२० चैत २०८२

समाचार

प्रादेशिक महोत्सवमा एक करोडभन्दा बढीको कारोवार

डोटी, ९ फागुन ,,  जिल्लाको दिपायलस्थित पिपल्ला बजारमा सञ्चालन भएको सुदूरपश्चिम प्रादेशिक महोत्सव समापन भएको छ । महोत्सवमा करीब एक करोड बराबरको कारोवार हुनुका साथै ४० देखि ५० हजारभन्दा बढी दर्शकले अवलोकन गरेको महोत्सव आयोजक संस्था डोटी उद्योग वाणिज्य सङ्घले जनाएको छ । डोटीलगायत समग्र सुदूरपश्चिमको मुख्य पर्वकै रुपमा हेरिएको...बाँकी अंश →


खानेपानी आयोजना सम्पन्न

म्याग्दी, ९ फागुन ,,  म्याग्दीको धौलागिरी गाउँपालिका–७ ताकममा निर्माण भएको कोतखोला तेस्रो खानेपानी तथा सरसफाइ आयोजनाबाट करीब ३५० घरधुरी लाभान्वित भएका छन् । पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत रु दुई करोड ६७ लाख ८८ हजार ५५५ को लागतमा निर्माण भएको आयोजनाबाट ताकम र काफलडाँडा गाउँका ३३६ घरधुरी लाभान्वित...बाँकी अंश →


विद्युत् सुविधापछि हर्षित

सिन्धुली ९ फागुन ,, सिन्धुलीको फिक्कल गाउँपालिका–६ रत्नावतीका २०० घरमा यतिबेला बिजुली बलेपछि स्थानीयवासी हर्षित भएका छन् । स्थानीय खोलाबाट लघु जलविद्युत् आयोजनामार्फत बिजुली बाल्न पाउँदा स्थानीयवासी हर्षित बनेका हुन् । साविकको रत्नावती गाविसको ६, ७, ८ र ९ नं वडाका २०० घरधुरीले विद्युत् सुविधा विस्तार भएको साउ खोला जलविद्युत्...बाँकी अंश →


नेकपा बैठक ः कार्यदलको सुझावमाथि छलफल

काठमाडौँ, ९ फागुन ,,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को साङ्गठनिक एकीकरणका लागि गठित कार्यदलले सुझाव पेश गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय र कार्यदलको संयुक्त बैठकमा साङ्गठनिक एकता गर्नका लागि गठित कार्यदलका संयोजक रामबहादुर थापाले अहिलेसम्म गरिएका कामको प्रतिवेदनसहित सुझाव पेश गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार...बाँकी अंश →


राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप शनिबार

काठमाडौँ, ९ फागुन ,,  नेपाल रिङ रेस्लिङ सङ्घको आयोजनामा आउँदो शनिबार राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप हुने भएको छ । लैनचौरस्थित टिटी हलमा हुने सो च्याम्पियनसिपको विजेताले रु ७० हजार पुरस्कार प्राप्त गर्ने सङ्घकी अध्यक्ष सुनिता थापाले बताउनुभयो । त्यसैगरी दोस्रो हुनेले रु २० हजार र तेस्रो हुने खेलाडीले रु १०...बाँकी अंश →


राष्ट्रिय भजन प्रतियोगिता फागुन २० मा

गलकोट, ९ फागुन ,, यहाँको एक सामाजिक संस्थाले परम्परागत मौलिक संस्कृतिको रुपमा रहेको भजनलाई संरक्षण गरी धार्मिक पर्यटकहरु भित्र्याउनका लागि राष्ट्रियस्तरको भजन प्रतियोगिताको आयोजना गर्ने भएको छ । जिल्लामा क्रियाशिल बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्र काठेखोला गाउँपालिका –५ को आयोजनामा महाशिवरात्रीको अवसरमा यही फागुन २० गते राष्ट्रियस्तरको लोकभजन प्रतियोगिता...बाँकी अंश →


अनुवाद भएमा धेरै कृति चर्चित हुन्छन् ः प्रा माइकल हट

काठमाडौँ, ९ फागुुन ,, एसओएएस युनिभर्सिटी अफ लण्डनका प्रा माइकल हट नेपाल आउन थालेको करीब ४० वर्ष भयो । नेपाली तथा हिमाली अध्ययन विषयका प्रा हट राम्रो नेपाली बोल्नुहुन्छ । स्कूल अफ ओरियण्टल एण्ड अफ्रिकन स्टडीज(एसओएएस)बाट ‘नेपाली भाषा र यसको साहित्य’मा विद्यावारिधि गर्नुभएका प्रा हट आधुनिक र समसामयिक नेपाली साहित्य,...बाँकी अंश →


विश्वकप छनोटमा नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौँ, ९ फागुन ,, आइसीसी महिला विश्वकप टि ट्वण्टी क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटको दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । थाइल्याण्डको बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा आज भएको खेलमा नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित भएको हो । एक सय २५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा...बाँकी अंश →


अदालतमा १३ सय वर्ष कैद र रु ८७ लाख जरिवाना बाँकी

वालिङ, ९ फागुन ,, जिल्ला अदालत स्याङ्जामा विभिन्न घटना वा अभियोग लागेकाबाट एक हजार ३०० वर्ष कैद र रु ८७ लाखभन्दा बढी जरिवाना भुक्तान गर्न बाँकी रहेको छ । विसं २००७ देखि २०७५ माघ मसान्तसम्ममा जिल्ला अदालतले विभिन्न समयमा गरेको फैसलाबमोजिम १३ सय १२ वर्ष ११ महीना १४ दिन कैद...बाँकी अंश →


फेरिँदै छ बडघर प्रणाली

टीकापुर, ९ फागुन ,, कैलालीका थारू समुदायमा पुर्खादेखि चल्दै आएको बडघर प्रणालीमा सुधार हुन थालेको छ । अचेल बडघरलाई कार्यसमितिमा परिवर्तन गर्न थालेका छन् थारुबहुल जिल्लाहरु दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा रहेका थारू समुदायमा समुदाय परिचालनका लागि हरेक गाउँमा एक जना बडघर, चिराकी, चौकीदार, गुरुवा र केशौका राख्ने परम्परा...बाँकी अंश →


उच्च हिमाली जिल्लामा फेरि हिमपात

हुम्ला, ९ फागुन ९  ,, हिमाली जिल्ला हुम्लामा आज फेरि हिमपात शुरू भएको छ । गएको कात्तिक १८ गतेबाट हिमपात हुन शुरू भएको हुम्लामा पुस महीनाको मध्यदेखि फागुनसम्म निरन्तरको हिमपातले यहाँको जनजीवन प्रभावित भएको छ । उत्तरी नाम्खा गाउँपालिका एक महीनादेखि नमस्ते टेलिफोन सेवा अवरुद्ध भएको छ । जिल्लामा भारी...बाँकी अंश →


गोदावरीमा प्याराग्लाइडिङको रोमाञ्चक खेल

गोदावरी, ९ फागुन ,, खुला आकाशमा चराझैँ उड्न चाहने साहसिक खेलमा रमाउन उपत्यकावासीले अब बाहिरी जिल्ला धाउनु पर्दैन । हावाको बेगमा रम्दै सुन्दर हरियाली, विभिन्न हिमशृङ्खला र उपत्यका एकैसाथ हेरेर रमाउन महत्वपूर्ण गन्तव्य बन्न पुगेको छ ललितपुरको गोदावरी । उक्त अवसर छोप्दै चलचित्र अभिनेता नाजिर हुसेनले केही दिन अघि गोदावरीमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter