
कास्की, १० फागुन ,, कृषि विकास बैंकले सहूलियतपूर्ण कर्जामा विनाधितो ऋण लगानी गर्ने भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश र कृषि विकास बैंक लिमिटेड क्षेत्रीय कार्यालय पोखरा बीच बिहीबार भएको सम्झौतापत्रमा कृषि, पशुपालनलगायतका सहूलियतपूर्ण कर्जामा मन्त्रालयको सिफारिसमा बैंकले नियमानुसार व्यक्तिगत तथा सामूहिक जमानीमा विनाधितो ऋण...बाँकी अंश →
रुपन्देही, १० फागुन ,, प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधन भएको छ । सडक दुर्घटनामा परी घाइते उहाँको गए राति निधन भएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो । गत माघ २४ गते प्रदेशसभा बैठक सकेर घर फर्किँदा ओली दाङमा दुर्घटनामा परी घाइते हुनुभएको थियो ।...बाँकी अंश →

काठमाडौँ, १० फागुन ,, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एशिया छनोटअन्तर्गत आफ्नो तेस्रो खेल नेपालले आज संयुक्त अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्दैछ । थाइल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा युएईले नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको छ । छनोट प्रतियोगिताका शुरुआती तीन खेल जितेर युएई बलियो अवस्थामा छ । युएई...बाँकी अंश →

बेझाड, १० फागुन ,, कालीगण्डकीमा निर्माणकार्य रोकिएका पक्की पुल तत्काल सञ्चालन गरिने भएको छ । पाल्पाको रामपुर र चापाकोट जोड्ने प्याक्लुकघाट र निर्दिमघाटको पुल शिलान्यास भएर पनि लामो समय बितिसक्दा निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन । सो पुल तत्काल निर्माण गर्न प्रक्रिया अगाडि बढाउने नेपाल सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीले...बाँकी अंश →

लहान, १० फागुन ,, प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले सिरहाको मिर्चैयामा आधुनिक वधशाला र कृषि हाटबजार निर्माण गरिने बताउनुभएको छ । ‘समृद्ध मिर्चैयाको आधार–कृषि, उद्योग, पर्यटन र व्यापार’ मूल नाराका साथ मिर्चैया नगरपालिका–६ स्थित बजारमा माघ २८ गतेदेखि शुरु भएको ‘प्रथम मिर्चैया महोत्सव २०७५’...बाँकी अंश →

भरतपुर, १० फागुन ,, कुनै समय बेलायतकी महारानी एलिजाबेथ चितवन आउँदा मेघौली विमानस्थलमा निकै तामझाम थियो । पश्चिम चितवनको पर्यटकीय क्षेत्र मघौलीमा पर्ने यो विमानस्थलमा एलिजाबेथसँगै तत्कालीन राजारानी, स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तिको आवागमन बढेपछि विमानस्थल र मेघौलीको कायापलट हुने धेरैले अनुमान गरे । तर त्यो तामझाम धेरै समय टिक्न...बाँकी अंश →

खलङ्गा, १० फागुन ,, विगतका वर्षमा पाठ्यपुस्तकको समस्या हुँदै आएको जुम्लामा यो वर्ष समयमै पाठ्यपुस्तक आइपुगेको छ । सरकारले हिमाली जिल्लामा माघ मसान्तभित्रै जनक शिक्षा सामग्री केन्द्रको डिपो कार्यालयमा पाठ्यपुस्तक पठाएपछि जुम्लाका विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुगेको हो । नयाँ शैक्षिकसत्रको शुरुआत भएसँगै फागुन १५ सम्ममा जुम्लाका सम्पूर्ण विद्यार्थीको हातहातमा पाठ्यपुस्तक...बाँकी अंश →

काठमाडौँ, ९ फागुन ,, उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा आफूलाई बौद्धिक देखाउन अरु भाषाको नक्कल गर्ने क्रम बढिरहेको बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले ‘अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०१९’ का अवसरमा आज प्रतिष्ठानमा आयोजना गरेको ‘राष्ट्रिय मातृभाषा कविता महोत्सव’ को उद्घाटन सत्रमा उहाँले आफ्नो कुरा अरुलाई बुझाउन प्रविधिको विकास भएकाले अरुको भाषा...बाँकी अंश →

वीरगञ्ज, ९ फागुन ,, राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा मुद्दती बचत खाताको आज शुभारम्भ गर्नुभएको छ । प्रदेश नं २ सरकारले सो अभियानका लागि आर्थिक वर्ष २०७५ । ७६ मा करीब रु ८९ करोड विनियोजन गरेको छ । वीरगञ्जको त्रिजुद्ध...बाँकी अंश →

बर्दिया, ९ फागुन (रासस) ः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज बर्दियाको ठाकुरद्वारा नगरपालिकाको भुरीगाउँमा रहेको १३२ केभीको सवस्टेशन उद्घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले बर्दियालाई अँध्यारोबाट मुक्त गरी उज्यालो नेपाल अभियानलाई अगाडि बढाउन लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “बबई, भादा र औरही नदी नियन्त्रण आयोजनामा अम्बासा नदीलाई...बाँकी अंश →

काठमाडौँ, ९ फागुन ,, वाणिज्य बैंकहरुले कूल कर्जाको २५ प्रतिशत कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने भएपनि चालू आर्थिक वर्षको छ महीनामा १८ दशमलव ५४ प्रतिशत मात्रै लगानी गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले हालै गरेको चालू आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा कृषि क्षेत्रमा कूल कर्जाको न्यूनतम दश...बाँकी अंश →

पोखरा, ९ फागुन ,, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक ओपेन्द्र शर्मा र सञ्चालक सदस्य दयाराम दाहालले आज पोखरास्थित रासस गण्डकी प्रदेश कार्यालय निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा उहाँहरूलाई कार्यालयको विद्यमान भौतिक अवस्था एवं यहाँबाट भैरहेको सेवाप्रवाह लगायतमा कार्यालय प्रमुख प्रभाषचन्द्र झा, उपसमाचारदाता वासुदेव पौडेल, भोलानाथ पौडेल लगायतले जानकारी गराउनुभयो ।...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: