पालनपोषण गर्नुपरेपछि घर चलाउनै धौ धौ छ । अल्लोको धागो काटेर घर चलाउने घोराही उपमहानगरपालिका वडा नं १४ की मनखुशीले मासिक ७०० रुपैयाँ मात्रै कमाउनुहुन्छ ।...बाँकी अंश →


नेता खनाल र चिनियाँ राजदूत भेट

काठमाडौँ, १ फागुन   ,,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि चिनियाँ राजदूत होउ यानछीले आज खनाल निवास डल्लुमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । नेता खनालले नेपाल आर्थिक विकास र सामाजिक रुपान्तरणको नयाँ युगमा प्रवेश गरेको कुरामा जोड दिँदै नेपाल र चीनबीच परापूर्वकालदेखि नै रहेको...बाँकी अंश →


राप्ती नदीमा तटबन्ध निर्माण अधुरै

लमही, १ फागुन  ,,   राप्ती नदीअन्तर्गत दाङखण्डमा अहिलेसम्म करीब १० किलोमिटर मात्रै तटबन्ध निर्माण कार्य पूरा भएको छ । नदीको दुवैतर्फ गरी २० किलोमिटर क्षेत्रफलमा तटबन्ध गर्नुपर्ने भए पनि अहिलेसम्म १० किलोमिटर मात्रै तटबन्ध निर्माणको काम पूरा भएको जनताको तटबन्ध लमहीका प्रमुख विनोद चापागाईले जानकारी दिनुभयो । चालु आर्थिक वर्षभित्र...बाँकी अंश →


वन अतिक्रमणमा वृद्धि

भोजपुर, १ फागुन  ,,  भोजपुरमा वन अतिक्रमण गर्ने कार्यमा वृद्धि भएको छ । जिल्लाभर हालसम्म ६८ दशमलव ६८ हेक्टर वन अतिक्रमण भएको डिभिजन वन कार्यालय भोजपुरले जनाएको छ । इलाका वन कार्यालय बोयाअन्तर्गत सबैभन्दा बढी ३७ दशमलव पाँच, वालङ्खाअन्तर्गत ७ दशमलव ३५, याकुमा ९ दशमलव १ हेक्टर र अन्य विभिन्न...बाँकी अंश →


यू–२१ राष्ट्रिय फुटबल टोली घोषणा

काठमाडौँ, १ फागुन  ,,   अखिल नेपाल फुटबल सङ्घ (एन्पmा)ले २० सदस्यीय यू–२१ राष्ट्रिय फुटबल टोलीका घोषणा गरेको छ । यही फागुन ८ देखि १७ गतेसम्म भारतमा हुने सेन्टेनरी नर्थ इस्ट फुटबल च्याम्पियनसिप प्रतियोगितामा सहभागी हुने २० सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको एन्फाले जनाएको छ । च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षकमा चेतनारायण...बाँकी अंश →


उपत्यका प्रहरी ,, कारवाहीभन्दा पुरस्कृत धेरै

काठमाडौँ, १ फागुन  ,,   काठमाडौँ उपत्यकामा कारवाही हुनेभन्दा पुरस्कृत हुने प्रहरीको सङ्ख्यामा वृद्धि भएको छ । विगतका समयमा प्रहरीले घुस लिने र अनावश्यक सेवाग्राहीलाई दुःख दिने गरेपछि कारवाहीमा पर्ने क्रम बढे पनि पछिल्लो समय भने राम्रो काम गरेबापत पुरस्कृत हुने सङ्ख्यामा वृद्धि भएको हो । महानगरीय ट्राफिक प्रहरीले दिएको जानकारीअनुसार...बाँकी अंश →


क्रिकेट मैदान निर्माणका लागि आर्थिक सङ्कलन अभियान

काठमाडौँ, १ फागुन   ,,  गौतम बुद्व अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको घोषणा गरेको धर्मुस सुन्तली फाउण्डेशनले आर्थिक सङ्कलन अभियानलाई तीव्र बनाएको छ । चितवनमा गौतमबुद्व अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने घोषणा गरेका अभियान्ता सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली) अहिले विश्वका विभिन्न देशमा कार्यक्रमको आयोजना गर्दै रकम सङ्कलन गरिरहेका छन् । उनीहरुले...बाँकी अंश →


महायज्ञमा ९० लाख दान सङ्कलन

घोराही, १ फागुन ९  ,,  घोराही उपमहानगरपालिकास्थित जयशेर माध्यमिक विद्यालय रावतगाउँमा प्राविधिक शिक्षा सञ्चालनका लागि आयोजना गरिएको श्रीमद्भागवत धनधान्याञ्चल विराट नवाह ज्ञान महायज्ञमा रु ९० लाख बढी दान सङ्कलन भएको छ । महायज्ञको अन्तिम दिनसम्म रु ९० लाख दान सङ्कलन भएको आर्थिक समितिले जानकारी दिएको छ । महायज्ञमा हिजो मङ्गलबार...बाँकी अंश →


स्वास्थ्य संस्थालाई सोलार वितरण

बैतडी, १ फागुन  ,,   स्वास्थ्य सेवा प्रभावकारी बनाउन बैतडीको दुर्गम सिगास गाउँपालिकाले गाउँपालिकाभरिका सबै स्वास्थ्य संस्थामा सोलार वितरण गरेको छ । गाउँपालिकाभरि रहेका १७ स्वास्थ्य संस्था, सामुदायिक स्वास्थ्य एकाइ र प्रसूति सेवा केन्द्रमा सोलार सेट वितरण गरिएको सिगास गाउँपालिकाका स्वास्थ्य सहसंयोजक जनकसिंह धामीले जानकारी दिनुभयो । रातिको समयमा समेत सेवा...बाँकी अंश →


खानेपानी आयोजना निर्माण

गोरखा, १ फागुन  ,, गोरखाको भीमसेन थापा गाउँपालिका–१ निवेलमा करीब रु ६० लाख लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले विनियोजन गरेको बजेटअन्तर्गत प्रदेशमै प्रदेश सरकारको लगानीमा निवेल खानेपानी आयोजना निर्माण सम्पन्न भएको हो । कूल रु ५९ लाख ५३ हजार ४२ को लागतमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter