
काठमाडौँ, २ फागुन ,, राष्ट्रियसभाको बैठकले राष्ट्रियसभा नियमावली, २०७५ संशोधन मस्यौदा समितिको समयावधि १५ दिन थप गरेको छ । राष्ट्रियसभाको आज बसेको बैठकमा सो समितिका सभापति परशुराम मेघी गुरुङले समितिको म्याद थपसम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो । सो प्रस्तावलाई सांसदद्वय वृन्दादेवी आलेमगर र प्रमिला कुमारीले समर्थन जनाउनुभएको थियो । राष्ट्रियसभाको...बाँकी अंश →
खोटाङ, २ फागुन ,, सडक दुर्घटना न्यूनीकरण गर्न मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको हलेसी–जयराम सडकखण्डका विभिन्न घुम्तीमा सडक ऐना राखिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित त्रिधार्मिकस्थल हलेसी ओहोरदोहोर गर्ने क्रममा प्रयोग हुने एक मात्र जयराम–हलेसी सडकका विभिन्न १५ घुम्तीमा ‘स्ट्याण्ड’सहितको ठूलो सडक ऐना राखिएको हो । दैनिक हलेसी आवतजावत गर्ने अन्तरिक...बाँकी अंश →
रत्ननगर, २ फागुन ,, पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले विभिन्न १९ ऐन तथा नियम निर्माण गरी स्वीकृत गरेको जनाएको छ । नगरपालिकाले प्रशासकीय कार्यविधि, न्यायिक समिति ऐन, विपत् जोखिम न्यूनीकरण ऐन, नगरपालिका पदाधिकारीको आचारसंहिता, एफएम रेडियो कार्यविधि, विद्यालय शिक्षा सञ्चालन तथा नियमन कार्यविधि, नगरपालिकाको राजपत्र प्रकाशनसहित विभिन्न १९ कार्यविधि तथा ऐन...बाँकी अंश →
काठमाडौँ, २ फागुन ,, प्रधानमन्त्री केपी शर्मा ओलीले आज ललितपुरको एकान्तकुनामा नेपाल पानीजहाज कार्यालयको उद्घाटन गर्नुभएको छ । भौतिक योजना तथा यातायात मन्त्रालयले आयोजना गरेको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले कार्यालयको स्थापनाले पानीजहाजको शुरुआत र विकासका लागि ढोका खोलेको बताउनुभयो । नेपालमा धेरै नदीमा जल यातायातको सम्भावना रहेकाले नेपाल पूर्णरूपमा भूपरिवेष्ठित...बाँकी अंश →

भक्तपुर, २ फागुन (रासस): युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले देशमा अब कोही पनि युवा बेरोजगार भएर बस्नु नपर्ने बताउनुभएको छ । आज भक्तपुरको राधेराधेस्थित श्यामाश्यामाधाममा डिभाइन युथ क्लब नेपालले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको तीन दिवसीय राष्ट्रिय युथ स्प्रीच्युबल ह्यापिनेस क्याम्पमा उहाँले भन्नुभयो, “रोजगारीका लागि युवालाई विदेश पलायन हुनबाट...बाँकी अंश →

काठमाडौँ, २ फागुन ,, प्रदेश नंं ५ मा आयोजना गर्ने तय भएको आठाँै राष्ट्रिय खेलकूद प्रतियोगिताको नयाँ मिति घोषणा गर्न राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कार्यकारी समितिको बैठक अघिल्लो साता बस्यो, तर बैठकले मिति घोषणा गर्न सकेन । कार्यकारी समितिको बैठकले प्रतियोगिताका लागि अनुमानित बजेटलाई अन्तिम रूप दिए पनि आठौँ राष्ट्रिय...बाँकी अंश →

काठमाडौँ, २ फागुन ,, राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा चुलिएको व्यापार घाटालाई सन्तुलन गर्दै निर्यात प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ । ‘सङ्घीय नेपाल, लगानी र समृद्धिको अवसर’ भन्ने नाराका साथ नेपाल उद्योग परिसङ्घ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा आज यहाँ शुरु भएको पहिलो ‘नेपाल उद्यमशीलता सम्मेलन–२०१९’ को...बाँकी अंश →

सप्तरी, २ फागुन ,, प्रदेश नं २ सरकारद्वारा सञ्चालित ‘बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत बिहीबार सप्तरीको बलानबिहुल गाउँपालिकामा साइकल वितरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित समारोहमा मुख्यमन्त्री लालबाबु राउतले त्यस क्षेत्रका सामुदायिक विद्यालयमा नियमित पढन जाने कक्षा ९ मा अध्ययनरत ७० छात्रालाई साइकल वितरण गर्नुभयो । सो...बाँकी अंश →

काठमाडौँ, २ फागुन ,, राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद कालीबहादुर मल्लले सुशासनको आरम्भ सिंहदरबाट शुरु गर्न आग्रह गर्नुभएको छ । उहाँले सिंहदरबारभित्र रहेका विभिन्न मन्त्रालय तथा कार्यालयका पुराना सवारीसाधन, पुराना सामग्री हटाउन, सिंहदरबार प्रवेशलाई सहज बनाउन र तत्कालीन शान्ति मन्त्रालय र दुर्गम क्षेत्र विकास समितिले १८ जिल्लामा सञ्चालन गरेका...बाँकी अंश →

कञ्चनपुर, २ फागुन ,, उपराष्ट्रपति नन्दबहादुर पुनले कञ्चनपुर बेदकोट नगरपालिका–४ स्थित शिवलिङ्गेश्वर (लिङ्गा) क्षेत्रको आज विहान स्थलगत अवलोकन गर्नुभएको छ । सो अवसरमा उहाँले भौतिक पूर्वाधार निर्माण गर्न सके यहाँ आन्तरिक र बाह्य धार्मिक पर्यटकलाई भित्र्याउन सकिने उल्लेख गर्दै धार्मिक पर्यटकका लागि उच्च सम्भावना बोकेको यस क्षेत्रको विकासका लागि सम्बन्धीत...बाँकी अंश →

बैतडी, २ फागुन ,, भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटमा पक्की पुल निर्माणका लागि बैतडीवासीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । केही दिनअघि गठन गरिएको पुल निर्माण दबाब समितिले प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेमार्फत बुधबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । झुलाघाट नाकामा करीब डेढ सय वर्षअघि निर्माण गरिएको झोलुङ्गे पुलबाट आवतजावत भइरहेकाले...बाँकी अंश →

काठमाडौँ, २ फागुन ,, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले हिन्दू राष्ट्रको पुनःस्थापनालगायत विषयलाई अभियानका रुपमा सातै प्रदेशमा लैजाने भएको छ । मुलुकमा राष्ट्रियता कमजोर भएको र सामाजिक रुपान्तरण हुन नसकेको अहिलेको अवस्थामा पार्टीका आदर्शलाई देशभर पु¥याउने अभियान छिट्टै शुरु गर्न लागेको पार्टीले जनाएको छ । केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्षद्वय डा प्रकाशचन्द्र...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: