
धरान, ७ फागुन ,, धरान उपमहानगरपालिकाले ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवस बृहत्रूपमा सरसफाइ गरेर मनाएको छ । हिजो, आज र भोलि गरी तीन दिनसम्म धरान उपमहानगरभित्रको कोशी राजधमार्ग सफाइ गरिने कार्यवाहक उपमहानगरप्रमुख मञ्जु भण्डारीले जानकारी दिनुभयो । सङ्घ तथा प्रदेश सरकारको निर्णयअनुसार आज विहान ६ बजे धरानको तीनकुनेदेखिको राजमार्ग सफाइ गरिएको...बाँकी अंश →

काठमाडौँ, ७ फगुन ,, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटको पहिलो खेलमा नेपालले मलेशियालाई ३४ रनले पराजीत गरेको छ । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा १२७ रनको लक्ष्य पच्छ्याएको मलेशियाले पूरै ओभर खेल्दै सात विकेटको क्षतिमा ९२ रन मात्र बनाएपछि नेपालले ३४ रनको जित निकालेको हो...बाँकी अंश →

बर्दिवास, ७ फागुन ,, महोत्तरी जिल्लाको बजार क्षेत्रका सडकमा छाडा चौपायाका कारण सवारी साधन आवागमनमा असर परेको छ । जिल्लाको उत्तरवर्ती मुख्य नगर बर्दिवास, गौशाला, भङ्गाहा, रामगोपालपुर र जिल्ला सदरमुकाम जलेश्वरसहितका नगरपालिका क्षेत्रका सडकमा छाडा चौपायाले गर्दा बाटो काट्न र हिँड्न कठिन भएको स्थानीयबासी बताउँछन । हिजो आज चौपाया छाडा...बाँकी अंश →

काठमाडौँ, ७ फागुन ,, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले प्रजातान्त्रिक व्यवस्थामा जनता सर्वोच्च हुने भएकाले सरकार उनीहरुप्रति उत्तरदायी हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । उनानसत्तरीऔँ प्रजातन्त्र दिवसका अवसरमा जारीे विज्ञप्तिमा देश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गर्दै उहाँले देश र जनतालाई...बाँकी अंश →

प्यूठान, ७ फागुन ,, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले २०७५ सालभित्रै स्ववियु निर्वाचन गरिसक्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ प्यूठान जिल्ला शाखाले आज मङ्गलबार नयाँबजार जुम्रीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले नयाँ शैक्षिक वर्षका लागि कार्यतालिकामा सुधार गर्न सरकार लागिएकाले यही शैक्षिक वर्षभित्रै स्ववियु निर्वाचन गरेर...बाँकी अंश →

गाईघाट, ७ फागुन ,, सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–३ हँडैयामा निर्माणाधिन पक्की पुल भत्कन शुरु भएको छ । हडैया खोलामा निर्माण भइरहेको करीब ६० मिटर लामो उक्त पुलको दुई स्ल्याबमध्ये एउटा भत्कन थालेको स्थानीयवासी बुद्धिमान कार्कीले बताउनुभयो । चार स्ल्याबमा निर्माण हुनुपर्ने उक्तपुल ढिलो गरी निर्माण भइरहे पनि केही भागसमेत...बाँकी अंश →

काठमाडौँ, ७ फागुन ,, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश जोशीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिनुभएको हो । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि जोशीको नाम अनुमोदन नगरेपछि न्याय सम्पादन गर्ने वा नगर्ने विवादका बीच उहाँले सर्वोच्च अदालतमा...बाँकी अंश →

काठमाडौँ, ७ फागुन ,, प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौँदेखिको नेपालीको विकास र समृद्धिको सपना यथार्थमा रुपान्तरण भएको देख्न चाहने सबैलाई आ–आफ्नो स्थानबाट योगदान पु¥याउन आह्वान गर्नुभएको छ । उनान्सत्तरीऔँ प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले अबको हाम्रो यात्रा सुशासन र विकासतर्फ भएकाले हामीले...बाँकी अंश →

भद्रपुर, ७ फागुन ,, मानव बेचविखनको जोखिममा परेका १७९ नेपालीलाई उत्तरपूर्वी भारतको मणिपुरबाट उद्धार गरी आज नेपाल ल्याइएको छ । तीमध्ये १४७ महिला र ३२ पुरुष छन् । माइती नेपाल र नेपाल सरकारको पहलमा मणिपुरको राजधानी इम्फालबाट उद्धार गरी ल्याइएका उनीहरुलाई आजै काठमाडौँ लगिने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका...बाँकी अंश →

काठमाडौँ, ७ फागुन ,, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटको पहिलो खेलमा नेपालले मलेशियालाई जितका लागि १२७ रनको लक्ष्य दिएको छ । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै पाँच विकेट गुमाएर १२६ रन बनायो । नेपालका लागि...बाँकी अंश →

काठमाडौँ, ७ फागुन,, राष्ट्रपति विद्यादेवी भण्डारी ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित प्रजातन्त्र दिवस मूल समारोहमा सरिक हुनुभयो । नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट निरङ्कुश राणा शासनको अन्त्य र प्रजातन्त्रको थालनी भएको स्मरणमा हरेक वर्ष फागुन ७ गतेका दिन राष्ट्रिय प्रजातन्त्र दिवसको रूपमा मनाउने गरिन्छ । समारोहमा...बाँकी अंश →

काठमाडौँ, ७ फागुन ,, राष्ट्रपति विद्यादेवी भण्डारीले ६९ औँ राट्रिय प्रजातन्त्र दिवसले हामी सबैलाई प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७५ का अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले नेपालको संविधानका सबै प्रावधानहरू लागू हुँदै गएको...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: