२२ चैत २०८२

समाचार

चट्याङ लागेर आमाछोरा घाइते

कञ्चनपुर, ३ फागुन   ,,   कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पारिफाँटामा आज बिहान चट्याङ लागेर आमाछोरा घाइते भएका छन् । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीका अनुसार घाइते गौरा खत्री र उहाँका १४ वर्षीय छोरा दिपेश खत्री घाइते भएका छन् । घाइते दुबै जनाको झलारी बजारमा रहेको निजी मेडिकलमा उपचार...बाँकी अंश →


म्याग्दी समाचार ,, दृष्टिविहीन स्रोत कक्षालाई सामग्री सहयोग

गलेश्वर, ३ फागुन  ,,  उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहीन स्रोत कक्षाका विद्यार्थीलाई रु २१ हजार बराबरका सामग्री सहयोग गर्नुभएको छ । अध्यक्ष भण्डारीले कापी, कलम, मादल, सारङ्गी, पेनड्राइभ, स्पिकर, कम्प्युटरको किबोर्डलगायतका शैक्षिक सामग्री उपलब्ध गराउनुभएको हो । विद्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष भण्डारीले...बाँकी अंश →


विकास र पूर्वाधारको स्रोत पहिल्याउँदै प्रदेश नं ५ सरकार

बुटवल, ३ फागुन   ,,    एक वर्षअघि प्रदेश सरकार स्थापना हुँदा कार्यालय र जनशक्तिकै अभाव थियो । प्रदेश नं ५ पनि यसबाट अछुतो थिएन । आन्तरिक व्यवस्थापनका यी काम गर्दै सङ्घीयता कार्यान्वयनका आधार खडा गरेर प्रदेश सरकारले एक वर्ष व्यतीत गरेको छ । अन्य प्रदेशमा झैँ मुख्यमन्त्री र प्रदेशमन्त्री सन्तुष्ट...बाँकी अंश →


भलिबलमा नौकुण्ड प्रथम

रसुवा, ३ फागुन   ,,  ल्होछार पर्व अन्तर्गत उत्तरी रसुवाको थाम्वुचेतमा आयोजित भलिबल तथा अन्य विविध सांस्कृतिक कार्यक्रम बिहीबार सम्पन्न भएको छ । नेपाल तामाङ घेदुङ सङ्घ आमा छोदिङ्मो गाउँपालिकास्तरीय भलिबल खेलमा नौकुण्ड युवा सोसाइटी सरसिउ प्रथम, रसिभुमे युवाकल्ब चित्तीभोर्ले द्वितीय र धुञ्चे समूह तृतीय भएको थियो । भलिबल खेलका विजेता...बाँकी अंश →


पहिलो गायत्री अश्वमेध महायज्ञ वीरगञ्जमा

काठमाडौँ, ३ फागुन   ,,   नेपालमै पहिलोपटक गायत्री अश्वमेध महायज्ञ फागुन १९ देखि २२ गतेसम्म वीरगञ्जमा आयोजना हुने भएको छ । महायज्ञ आयोजना गर्न मूल आयोजक समिति गठन गरिएको छ । धर्ती र वातावरणको शुद्धिका लागि महायज्ञ गर्न लागिएको मूल आयोजक समितिका सहसंयोजक डा राजु अधिकारीले बताउनुभयो । ‘शतपथ ब्राह्मण’ नामक...बाँकी अंश →


हिरो गोल्डकप ,, उपाधिका लागि नेपाल–म्यान्मा भिड्दै

काठमाडौँ, ३ फागुन  ,,  भारतमा जारी हिरो गोल्डकप प्रतियोगिताको अन्तिम चरणको खेलमा आज नेपाल र म्यान्मा भिड्दै छन् । भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा हुने खेल नेपाली समयानुसार साँझा ६ बजे शुरु हुनेछ । नेपालको राष्ट्रिय महिला फुटबल टोलीले आज विजयी भए पहिलो अन्तर्राष्ट्रिय उपाधि पाउनेछ । दक्षिण एशियाली फुटलबमा सधँै...बाँकी अंश →


गण्डक नहरको संरचना जीर्णः जुनसुकै बेला दुर्घटना हुन सक्ने

वीरगञ्ज, ३ फागुन   ,,   गण्डक नहरको संरचना पुरानो र जीर्ण भइसकेकाले जुनसुकै बेला भत्किन सकने सम्भावना रहेको छ । करीव ४५ वर्ष अघि निर्माण भएको गण्डक नहरमा रहेको पुल, पुलेसा, कलभर्ड तथा संरचनाको आवश्यक मर्मत सम्भार हुन नसक्दा ती संरचना जीर्ण बन्दै गएको छ । प्रदेश नं २ को पर्सा,...बाँकी अंश →


महायज्ञमा रु दुई करोड सङ्कलन

कावासोती, ३ फागुन ९  ,,  विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले नवलपरासीको कावासोतीस्थित जनता माध्यमिक विद्यालयमा सञ्चालन गरिएको महायज्ञमा रु दुई करोड बढी रकम सङ्कलन भएको छ । नौ दिनसम्म चलेको महायज्ञमा रु एक करोड ३५ लाख ६५ हजार बराबर नगद सङ्कलन भएको छ । करीब रु ७० लाख बराबरको...बाँकी अंश →


सरकारले सन्तोषजनक काम गरेको छ – प्रदेश प्रमुख प्रा तुम्वाहाङ

विराटनगर, ३ फागुन  ,,  प्रदेश नं १ का प्रमुख प्रा डा गोविन्दबहादुर तुम्वाहाङले एक वर्षको अवधिमा प्रदेशमा भएका कामको सराहना गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आज यहाँ आयोजित प्रदेश सरकारको एकवर्षे उपलब्धि सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिलेसम्म भएका कामप्रति जनता उत्साहित छन् भन्नुभयो । उहाँले जनताका चाहना...बाँकी अंश →


जनअपेक्षाअनुरुप सरकार अघि बढ्न सकेन ,, पूर्वप्रम भट्टराई

पोखरा, ३ फागुन   ,,   नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनअपेक्षाअनुरुप सरकार अघि बढ्न नसकेको बताउनुभएको छ । संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशद्वारा आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले वर्तमान सरकार सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेपछिको सरकार भएकाले जनताले यसबाट धेरै अपेक्षा गरेको बताउनुभयो । सरकारले...बाँकी अंश →


आगलागी हुँदा पाँच लाख बराबर क्षति

तुलसीपुर, ३ फागुन  ,,  आज बिहान चट्याङ परेर आगलागी हँुदा रु पाँच लाख बराबरको क्षति हुनुका साथै एक घाइते भएका छन् । दाङको गढवा गाउँपालिका–७ विजयपुरस्थित बालाराम विकको फुसले छाएको दुईतले कच्ची घरमा एक्कासि चट्याङ परी आगलागी हुँदा विककी श्रीमती ७४ वर्षीय मोती विक आगोले जलेर घाइते भएको जिल्ला प्रहरी...बाँकी अंश →


झापामा कला साहित्य उत्सव

भद्रपुर, ३ फागुन  ,,  रिर्डस झापाको आयोजनामा प्रत्येक दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको कला साहित्य उत्सव यही फागुन १८ गतदेखि शुरु हुने भएको छ । झापाको मेचीनगर–६ स्थित काँकडभिट्टामा हुने ‘कला साहित्य उत्सव २०७५’ मा १४ विषयमा समूहगत छलफल गरिने बिहीबार विर्तामोडमा पत्रकार सम्मेलन गरी रिर्डसले जानकारी दिएको हो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter